CG Electronics
IME Life
NIMB

गैरआवासीय नेपाली संघको प्रतिनिधिमण्डलद्वारा सभापति खतिवडासँग भेट

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

 

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसीको नेतृत्वमा प्रतिनिधिमण्डलले प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति माननीय रामहरि खतिवडासँग भेटवार्ता गरेको छ।

भेटमा अध्यक्ष डा. केसीले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन नहुँदा प्राप्त उपलब्धिमा पनि खुशी हुने अवस्था नरहेको उल्लेख गर्नुभयो। उहाँले पटक–पटक ध्यानाकर्षण गराइएको र नेपाल कानून सुधार आयोगबाट समेत मस्यौदा प्रस्तुत गरिए पनि सरकारले वेवास्ता गरेको भन्दै असन्तुष्टि जनाउनुभयो। हालै जारी गरिएको १० वर्षे भिसा शुल्क छुट सम्बन्धी अध्यादेशलाई अपूरो कदम भन्दै उहाँले यसले संविधानले दिएको अधिकार संकुचित पारिएको र विदेशमा रहेका ८० लाख नेपाली निराश भएको धारणा राख्नुभयो।

डा. केसीले संसदमार्फत उक्त अध्यादेशलाई प्रतिस्थापन गरी गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन सुनिश्चित गर्न आग्रह गर्नुभयो।

जवाफमा सभापति खतिवडाले गैरआवासीय नेपालीहरूले नेपालको समग्र विकासमा पुर्‍याउँदै आएको योगदान उल्लेख गर्दै उनीहरूको अधिकार सुनिश्चित गर्न आफू सधैं सकारात्मक रहेको बताउनुभयो। उहाँले गैरआवासीय नेपालीहरूको सामाजिक, आर्थिक तथा सांस्कृतिक अधिकार कानुनी रूपमा सुनिश्चित गर्न समिति तर्फबाट आवश्यक पहल गरिने आश्वासन दिनुभयो।

भेटमा अध्यक्ष डा. केसीसँगै संघका उपाध्यक्ष राज रेग्मी, रोजिना प्रधान राई, रोशन थापा, महिला सचिव राधिका (टीका) गुरुङ र प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउतको उपस्थिति रहेको थियो।

 

जगद्गुरु शंकराचार्यद्वारा भालेश्वर महादेव मन्दिरमा विशेष पूजा–अर्चना सम्पन्न

जगद्गुरु शंकराचार्यद्वारा भालेश्वर महादेव मन्दिरमा विशेष पूजा–अर्चना...

वि.सं.२०८३ जेठ १२ मंगलवार १०:२६

  काठमाडौं । दक्षिणाम्नाय शृङ्गेरी शारदा पीठका पीठाधीश्वर अनन्तश्रीविभूषित जगद्गुरु...

छात्रवृत्तिका लागि २६ हजार ८८८ जनाको आवेदन : आवेदन स्वीकृत गर्ने क्रम जारी

छात्रवृत्तिका लागि २६ हजार ८८८ जनाको आवेदन...

वि.सं.२०८३ जेठ १२ मंगलवार ०८:५३

  काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका विद्यालयहरूबाट कक्षा ११ र...

नेपाली सेफहरूको विश्वव्यापी पहिचान विस्तार गर्दै अन्तरास्ट्रिय सेफ सोसाइटी

नेपाली सेफहरूको विश्वव्यापी पहिचान विस्तार गर्दै अन्तरास्ट्रिय...

वि.सं.२०८३ जेठ १२ मंगलवार ०८:५१

  पोखरा । नेपाली मौलिक खान संस्कृति, पाककला तथा पर्यटन...

प्रधानमन्त्रीले २३ युरोपेली मुलुकका राजदूत र कूटनीतिज्ञलाई भेट्ने

प्रधानमन्त्रीले २३ युरोपेली मुलुकका राजदूत र कूटनीतिज्ञलाई...

वि.सं.२०८३ जेठ ११ सोमवार २२:५१

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले दोस्रोपटक संयुक्तरुपमा २३ युरोपेली मुलुकका...

क्यान महासंघका कार्यवाहक अध्यक्षद्वारा नेपाललाई ‘ग्लोबल डिजिटल पावरहाउस’ बनाउने ५ बुँदे प्रतिबद्धता सार्वजनिक

क्यान महासंघका कार्यवाहक अध्यक्षद्वारा नेपाललाई ‘ग्लोबल डिजिटल...

वि.सं.२०८३ जेठ ११ सोमवार २०:४०

  काठमाडौँ।नेपालको सूचना तथा सञ्चार प्रविधि (ICT) क्षेत्रको सर्वोच्च छाता...

साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दै

साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले भुटानसँग...

वि.सं.२०८३ जेठ ११ सोमवार १४:३१

  काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबल आजदेखि भारतको गोवामा...