नेपाल बिजनेस समिटको “ईम्पावड बाई” पार्टनरमा फोन पे

Wednesday Apr 30, 2025
वि.सं.२०८२ वैशाख १७ बुधवार २२:५४

काठमाडौं । फोनपेले नेपाल ब्यवसायिक सिखर सम्मेलन २०२५ (Nepal Business Summit 2025) को दोस्रो संस्करणका लागि “ईम्पावड बाई” (Empowered By) पार्टनरको रूपमा साझेदारी गर्ने भएको छ।
नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल चेम्बर अफ कमर्स (NCC) र नेपाल बिजनेस इन्स्टिच्युट (NBI) को संयुक्त आयोजनामा आगामी जेष्ठको तेस्रो हप्ता हुने सम्मेलनमा फोनपेले डिजिटल कारोबार, व्यवसायिक वृद्धिलाई प्रवर्द्धन गर्ने लक्ष्यसहित सहकार्य गर्न लागेको हो।
साझेदारीबारे समझदारीपत्रमा फोनपेका प्रमुख सञ्चालन अधिकृत पारस कुँवर र एनबिआईका कार्यकारी अध्यक्ष बिशाल गैरेले हस्ताक्षर गरेका हुन्।
कार्यक्रममा पारस कुँवरले विश्वास, इनोभेसन र प्रविधिको माध्यमबाट डिजिटल भुक्तानी प्रणालीलाई नयाँ परिभाषा दिँदै स्टार्टअप र प्रविधिको विकासमा सरकारको प्राथमिकता आवश्यक रहेको बताए। यस्ता सम्मेलनहरूले नीति निर्माणमा समेत सकारात्मक प्रभाव पार्ने उनको भनाइ छ।
एनबिआई अध्यक्ष बिशाल गैरेले सम्मेलनमा संघीय, प्रदेश र स्थानीय सरकारका उच्च अधिकारीदेखि लिएर, निजी क्षेत्र, बैंक, वित्तीय संस्था, दातृ निकाय, उद्यमी, नवप्रवर्तक युवा तथा महिला, आईटी तथा डिजिटल क्षेत्रमा क्रियाशीलहरू लगायत ५ सयभन्दा बढी सहभागिता रहने जानकारी दिए।
“Sustainable and Resilient Economy” भन्ने मूल नाराका साथ आयोजना हुने यो सम्मेलनमा विभिन्न क्षेत्रका जल्दाबल्दा मुद्दाहरूमा सघन छलफल, बहस तथा अन्तरक्रिया गरिनेछ। प्राप्त सुझावहरूलाई समेटी निष्कर्ष प्रतिवेदन तयार पारिने र कार्यान्वयनका लागि तीन तहका सरकारलाई हस्तान्तरण गरिने आयोजकको भनाइ छ।