CG Electronics
IME Life
NIMB

नेपाललाई गहुँमा आत्मनिर्भर बनाउने ऐतिहासिक सम्झौता

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । नेपाल मैदा उद्योग संघको २४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । नेपाल गहुँ उत्पादनमा आत्मनिर्भर बन्ने दिशातर्फ ऐतिहासिक कदम चालेको छ। नेपाल मैदा उद्योग संघको २४औं वार्षिक साधारण सभामा कृषि सूचना, विश्लेषण र परामर्श सेवाका लागि भारतको Agriwatch कम्पनीसँग समझदारी पत्रमा हस्ताक्षर भएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री माननीय दामोदर भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाल मैदा उद्योग संघका अध्यक्ष कुमुद दुगडले यो सम्झौता नेपालको कृषि क्षेत्रमा निजी क्षेत्रबाट भू-उपग्रह प्रविधिको प्रयोगमा पहिलोपटक भएको महत्वपूर्ण पहल भएको बताए।

सम्झौता अनुसार, वैज्ञानिक विश्लेषण, तथ्याङ्क सङ्कलन, र डिजिटल समाधानको प्रयोगमार्फत कृषकहरूलाई लक्षित सहायता दिइनेछ। संघका अनुसार तीन वर्षभित्र नेपाल गहुँमा पूर्ण आत्मनिर्भर बन्नसक्ने सम्भावना रहेको छ।

सम्झौताबाट नेपालले पाउने प्रमुख फाइदाहरू:

कृषि बजार सूचना र विश्लेषण: मुल्य तथा बजार प्रवृत्तिको दैनिक, साप्ताहिक, मासिक रिपोर्ट।

कृषि वस्तु अनुसन्धान: उत्पादन, उपभोग, आयात–निर्यात विश्लेषण।

निवेश सल्लाह: बीउ, मल लगायतका इनपुटमा परामर्श।

डिजिटल समाधान: एआई आधारित विश्लेषण, व्यक्तिगत कृषि सल्लाह, डिजिटल बजार जडान।

नवीन कृषि समाचार: ताजा कृषि समाचार र बजार मूल्य जानकारी।

कार्यक्रममा भारत सरकार अन्तर्गतको National Cooperative Export Limited (NCEL) का प्रबन्ध निर्देशक उनुपम कौशिकको उपस्थिति अर्को महत्वपूर्ण उपलब्धि बन्यो।

भारत सरकारबाट कृषि निर्यातमा महत्वपूर्ण अधिकार प्राप्त NCEL मार्फत नेपालले अघिल्लो वर्ष २ लाख टन गहुँ र चिनी आयात गरेको थियो। नेपाल–भारत कृषि सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यले कौशिकलाई कार्यक्रममा विशेष आमन्त्रण गरिएको थियो।

नेपाल मैदा उद्योग संघले सरकार, निजी क्षेत्र र अन्तर्राष्ट्रिय साझेदारबीचको समन्वयबाट मात्र गहुँमा आत्मनिर्भरता सम्भव हुने स्पष्ट पारेको छ।

जगद्गुरु शंकराचार्यद्वारा भालेश्वर महादेव मन्दिरमा विशेष पूजा–अर्चना सम्पन्न

जगद्गुरु शंकराचार्यद्वारा भालेश्वर महादेव मन्दिरमा विशेष पूजा–अर्चना...

वि.सं.२०८३ जेठ १२ मंगलवार १०:२६

  काठमाडौं । दक्षिणाम्नाय शृङ्गेरी शारदा पीठका पीठाधीश्वर अनन्तश्रीविभूषित जगद्गुरु...

छात्रवृत्तिका लागि २६ हजार ८८८ जनाको आवेदन : आवेदन स्वीकृत गर्ने क्रम जारी

छात्रवृत्तिका लागि २६ हजार ८८८ जनाको आवेदन...

वि.सं.२०८३ जेठ १२ मंगलवार ०८:५३

  काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका विद्यालयहरूबाट कक्षा ११ र...

नेपाली सेफहरूको विश्वव्यापी पहिचान विस्तार गर्दै अन्तरास्ट्रिय सेफ सोसाइटी

नेपाली सेफहरूको विश्वव्यापी पहिचान विस्तार गर्दै अन्तरास्ट्रिय...

वि.सं.२०८३ जेठ १२ मंगलवार ०८:५१

  पोखरा । नेपाली मौलिक खान संस्कृति, पाककला तथा पर्यटन...

प्रधानमन्त्रीले २३ युरोपेली मुलुकका राजदूत र कूटनीतिज्ञलाई भेट्ने

प्रधानमन्त्रीले २३ युरोपेली मुलुकका राजदूत र कूटनीतिज्ञलाई...

वि.सं.२०८३ जेठ ११ सोमवार २२:५१

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले दोस्रोपटक संयुक्तरुपमा २३ युरोपेली मुलुकका...

क्यान महासंघका कार्यवाहक अध्यक्षद्वारा नेपाललाई ‘ग्लोबल डिजिटल पावरहाउस’ बनाउने ५ बुँदे प्रतिबद्धता सार्वजनिक

क्यान महासंघका कार्यवाहक अध्यक्षद्वारा नेपाललाई ‘ग्लोबल डिजिटल...

वि.सं.२०८३ जेठ ११ सोमवार २०:४०

  काठमाडौँ।नेपालको सूचना तथा सञ्चार प्रविधि (ICT) क्षेत्रको सर्वोच्च छाता...

साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दै

साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले भुटानसँग...

वि.सं.२०८३ जेठ ११ सोमवार १४:३१

  काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबल आजदेखि भारतको गोवामा...