Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

उद्योगी रामकुमार राठीलाई सरकारले गर्‍यो सम्मान, लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान

kumari  bank

काठमाडौं । ६ दशक देखि चियारोपण, प्रसोधन, बजारीकरण र निर्यातमा योगदान गरिरहेका उद्योगी राम कुमार राठीलाइ सरकारले लाइफटाइम आचिव्मेंट आवर्ड प्रदान गरेको छ।

उधोगी राठीलाइ २९ औं राष्ट्रिय चिया दिवसका अवसरमा राष्ट्रिय चिया तथा कफी बिकाश बोर्डले अवार्ड प्रदान गरेको हो । कृषि तथा पशुपंची विकासमन्त्री एवम बोर्डका अध्यक्ष रामनाथ अधिकारी र बोर्डका कार्यकारी निर्देशक फाइन्द्रराज पाण्डेले राठीलाइ दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरे ।

राठी नेपालका पहिलो टि टेस्टर (चिया परिक्षक) हुन् । उनले टेस्टिंग प्लान्टेशन एंड म्यानुफ्याक्चारिंगमा स्नातकोत्तर गरेका छन् । पच्चिस बर्षको उमेरमा चीन गएका बेला त्यहाँको टि टेस्टिंग हेरे पछि उनि यस क्षेत्रतर्फ आकर्षित भएका थिए । चीन बाट फर्के लगत्तै राठी ईलाम टि गार्डेनमा पुगे त्यहाँ प्रबन्धकका रुपमा कार्यरत बेलायती नागरिक प्रोसर बाट चिया बारे आधारभूत ज्ञान लिए ।

सन् १९६८ देखि १९७० सम्म डी.सी धोष एण्ड कम्पनी प्रा. लि. कोलकत्ताको एक ब्यापारिक प्रतिष्ठानमा टि टेस्टर तालिममा लिएर अभ्यास गरि उनि नेपाल फर्किए उनले १९७२ मा आरके ओभेरसिज कम्पनी स्थापना गरेर चियाको निर्यात गर्न थाले । त्यति बेला उनि ईलामको चिया बजारीकरण गर्न जर्मनी, डेनमार्क, स्विडेन, हल्याण्ड, बेलायत, फ्रान्स, स्विट्जरल्याण्ड, अस्ट्रिया, इजिप्ट र इरान सम्म पुगेका थिय त्यस पछि उनको निर्यात ब्यापारमा गुणात्मक वृद्धि हुन थाल्यो ।

वि.सं २०३३ सालमा हिमाल चिया उद्योग प्रा.लि. (Rakura) को स्थापना भएको, वि.सं २०४६ सालमा पहाडी भेगमा नेपाल अधिराज्य भरिमा निजि क्षेत्र बाट चिया उत्पादन गर्ने पहिलो कारखाना ईलाम जिल्लाको मालुममा हिमालयन रेन्ज चिया उधोग प्रा. लि. को स्थापना गर्न सफल भएको उनले २०६३ मा झापाको हल्दीबारीमा सिटिसी चिया उत्पादन गर्न सुनकोशी चिया उद्योग को स्थापना, २०७२ मा ईलाम को शान्तिडाँडामा अर्गानिक चिया उत्पादन गर्ने हिमालयन भ्याली प्रा . लि. उद्योग को स्थापना गरे । हाल उनले “राकुरा” ब्रान्डमा सि.टि.सी र अर्गानिक चिया उत्पादन, निर्यात गर्दै आएका छन्।

प्रतिनिधि सभाको बैठक आज पनि जारी, अर्थमन्त्री पौडेलले छलफलमा उठेका प्रश्नहरुको जवाफ दिने

प्रतिनिधि सभाको बैठक आज पनि जारी, अर्थमन्त्री...

वि.सं.२०८२ जेठ २ शुक्रवार ११:२८

काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि...

गभर्नरमा मेरिटोक्रेसीका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री

गभर्नरमा मेरिटोक्रेसीका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ...

वि.सं.२०८२ जेठ २ शुक्रवार ११:२५

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैकको...

कृषि जानकारी साझा गर्न र स्मार्ट निर्णयहरू लिन योजना आवश्यक

कृषि जानकारी साझा गर्न र स्मार्ट निर्णयहरू...

वि.सं.२०८२ जेठ १ बिहीवार १३:२९

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दिपक खड्काले सरकारले नयाँ...

राजस्व परामर्श समितिद्वारा अर्थमन्त्री समक्ष प्रतिवेदन पेश

राजस्व परामर्श समितिद्वारा अर्थमन्त्री समक्ष प्रतिवेदन पेश

वि.सं.२०८२ जेठ १ बिहीवार १३:१७

  काठमाडौं । राजस्व परामर्श समितिले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद...

डोल्पाको मुड्केचुला गाउँपालिका र भरतपुर महानगरपालिकाबीच भगिनी सम्बन्ध कायम

डोल्पाको मुड्केचुला गाउँपालिका र भरतपुर महानगरपालिकाबीच भगिनी...

वि.सं.२०८२ जेठ १ बिहीवार ००:३६

बैशाख ३१, चितवन । डोल्पाको मुड्केचुला गाउँपालिका र चितवनको भरतपुर...

मेलम्ची बाढीपीडितलाई नदी तटवन्धको लागि तत्काल १६ करोडको ब्यवस्था गर्छौं- उर्जामन्त्री खड्का

मेलम्ची बाढीपीडितलाई नदी तटवन्धको लागि तत्काल १६...

वि.सं.२०८२ जेठ १ बिहीवार ००:३०

    सिन्धुपालचोक, ३१ वैशाख । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नदीमा...