CG Electronics
IME Life
NIMB

साइमेक्स इंकद्वारा देशभर बीवाईडी एक्सचेन्ज क्याम्पेनको घोषणा, बीवाईडी ईभी किन्ने उपयुक्त समय

NIMB
Himalayan Bank

 

काठमाडौं । बीवाईडी अटो इन्डष्ट्रिको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रा.लि. ले देशव्यापी रुप्मा बीवाईडी मेगा एक्सचेन्ज क्याम्पेनको घोषणा गरेको छ ।

आगामी मे ७ देखि १० अर्थात बैशाख २४ देखि २७ सम्म आयोजना हुने सो अफर अन्तर्गत ग्राहकले छुटाउनै नहुने मौका पाउने छन्, जसमा फ्युचर अफ मोबिलिटी अर्थात बीवाईडी इलेक्ट्रिक गाडीमा अपग्रेड हुन सकिने छ ।

मेगा एक्सचेन्ज अवधिमा ग्राहकले आफूसँग भएको कुनै पनि ब्रान्ड वा मोडलको गाडीसँग साटेर बीवाईडी एट्टो ३, बीवाईडी डल्फिन र बीवाईडी एम६ लिन सक्नु हुनेछ र यसका लागि बेस्ट–इन–इन्डष्ट्रि भ्यालुएसन प्राप्त गर्न सकिने छ ।

यस अन्तर्गत आकर्षक एक्सचेन्ज बोनस, १ वर्षको निःशुल्क अटो प्लस इन्स्योरेन्स, १० वर्षको एक्सटेन्डेड वारेन्टी, ८० प्रतिशत सम्म फाइनान्सिङ र स्पेसल नगद छुट उपलब्ध हुनेछ ।

थप सुविधाको रुपमा, सो चार दिने मेगा एक्सचेन्जमा बीवाईडी गाडी बुकिङ गर्ने ग्राहकलाई लक्की ड्रमा सहभागी हुने मौका प्राप्त हुनेछ । तीन जना लक्की ड्र विजेतालाई आफूले किनेको गाडीमा १२ महिना सम्मको किस्ता निःशुल्क अर्थात फ्रि ईएमआई उपलब्ध हुनेछ ।

सो एक्सचेन्ज क्याम्पेन देशभरका सहरमा रहेका बीवाईडीका निम्न शोरुम तथा अन्य विशेष स्थलमा आयोजना हुनेछ :
चितवन – बीवाईडी पार्क, चितवन
बुटवल – भेल्भेट लक्स होटल
भैरहवा – बोधी रेडसन
नेपालगन्ज – बीवाईडी नेपालगन्ज शोरुम
दाङ – माला इन
धनगढी – होटल रुबस
विर्तामोड – टाइमलेस मोमेन्ट्स होटल
दमक – बीवाईडी शोरुम, दमक
इटहरी – बीवाईडी शोरुम, इटहरी
विराटनगर – बीवाईडी शोरुम, विराटनगर
जनकपुर – बीवाईडी शोरुम, जनकपुर
लहान – बीवाईडी शोरुम, लहान
वीरगन्ज – बीवाईडी शोरुम, वीरगन्ज
पोखरा – रोयल महल बैंक्वेट
ललितपुर – सत्कार फाइन डाइन
पेप्सीकोला – म्याजेस्टिक बैंक्वेट, पेप्सीकोला
कोटेश्वर – रोयल लाउन्ज बैंक्वेट एन्ड रेष्टुरेन्ट
सोल्टीमोड – ल्यान्डमार्क रिसेप्सन
सातदोबाटो – सेल्सबेरी, सातदोबाटो
नक्साल – आम्रपाली बैंक्वेट
‘नयाँ अर्थिक वर्ष आउन लागेको र ईभीको करमा समेत परिवर्तन हुने हल्ला चलिरहेको समयमा दिगो मोबिलिटीको क्षेत्रमा आफूलाई लैजाने यो उपयुक्त समय हो ।

यसरी स्विच हुनका लागि मेगा एक्सचेन्ज अफरले उपलब्ध गराउने अतुलनीय मूल्य, वित्तीय लचकपना र विशेष लाभले अझै सहज बनाउने छ ।’, साइमेक्स इंकका सीईओ साहिल श्रेष्ठले भन्नुभयो ।

यस सम्बन्धी थप जानकारी र आवश्यक सहयोगका लागि ग्राहकले हाम्रो सेल्स हटलाइन ०१–५९७०७३३ वा ९८०२३९६१०१ मा सम्पर्क गर्न सक्नु हुनेछ ।

युवा कोडर प्रविधि अधिकारी ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा आबद्ध: नेपाली बालमस्तिष्कलाई विश्व मानचित्रमा चिनाउने प्रयास

युवा कोडर प्रविधि अधिकारी ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५७

काठमाडौं। नेपालको डिजिटल रूपान्तरणको यात्रामा नयाँ पुस्ताका उदीयमान प्रतिभाहरूले नेतृत्व...

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन प्रधानमन्त्री शाहको सुझाव

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५३

  काठमाडौं। सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको अर्थतन्त्रलाई थप चलायमान,...

रेड डट डिजाइन अवार्ड विजेता चेरी क्यूलाई नेपालमा नाइमा मोबिलिटी प्रदर्शनी–२०२६ मार्फत सार्वजनिक गरिने

रेड डट डिजाइन अवार्ड विजेता चेरी क्यूलाई...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:४७

    चेरी क्यूले प्रतिष्ठित २०२५ रेड डट डिजाइन अवार्ड...

विश्वकै अग्रणी अटोमोबाइल निर्माता मध्ये एक बीएआईसीको प्रेरणादायी यात्रा

विश्वकै अग्रणी अटोमोबाइल निर्माता मध्ये एक बीएआईसीको...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:२६

काठमाडौँ, नेपाल | जुलाई १६, २०२६ — विश्वका सबैभन्दा ठूला...

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम, करिब १० हजार लाभान्वित

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम,...

वि.सं.२०८३ असार ३२ बिहीवार २१:३१

  काठमाडौँ, नेपाल | जुलाई १६, २०२६ — सिटिजन्स बैंक...

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य सेवामा नयाँ आयाम

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य...

वि.सं.२०८३ असार ३२ बिहीवार २१:२२

पोखरामा सफल यात्रा तय गरेको बेलो ब्लस स्टुडियोले काठमाडौंमा नयाँ...