CG Electronics
IME Life
NIMB

सिटिजन्स बैंक र म्यानेजमेन्ट एशोसिएशन अफ नेपालबीच एमबीए उत्कृष्टता पुरस्कार स्थापना सम्बन्धी सम्झौता

NIMB
Himalayan Bank

 

 

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र म्यानेजमेन्ट एशोसिएशन अफ नेपाल (म्यान) बीच व्यवस्थापन शिक्षा क्षेत्रमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले “म्यान–सिटिजन्स एम.बी.ए. उत्कृष्टता पुरस्कार” स्थापना गर्ने सहमति भएको छ।

बिहीबार मिति २५ बैशाख २०८२ का दिन म्यानको केन्द्रीय कार्यालयमा आयोजित विशेष कार्यक्रमका बीच सहमति पत्रमा सिटिजन्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री गणेश राज पोखरेल र म्यानका अध्यक्ष श्री मोहन राज ओझाले हस्ताक्षर गर्नुभएको हो।

उक्त पुरस्कार पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत व्यवस्थापन संकायको एम.बी.ए. कार्यक्रममा अध्ययनरत र उत्कृष्ट प्रदर्शन गर्ने एक जना विद्यार्थीलाई प्रत्येक वर्ष प्रदान गरिनेछ। पुरस्कारको राशि रू. ५१,००० (एकाउन्न हजार रुपैयाँ) रहनेछ। सिटिजन्स बैंकले उक्त पुरस्कारको मुख्य प्रायोजकको रूपमा आवश्यक आर्थिक सहयोग वार्षिक रूपमा उपलब्ध गराउनेछ।

उत्कृष्ट विद्यार्थीको छनोट सिटिजन्स बैंक, पूर्वाञ्चल विश्वविद्यालय र म्यानका प्रतिनिधिहरू सम्मिलित समितिबाट गरिनेछ। पुरस्कार वितरण प्रत्येक वर्ष माघ महिनामा आयोजना हुने “म्यान म्यानेजमेन्ट कन्भेन्सन” को अवसरमा गरिने योजना रहेको छ।

सिटिजन्स बैंकले यस कदमबाट नेपालको व्यवस्थापन शिक्षाको स्तर उकास्न योगदान पुग्ने विश्वास व्यक्त गरेको छ। हालै विश्वविख्यात ‘बैंक अफ द इयर २०२४’ उपाधि प्राप्त गरेको बैंकले नयाँ प्रविधिमार्फत सेवा विस्तार गर्दै आएको छ।

बैंकले फोनपेसँगको सहकार्यमा नेपालमै पहिलोपटक भर्चुअल क्रेडिट कार्ड ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको छ। साथै मोबाइल बैंकिङ एपमार्फत शेयर आवेदन र लोकर नम्बर सेवा उपलब्ध गराउने सुविधा पनि प्रारम्भ गरिएको छ।

देशभर ६१ जिल्लामा फैलिएको बैंकका २०० शाखा, १६८ ए.टि.एम., ३ विस्तारित काउन्टर तथा ७४ शाखारहित बैंकिङ इकाइमार्फत १८ लाख ८६ हजारभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ।

युवा कोडर प्रविधि अधिकारी ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा आबद्ध: नेपाली बालमस्तिष्कलाई विश्व मानचित्रमा चिनाउने प्रयास

युवा कोडर प्रविधि अधिकारी ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५७

काठमाडौं। नेपालको डिजिटल रूपान्तरणको यात्रामा नयाँ पुस्ताका उदीयमान प्रतिभाहरूले नेतृत्व...

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन प्रधानमन्त्री शाहको सुझाव

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५३

  काठमाडौं। सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको अर्थतन्त्रलाई थप चलायमान,...

रेड डट डिजाइन अवार्ड विजेता चेरी क्यूलाई नेपालमा नाइमा मोबिलिटी प्रदर्शनी–२०२६ मार्फत सार्वजनिक गरिने

रेड डट डिजाइन अवार्ड विजेता चेरी क्यूलाई...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:४७

    चेरी क्यूले प्रतिष्ठित २०२५ रेड डट डिजाइन अवार्ड...

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम, करिब १० हजार लाभान्वित

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम,...

वि.सं.२०८३ असार ३२ बिहीवार २१:३१

  काठमाडौँ, नेपाल | जुलाई १६, २०२६ — सिटिजन्स बैंक...

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य सेवामा नयाँ आयाम

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य...

वि.सं.२०८३ असार ३२ बिहीवार २१:२२

पोखरामा सफल यात्रा तय गरेको बेलो ब्लस स्टुडियोले काठमाडौंमा नयाँ...

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका...

वि.सं.२०८३ असार ३२ बिहीवार २१:१७

  काठमाडौँ, नेपाल | जुलाई १६, २०२६ — महालक्ष्मी विकास...