Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

सिटिजन्स बैंक र म्यानेजमेन्ट एशोसिएशन अफ नेपालबीच एमबीए उत्कृष्टता पुरस्कार स्थापना सम्बन्धी सम्झौता

Laxmi Sunrise Bank Limited
Sanima Bank
Himalayan Bank
TATA Banner

 

 

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र म्यानेजमेन्ट एशोसिएशन अफ नेपाल (म्यान) बीच व्यवस्थापन शिक्षा क्षेत्रमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले “म्यान–सिटिजन्स एम.बी.ए. उत्कृष्टता पुरस्कार” स्थापना गर्ने सहमति भएको छ।

बिहीबार मिति २५ बैशाख २०८२ का दिन म्यानको केन्द्रीय कार्यालयमा आयोजित विशेष कार्यक्रमका बीच सहमति पत्रमा सिटिजन्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री गणेश राज पोखरेल र म्यानका अध्यक्ष श्री मोहन राज ओझाले हस्ताक्षर गर्नुभएको हो।

उक्त पुरस्कार पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत व्यवस्थापन संकायको एम.बी.ए. कार्यक्रममा अध्ययनरत र उत्कृष्ट प्रदर्शन गर्ने एक जना विद्यार्थीलाई प्रत्येक वर्ष प्रदान गरिनेछ। पुरस्कारको राशि रू. ५१,००० (एकाउन्न हजार रुपैयाँ) रहनेछ। सिटिजन्स बैंकले उक्त पुरस्कारको मुख्य प्रायोजकको रूपमा आवश्यक आर्थिक सहयोग वार्षिक रूपमा उपलब्ध गराउनेछ।

उत्कृष्ट विद्यार्थीको छनोट सिटिजन्स बैंक, पूर्वाञ्चल विश्वविद्यालय र म्यानका प्रतिनिधिहरू सम्मिलित समितिबाट गरिनेछ। पुरस्कार वितरण प्रत्येक वर्ष माघ महिनामा आयोजना हुने “म्यान म्यानेजमेन्ट कन्भेन्सन” को अवसरमा गरिने योजना रहेको छ।

सिटिजन्स बैंकले यस कदमबाट नेपालको व्यवस्थापन शिक्षाको स्तर उकास्न योगदान पुग्ने विश्वास व्यक्त गरेको छ। हालै विश्वविख्यात ‘बैंक अफ द इयर २०२४’ उपाधि प्राप्त गरेको बैंकले नयाँ प्रविधिमार्फत सेवा विस्तार गर्दै आएको छ।

बैंकले फोनपेसँगको सहकार्यमा नेपालमै पहिलोपटक भर्चुअल क्रेडिट कार्ड ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको छ। साथै मोबाइल बैंकिङ एपमार्फत शेयर आवेदन र लोकर नम्बर सेवा उपलब्ध गराउने सुविधा पनि प्रारम्भ गरिएको छ।

देशभर ६१ जिल्लामा फैलिएको बैंकका २०० शाखा, १६८ ए.टि.एम., ३ विस्तारित काउन्टर तथा ७४ शाखारहित बैंकिङ इकाइमार्फत १८ लाख ८६ हजारभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ।

सेवा हाईड्रो लिमिटेडले आईपीओ निष्कासनका लागि विशेष प्रस्तावसहित साधारण सभा बोलायो

सेवा हाईड्रो लिमिटेडले आईपीओ निष्कासनका लागि विशेष...

वि.सं.२०८२ मंसिर ३ बुधवार ०८:२९

काठमाडौं । सेवा हाईड्रो लिमिटेडले आईपीओ निष्कासनसम्बन्धी विशेष प्रस्ताव पारित...

ग्रीनेदी इनर्जी लिमिटेडले आईपीओ निष्कासनका लागि प्रभु क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त

ग्रीनेदी इनर्जी लिमिटेडले आईपीओ निष्कासनका लागि प्रभु...

वि.सं.२०८२ मंसिर ३ बुधवार ०८:२३

  काठमाडौँ । ग्रीनेदी इनर्जी लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)...

अल्टिमेट एआई पार्टी फोन – रियलमी १५ प्रो ५जी नेपालमा सार्वजनिक

अल्टिमेट एआई पार्टी फोन – रियलमी १५...

वि.सं.२०८२ मंसिर २ मंगलवार २३:२८

काठमाडौं, नेपाल — विश्वप्रसिद्ध स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो नयाँ मोडेल...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक उत्कृष्ट करदाता सम्मानित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक उत्कृष्ट करदाता सम्मानित

वि.सं.२०८२ मंसिर १ सोमवार २३:२२

  काठमाडौं । बैंक, वित्तीय संस्था र बीमा क्षेत्रमा उत्कृष्ट...

क्यान अध्यक्ष पाण्डेको विधान विपरित कार्यबाहक नियुक्ति विवादमा

क्यान अध्यक्ष पाण्डेको विधान विपरित कार्यबाहक नियुक्ति...

वि.सं.२०८२ मंसिर १ सोमवार २२:३९

  काठमाडौं — कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासंघकी अध्यक्ष...

लगानी प्रोत्साहनका कुरा भाषणमा मात्र सीमित नहोस : चन्द्र ढकाल

लगानी प्रोत्साहनका कुरा भाषणमा मात्र सीमित नहोस...

वि.सं.२०८२ मंसिर १ सोमवार २२:२३

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले...