Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

विनियोजन र कार्यान्वयनबीचको खाडललाई पुर्ने कोशिसमा छु : मन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले विनियोजन र कार्यान्वयनबीचमा भएको ठूलो खाडललाई पुर्न कसिएको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित पूर्व बजेट छलफल कार्यक्रममा उनले विगत वर्षका बजेटहरुले विनियोजन र कार्यान्वयनबीच खाडल बनाएको भन्दै अर्थ मन्त्री खाल्डो झन् खन्न होईन पुर्न कसिएको बताए ।

उनले भने, ‘विनियोजन र कार्यान्वयनको बीचमा ठूलो खाडल छ । यो खाडल खनेपछि खाडल भई नै हाल्छ । खनेकै खाडल हो । हामीले विगत वर्षका बजेटहरुलाई हेरौं, हामीले खाडल खन्यौ कि खनेनौ ।

७ हजार योजनामा ११ हजार योजना थप्यौं, यो भन्दा उत्कृष्ट विनियोजन संसारमा खोज्न जान पर्छ । यस्तो उत्कृष्ट विनियोजनको अति उत्कृष्ट कार्यान्वयनको उदाहरण खोज्न पनि कतै जानु पर्ला त । त्यसकारण म के आग्रह गर्न चाहान्छु भने अहिले अर्थ मन्त्री खाल्डो खन्न होईन पुर्न कसिएको छ र यसमा तपाईहरुको साथ चाहिएको छ ।’
यसको साथै, उनले संविधानले निर्धारण गरेको अधिकारको सूचीभित्र रहेर बजेट निर्माण गर्ने एउटा चुनौती सिर्जना भएको पनि बताए ।

उनले भने, ‘म अर्थ मन्त्री संविधानको सिमा भित्र बस्न तयार हुनुपर्छ । एउटा चुनौती हामी आफैले के सिर्जना गरेका छौ भने संविधानले निर्धारण गरेको अधिकारको सूचीभित्र रहेर बजेट निर्माण गर्न, अथवा विनियोजित कुशलताको कुरा गर्न हामी सक्छौ कि सक्दैनौ भन्ने पनि प्रश्न छ ।

यस्तै चालु खर्चमा वृद्धिको कुरा गर्दा अनुमान गरेको भन्दा बाहिरबाट परिस्थितीहरु सिर्जना हुन्छ ।’
दशक दशकमा पनि पूरा नहुने बहुवर्षिय योजना रहेको भन्दै त्यसको दायित्व कति हुन्छ र त्यसको व्यवपसथापन कसरी गर्ने भन्ने कुराको पनि समस्या रहेको उनको भनाई छ ।

 

केही पाइन्छ कि भनेर १० करोडको भवन हस्तान्तरण गरेको होइन : मीन बहादुर गुरुङ

केही पाइन्छ कि भनेर १० करोडको भवन...

वि.सं.२०८२ असार ३१ मंगलवार ०८:२०

  काठमाडौं । भाटभटेनी सुपर मार्केटका सञ्चालक एवम उद्योगी मीन...

नेपाललाई चलचित्र पर्यटनको आकर्षक गन्तव्य बनाउन राष्ट्रपतिको आग्रह

नेपाललाई चलचित्र पर्यटनको आकर्षक गन्तव्य बनाउन राष्ट्रपतिको...

वि.सं.२०८२ असार ३० सोमवार १८:४७

  काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई चलचित्र पर्यटनको आकर्षक...

पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तार चाँडै : मन्त्री पाण्डे

पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तार चाँडै :...

वि.सं.२०८२ असार ३० सोमवार १७:१८

  काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले...

शेयर बजारमा एक दिनपनि टिकेन मौद्रिक नितीको उत्साह

शेयर बजारमा एक दिनपनि टिकेन मौद्रिक नितीको...

वि.सं.२०८२ असार ३० सोमवार १७:१५

काठमाडौं । मौद्रिक नीतिको उत्साह एक दिन पनि टिक्न नसकेपछि...

शिवम् सिमेन्टको ‘नो कम्प्रमाइज’ अन्तर्गतको दोस्रो भिडियो सार्वजनिक

शिवम् सिमेन्टको ‘नो कम्प्रमाइज’ अन्तर्गतको दोस्रो भिडियो...

वि.सं.२०८२ असार ३० सोमवार १७:०७

काठमाडौं । शिवम् सिमेन्टले आफ्नो ब्रान्ड क्याम्पेन ‘क्वालिटीको मामिलामा नो...

नेपाली बजारमा भित्रियो खड्लज ब्रान्डका उत्कृष्ट परफ्यूम

नेपाली बजारमा भित्रियो खड्लज ब्रान्डका उत्कृष्ट परफ्यूम

वि.सं.२०८२ असार ३० सोमवार १६:५०

काठमाडौं । विश्वव्यापी रूपमा परिचित खड्लज परफ्यूम आधिकारिक रूपमा नेपाली...