CG Electronics
IME Life
NIMB

विनियोजन र कार्यान्वयनबीचको खाडललाई पुर्ने कोशिसमा छु : मन्त्री पौडेल

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले विनियोजन र कार्यान्वयनबीचमा भएको ठूलो खाडललाई पुर्न कसिएको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित पूर्व बजेट छलफल कार्यक्रममा उनले विगत वर्षका बजेटहरुले विनियोजन र कार्यान्वयनबीच खाडल बनाएको भन्दै अर्थ मन्त्री खाल्डो झन् खन्न होईन पुर्न कसिएको बताए ।

उनले भने, ‘विनियोजन र कार्यान्वयनको बीचमा ठूलो खाडल छ । यो खाडल खनेपछि खाडल भई नै हाल्छ । खनेकै खाडल हो । हामीले विगत वर्षका बजेटहरुलाई हेरौं, हामीले खाडल खन्यौ कि खनेनौ ।

७ हजार योजनामा ११ हजार योजना थप्यौं, यो भन्दा उत्कृष्ट विनियोजन संसारमा खोज्न जान पर्छ । यस्तो उत्कृष्ट विनियोजनको अति उत्कृष्ट कार्यान्वयनको उदाहरण खोज्न पनि कतै जानु पर्ला त । त्यसकारण म के आग्रह गर्न चाहान्छु भने अहिले अर्थ मन्त्री खाल्डो खन्न होईन पुर्न कसिएको छ र यसमा तपाईहरुको साथ चाहिएको छ ।’
यसको साथै, उनले संविधानले निर्धारण गरेको अधिकारको सूचीभित्र रहेर बजेट निर्माण गर्ने एउटा चुनौती सिर्जना भएको पनि बताए ।

उनले भने, ‘म अर्थ मन्त्री संविधानको सिमा भित्र बस्न तयार हुनुपर्छ । एउटा चुनौती हामी आफैले के सिर्जना गरेका छौ भने संविधानले निर्धारण गरेको अधिकारको सूचीभित्र रहेर बजेट निर्माण गर्न, अथवा विनियोजित कुशलताको कुरा गर्न हामी सक्छौ कि सक्दैनौ भन्ने पनि प्रश्न छ ।

यस्तै चालु खर्चमा वृद्धिको कुरा गर्दा अनुमान गरेको भन्दा बाहिरबाट परिस्थितीहरु सिर्जना हुन्छ ।’
दशक दशकमा पनि पूरा नहुने बहुवर्षिय योजना रहेको भन्दै त्यसको दायित्व कति हुन्छ र त्यसको व्यवपसथापन कसरी गर्ने भन्ने कुराको पनि समस्या रहेको उनको भनाई छ ।

 

‘दिगोपनाका लागि हरियाली’ नारासहित ९ औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी असोजमा हुँदै

‘दिगोपनाका लागि हरियाली’ नारासहित ९ औं नेपाल...

वि.सं.२०८३ जेठ १६ शनिवार १६:१५

  काठमाडौं । नेपाल जग्गा तथा आवास विकास महासंघ र...

एभरेस्ट टुरिजम अवार्ड : शेर्पालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’, अन्यलाई सम्मान

एभरेस्ट टुरिजम अवार्ड : शेर्पालाई ‘लाइफ टाइम...

वि.सं.२०८३ जेठ १६ शनिवार १६:०५

  काठमाडौं । एभरेस्ट टुरिजम अवार्ड २०२६ को अवसरमा सगरमाथा...

बजेटले बजार चलायमान बनाउने अपेक्षा : अध्यक्ष अञ्जन श्रेष्ठ

बजेटले बजार चलायमान बनाउने अपेक्षा : अध्यक्ष...

वि.सं.२०८३ जेठ १६ शनिवार १५:५०

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अध्यक्ष अञ्जन...

बजेटको ब्रान्डिङ राम्रो भए पनि स्रोत व्यवस्थापनमा कमजोरी : पूर्व अर्थमन्त्री पुन

बजेटको ब्रान्डिङ राम्रो भए पनि स्रोत व्यवस्थापनमा...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:४०

काठमाडौं । पूर्व अर्थमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान...

बजेट गरिबका लागि होइन, निजी क्षेत्र सिध्याउनका लागि आयो : दुर्गा प्रसाईं

बजेट गरिबका लागि होइन, निजी क्षेत्र सिध्याउनका...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:३३

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले शनिबार पत्रकार सम्मेलन गर्दै...

अध्यक्ष दाहालको बजेटप्रति धारणाः कृषि–पशुपालन क्षेत्रमा सकारात्मक संकेत, तर कार्यान्वयन प्रमुख चुनौती

अध्यक्ष दाहालको बजेटप्रति धारणाः कृषि–पशुपालन क्षेत्रमा सकारात्मक...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:३०

  काठमाडौं । नेपाल डेरी एसोसिएसनका अध्यक्ष तथा कृषि अभियन्ता...