CG Electronics
IME Life
NIMB

लोकतन्त्र कमजोर भए प्रेस स्वतन्त्रता संकटमा पर्छ : उपराष्ट्रपति यादव

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

ललितपुर । नेपाल प्रेस युनियनको आयोजनामा ‘लोमन्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ शनिबारबाट सुरु भएको छ । आज समिटको उद्घाटन उपराष्ट्रपति रामसहाय प्रसाद यादवले गरेका हुन् ।

समारोहमा उपराष्ट्रपति यादवसहित सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालगायत विभिन्न देशका पत्रकारहरूको उपस्थित रहेको छ ।

उद्घाटन समारोहमा बोल्दै उपराष्ट्रपति यादवले लोकतन्त्र र प्रेस स्वतन्त्रता एकअर्काको पुरक भएको भन्दै लोकतन्त्र कमजोर हुदाँ प्रेस स्वतन्त्रता संकटमा पर्ने बताए ।

उनले भने, ‘लोकतन्त्र र प्रेस स्वतन्त्रता अनुयास्रित छन् । स्वतन्त्र प्रेसविना लोकतन्त्र कमजोर हुन्छ, लोकतन्त्र कमजोर हुदाँ प्रेस स्वतन्त्रता संकटमा पर्छ । हामीले असल जिम्मेवार नागरिकको रुपमा लोकतन्त्रको रक्षा गर्दै प्रेस स्वतन्त्रतालाई थप सुदृढ र परिष्कृत गर्न सक्नुपर्छ ।

लोकतन्त्रका मूल्यहरुलाई संस्थागत गर्दै प्रेसलाई स्वतन्त्र बनाउन निरन्तर प्रयासको खाँचो छ ।’
उनले देश र समाजको उन्नति र समृद्धिको लागि पत्रकारहरुको भुमिका वाच् डकको रुपमा हुनुपर्ने बताए । उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई सवल बनाउनमा पत्रकारहरुको भुमिका उल्लेखनीय रहेको पनि बताए ।

यसैगरी सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले लोकतन्त्रको मूलभुत मर्मअनुसार काम गर्न नसके यसले आतङकवाद, जातिवाद, पृथकतावाद, अराजकतावाद जन्माउने बताए ।

‘लोकतन्त्रको शत्रु धेरै छ, आतङकवाद लोकतन्त्रको शत्रु हो । अपराधवाद, अराजकता लोकतन्त्रको शत्रु हो । त्यो भन्दा मुख्य शत्रु आफैभित्र छ भन्छु मैले । लोकतन्त्रको संरक्षकहरु त्यसको अभ्यासकर्ता हामीहरु छौ । हामीले लोकतन्त्रको मूलभुत मर्मअनुसार काम गर्न सकेनौ भने लोकतन्त्रले आतङकवाद जन्माउछ ।

जातिवाद, पृथकतावाद, अराजकतावाद जन्माउछ,’ उनले भने ।
उनले लोकतन्त्रको अभ्यास गर्नेहरुले यसको चुनौतिहरुप्रति गम्भिर भएर काम गर्नुपर्ने बताए । उनले जनता कमजोर हुदाँ लोकतन्त्र पनि कमजोर हुदैँ जाने बताए ।

समिटमा विश्व परिवेशलाई केन्द्रमा राखेर दक्षिण एसिया र नेपालको पत्रकारिताको बारेमा चिन्तन मनन गरिने छ । समिटमा नेपाली पत्रकारितामा पत्रकारहरूले भोग्नु परेका कठिनाइ अवसर र चुनौतीमा प्रस्तुति, छलफल सुझावसहितका निष्कर्ष निकाल्ने लक्ष्य राखिएको छ । समिट काठमाडौँदेखि पोखरा हुँदै मुस्ताङसम्म वैशाख २७ गते ३० गतेसम्म चल्ने छ ।

‘दिगोपनाका लागि हरियाली’ नारासहित ९ औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी असोजमा हुँदै

‘दिगोपनाका लागि हरियाली’ नारासहित ९ औं नेपाल...

वि.सं.२०८३ जेठ १६ शनिवार १६:१५

  काठमाडौं । नेपाल जग्गा तथा आवास विकास महासंघ र...

एभरेस्ट टुरिजम अवार्ड : शेर्पालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’, अन्यलाई सम्मान

एभरेस्ट टुरिजम अवार्ड : शेर्पालाई ‘लाइफ टाइम...

वि.सं.२०८३ जेठ १६ शनिवार १६:०५

  काठमाडौं । एभरेस्ट टुरिजम अवार्ड २०२६ को अवसरमा सगरमाथा...

बजेटले बजार चलायमान बनाउने अपेक्षा : अध्यक्ष अञ्जन श्रेष्ठ

बजेटले बजार चलायमान बनाउने अपेक्षा : अध्यक्ष...

वि.सं.२०८३ जेठ १६ शनिवार १५:५०

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अध्यक्ष अञ्जन...

बजेटको ब्रान्डिङ राम्रो भए पनि स्रोत व्यवस्थापनमा कमजोरी : पूर्व अर्थमन्त्री पुन

बजेटको ब्रान्डिङ राम्रो भए पनि स्रोत व्यवस्थापनमा...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:४०

काठमाडौं । पूर्व अर्थमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान...

बजेट गरिबका लागि होइन, निजी क्षेत्र सिध्याउनका लागि आयो : दुर्गा प्रसाईं

बजेट गरिबका लागि होइन, निजी क्षेत्र सिध्याउनका...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:३३

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले शनिबार पत्रकार सम्मेलन गर्दै...

अध्यक्ष दाहालको बजेटप्रति धारणाः कृषि–पशुपालन क्षेत्रमा सकारात्मक संकेत, तर कार्यान्वयन प्रमुख चुनौती

अध्यक्ष दाहालको बजेटप्रति धारणाः कृषि–पशुपालन क्षेत्रमा सकारात्मक...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:३०

  काठमाडौं । नेपाल डेरी एसोसिएसनका अध्यक्ष तथा कृषि अभियन्ता...