Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

लोकतन्त्र कमजोर भए प्रेस स्वतन्त्रता संकटमा पर्छ : उपराष्ट्रपति यादव

ललितपुर । नेपाल प्रेस युनियनको आयोजनामा ‘लोमन्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ शनिबारबाट सुरु भएको छ । आज समिटको उद्घाटन उपराष्ट्रपति रामसहाय प्रसाद यादवले गरेका हुन् ।

समारोहमा उपराष्ट्रपति यादवसहित सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालगायत विभिन्न देशका पत्रकारहरूको उपस्थित रहेको छ ।

उद्घाटन समारोहमा बोल्दै उपराष्ट्रपति यादवले लोकतन्त्र र प्रेस स्वतन्त्रता एकअर्काको पुरक भएको भन्दै लोकतन्त्र कमजोर हुदाँ प्रेस स्वतन्त्रता संकटमा पर्ने बताए ।

उनले भने, ‘लोकतन्त्र र प्रेस स्वतन्त्रता अनुयास्रित छन् । स्वतन्त्र प्रेसविना लोकतन्त्र कमजोर हुन्छ, लोकतन्त्र कमजोर हुदाँ प्रेस स्वतन्त्रता संकटमा पर्छ । हामीले असल जिम्मेवार नागरिकको रुपमा लोकतन्त्रको रक्षा गर्दै प्रेस स्वतन्त्रतालाई थप सुदृढ र परिष्कृत गर्न सक्नुपर्छ ।

लोकतन्त्रका मूल्यहरुलाई संस्थागत गर्दै प्रेसलाई स्वतन्त्र बनाउन निरन्तर प्रयासको खाँचो छ ।’
उनले देश र समाजको उन्नति र समृद्धिको लागि पत्रकारहरुको भुमिका वाच् डकको रुपमा हुनुपर्ने बताए । उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई सवल बनाउनमा पत्रकारहरुको भुमिका उल्लेखनीय रहेको पनि बताए ।

यसैगरी सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले लोकतन्त्रको मूलभुत मर्मअनुसार काम गर्न नसके यसले आतङकवाद, जातिवाद, पृथकतावाद, अराजकतावाद जन्माउने बताए ।

‘लोकतन्त्रको शत्रु धेरै छ, आतङकवाद लोकतन्त्रको शत्रु हो । अपराधवाद, अराजकता लोकतन्त्रको शत्रु हो । त्यो भन्दा मुख्य शत्रु आफैभित्र छ भन्छु मैले । लोकतन्त्रको संरक्षकहरु त्यसको अभ्यासकर्ता हामीहरु छौ । हामीले लोकतन्त्रको मूलभुत मर्मअनुसार काम गर्न सकेनौ भने लोकतन्त्रले आतङकवाद जन्माउछ ।

जातिवाद, पृथकतावाद, अराजकतावाद जन्माउछ,’ उनले भने ।
उनले लोकतन्त्रको अभ्यास गर्नेहरुले यसको चुनौतिहरुप्रति गम्भिर भएर काम गर्नुपर्ने बताए । उनले जनता कमजोर हुदाँ लोकतन्त्र पनि कमजोर हुदैँ जाने बताए ।

समिटमा विश्व परिवेशलाई केन्द्रमा राखेर दक्षिण एसिया र नेपालको पत्रकारिताको बारेमा चिन्तन मनन गरिने छ । समिटमा नेपाली पत्रकारितामा पत्रकारहरूले भोग्नु परेका कठिनाइ अवसर र चुनौतीमा प्रस्तुति, छलफल सुझावसहितका निष्कर्ष निकाल्ने लक्ष्य राखिएको छ । समिट काठमाडौँदेखि पोखरा हुँदै मुस्ताङसम्म वैशाख २७ गते ३० गतेसम्म चल्ने छ ।

बैंक तथा वित्तिय संस्थामा निष्कृय कर्जा र गैरबैंकिङ सम्पति बढ्यो

बैंक तथा वित्तिय संस्थामा निष्कृय कर्जा र...

वि.सं.२०८२ असार २७ शुक्रवार २१:३७

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर विश्वनाथ पौडेललेले अर्थतन्त्र क्रमिक...

१५ देखि ५९ वर्ष उमेर समूहको जनसंख्या उच्च, अर्थतन्त्रले लाभ लिनसक्ने

१५ देखि ५९ वर्ष उमेर समूहको जनसंख्या...

वि.सं.२०८२ असार २७ शुक्रवार २१:३५

काठमाडौं । देशको जनसांख्यिक चुनौती सम्बोधन गर्ने उद्देश्यका साथ स्वास्थ्य...

काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेट करिब २५ अर्ब

काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेट करिब...

वि.सं.२०८२ असार २७ शुक्रवार १५:०६

काठमाडौं । काठमाडौं महानगरपालिकाको राजश्व परामर्श समितिको बैठक सम्पन्न भएको...

कर्जा वृद्धिदर १२ प्रतिशतसम्म रहने प्रक्षेपण

कर्जा वृद्धिदर १२ प्रतिशतसम्म रहने प्रक्षेपण

वि.सं.२०८२ असार २७ शुक्रवार १३:२६

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्व पौडेलले आर्थिक वर्ष...

दुःखद घडीमा साथ : बीमा दाबीअन्तर्गत मृतकका आश्रितलाई  ११ लाख ४४ हजार आर्थिक सहयोग

दुःखद घडीमा साथ : बीमा दाबीअन्तर्गत मृतकका...

वि.सं.२०८२ असार २७ शुक्रवार १३:१७

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लम्की शाखाले...

जलविद्युतमा लगानी अभिवृद्धिको लागि अनुकुल नीति लिएका छौं : अर्थमन्त्री पौडेल

जलविद्युतमा लगानी अभिवृद्धिको लागि अनुकुल नीति लिएका...

वि.सं.२०८२ असार २७ शुक्रवार १३:०४

काठमाडौं । अर्थमन्त्री विष्णुु पौडेलले जलविद्युतको विकासमा निजी क्षेत्रको लगानी...