Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

नीति तथा कार्यक्रम व्यवस्थित् ढंगबाट आएको छ : महेश बर्तौला

 

काठमाडौं । नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले सरकारले ल्याएको आगामी वर्षको नीति तथा कार्यक्रम सन्तुलित र व्यवस्थित् ढंगबाट आएको बताएका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने क्रममा उनले अहिलेको नीति तथा कार्यक्रम मुलुकको विद्यमान आर्थिक समाजिक परिवेशको वास्तविक सीमामा टेकेर यथार्थपरक रहेको बताएका हुन् ।

उनले भने, ‘नेपाल सरकारको ०८२÷८३ को नीति तथा कार्यक्रमलाई नेकपा एमाले संसदीय दलको तर्फबाट यसको समर्थन जनाउन चाहन्छौं ।

सरकारले यस पटक नीति तथा कार्यक्रम संसदमा पेस गर्दा विगतको उल्टो तरिकालाई सुल्ट्याएर ल्याएको छ । सरकारले प्रस्तुत गरेको यो नीति तथा कार्यक्रम विगतको जस्तो भद्दा, छरपस्ट, कानुनको नजरमा अत्यन्तै कमजोर, स्रोतसाधनविहीन, सुन्दा कर्णप्रिय जस्तो लाग्ने छैन ।

अहिलेको नीति तथा कार्यक्रम मुलुकको विद्यमान अर्थिक, समाजिक परिवेशको वास्तविक सिमामा टेकेर यर्थाथ परक, वस्तुनिष्ष्, कार्यान्वयनयोग्य हुनेगरी यो नीति तथा कार्यक्रम आएको देखिन्छ ।’

साथै उनले देशमा आजको मूल समस्या राजनीतिक र नीतिग अस्थिरता रहेको औंल्याउँदै अहिलेको नीति तथा कार्यक्रमले सच्याउने विश्वास व्यक्त गरे । उनले नीति तथा कार्यक्रम अब देशको विकास र समृद्धिको लागि स्पष्ट मार्गदर्शन हुनेपनि दाबी गरे ।

उनले भने, ‘एकदमै व्यवस्थित् ढंगबाट आएको छ, यसमा कमा र फूलस्टपपनि चेञ्ज गर्नुपर्दैन् । स्पेसिफिक ढंगबाट नीति तथा कार्यक्रम आएको हुँदा १५५ बुँदामा रहेका नीति तथा कार्यक्रमलाई कहीँपनि चलाउनुपर्ने देखिँदैन् ।’

फरवार्डबाट बिपन्न बेरोजगारहरुलाई सफारी हस्तान्तरण

फरवार्डबाट बिपन्न बेरोजगारहरुलाई सफारी हस्तान्तरण

वि.सं.२०८२ असार २३ सोमवार २३:५३

  काठमाडौं । गरिवी तथा विपन्न समुदायमा काम गर्दै आई...

अर्थतन्त्रको गतिमा कमी, मोनेटरी नीतिले मात्र सबै सम्भव छैन : गभर्नर पौडेल

अर्थतन्त्रको गतिमा कमी, मोनेटरी नीतिले मात्र सबै...

वि.सं.२०८२ असार २३ सोमवार २२:४३

  काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले...

‘सरकारमा कोही छाड्ने र आउने भन्ने कुरा सामान्य राजनीतिक प्रक्रिया हो’

‘सरकारमा कोही छाड्ने र आउने भन्ने कुरा...

वि.सं.२०८२ असार २३ सोमवार २२:४०

  काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौंलाले अहिलेको...

ऋण दिँदैमा व्यवसायी सफल हुँदैनन् : गभर्नर पौडेल

ऋण दिँदैमा व्यवसायी सफल हुँदैनन् : गभर्नर...

वि.सं.२०८२ असार २२ आइतवार २१:३८

  काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलले ऋण...

नेपालमा वायु प्रदुषण स्वास्थ्यका लागि सबैभन्दा ठुलो जोखिमः विश्व बैंक

नेपालमा वायु प्रदुषण स्वास्थ्यका लागि सबैभन्दा ठुलो...

वि.सं.२०८२ असार २२ आइतवार २१:३५

  काठमाडौं । नेपालमा वायु प्रदुषण स्वास्थ्यका लागि सबैभन्दा ठुलो...

बागमती प्रदेशको बजेट पुनःसंरचना : दुई अर्बका १६ सय नयाँ योजना पूरक प्रस्तावमार्फत समावेश

बागमती प्रदेशको बजेट पुनःसंरचना : दुई अर्बका...

वि.सं.२०८२ असार २२ आइतवार ०९:२७

  हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२÷८३...