CG Electronics
IME Life
Ncell NPL

पेट्रोलियम पदार्थमा निर्भर रहँदा अर्थतन्त्र प्रभावित भयो : असिम शाह

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद असिम शाहले पेट्रोलियम पदार्थमा निर्भर रहँदा अर्थतन्त्रमा गम्भीर प्रभाव पारिरहेको बताएका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले पेट्रोलियममा चल्ने सवारीसाधनलाई विद्युतीयमा रूपान्तरण गर्ने सम्बन्धमा आवश्यक कानूनी, प्राविधिक तथा नीतिगत व्यवस्था निर्माण गर्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘नेपाल सरकारले निरन्तरता दिएको असंलग्न परराष्ट्र नीति र भारत पाकिस्तान युद्धबिरामको स्वागत गर्दछु । पेट्रोलियम पदार्थमा अत्यधिक निर्भर रहँदै आएकोले हाम्रो अर्थतन्त्रमा गम्भीर प्रभाव पार्नुका साथै वातावरणीय प्रदूषण र जलवायु परिवर्तनमा समेत नकारात्मक असर पु¥याइरहेको कुरा सर्वविदितै छ ।

यस सन्दर्भमा, विद्युतीय सवारीसाधनको प्रवद्र्धन र प्रोत्साहनमार्फत वैदेशिक मुद्रा बचत गर्नुका साथै वातावरणीय दुष्प्रभाव न्यूनीकरण गरी दिगो आर्थिक तथा पर्यावरणीय समृद्धि हासिल गर्न सक्ने सम्भावना देखिन्छ । उक्त सम्भावनालाई मूर्त रुप दिन निम्न प्रस्तावहरूमा सरकार गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु । ’

यसैगरी उनले विद्युतीय सवारीसाधनको चार्जिङ पूर्वाधार निर्माण तथा विस्तारमा निजी तथा सार्वजनिक क्षेत्रबीच सहकार्य प्रवद्र्धन गर्नुपर्ने बताए । उनले रूपान्तरण प्रक्रियामा लाग्ने लागतलाई सहज बनाउनका लागि अनुदान, कर छुट तथा सहुलियतपूर्ण ऋणको व्यवस्था गर्न समेत सरकरालाई आग्रह गरे ।

उनले भने, ‘पेट्रोलियममा चल्ने सवारीसाधनलाई विद्युतीयमा रूपान्तरण गर्ने सम्बन्धमा आवश्यक कानूनी, प्राविधिक तथा नीतिगत व्यवस्था निर्माण गर्न रूपान्तरण प्रक्रियामा लाग्ने लागतलाई सहज बनाउनका लागि अनुदान, कर छुट तथा सहुलियतपूर्ण ऋणको व्यवस्था । रूपान्तरण तथा मर्मतसम्भारका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न तालिम तथा प्राविधिक शिक्षाको व्यवस्था ।

विद्युतीय सवारीसाधनको चार्जिङ पूर्वाधार निर्माण तथा विस्तारमा निजी तथा सार्वजनिक क्षेत्रबीच सहकार्य प्रवद्र्धन । उपरोक्त कदमहरूले नेपालको वातावरणीय, आर्थिक, तथा सामाजिक लक्ष्य प्राप्तिमा उल्लेखनीय योगदान पु¥याउनेछन् । तसर्थ, उक्त विषयलाई राष्ट्रिय प्राथमिकताको रूपमा स्वीकार गरी आवश्यक नीतिगत तथा कानूनी प्रावधानको निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउँदछु ।’

चौधरी ग्रुपद्वारा दीर्घ सेवा गर्ने कर्मचारीलाई सम्मान

चौधरी ग्रुपद्वारा दीर्घ सेवा गर्ने कर्मचारीलाई सम्मान

वि.सं.२०८३ वैशाख २८ सोमवार १२:३८

  काठमाडौं । नेपालको अग्रणी औद्योगिक तथा व्यावसायिक घराना चौधरी...

होटल व्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण, पर्यटन प्रवर्द्धनमा जोड

होटल व्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण,...

वि.सं.२०८३ वैशाख २८ सोमवार ०९:०४

  काठमाडौं । होटल व्यवसायी महासंघ नेपाल का अध्यक्ष, पदाधिकारी...

नेपालको बिमा क्षेत्र : कम्पनी घटे पनि कारोबार १ खर्ब ८१ अर्ब नाघ्यो

नेपालको बिमा क्षेत्र : कम्पनी घटे पनि...

वि.सं.२०८३ वैशाख २७ आइतवार २०:४२

  काठमाडौं ।  बिमा क्षेत्रको निमायक संस्था नेपाल बिमा प्राधिकरणका...

सगरमाथा आधार शिविरमा माउन्टेन गाइड घिमिरेको मृत्यु

सगरमाथा आधार शिविरमा माउन्टेन गाइड घिमिरेको मृत्यु

वि.सं.२०८३ वैशाख २७ आइतवार १९:५२

काठमाडौं । सगरमाथा आधार शिविरमा एक नेपाली गाइडको मृत्यु भएको...

बैशाखमा मात्र लापरबाहीपूर्ण सवारी साधन चलाउने ३१ वटा अनुमति पत्र निलम्बन : नवराज अधिकारी

बैशाखमा मात्र लापरबाहीपूर्ण सवारी साधन चलाउने ३१...

वि.सं.२०८३ वैशाख २७ आइतवार १९:४९

काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले लापरबाहीपूर्ण सवारी साधन...

कम्युनिस्ट एकता र नयाँ ढंगको आन्दोलन आवश्यक : प्रचण्ड

कम्युनिस्ट एकता र नयाँ ढंगको आन्दोलन आवश्यक...

वि.सं.२०८३ वैशाख २७ आइतवार १९:३२

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल...