Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

नीति तथा कार्यक्रम पुरानै ढाँचाको मात्र आयो भन्नु गलत, नयाँ नीति धेरै समावेश छन् : प्रधानमन्त्री ओली

Laxmi Sunrise Bank Limited
Sanima Bank
Himalayan Bank
TATA Banner

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत नीति–कार्यक्रममा विकास निर्माणका क्रममा देखापरेका कमी कमजोरीलाई सुधार गर्न विकासको ढाँचा, गति र संस्कृति फेर्ने प्रस्ताव नयाँ रहेको बताएका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै उनले सांसदहरुबाट उही पुरानो नीति तथा कार्यक्रम भयो भन्ने प्रश्न आएको भन्दै विगतमा विभिन्न सरकारद्वारा घोषणा गरिएका पूर्वाधार क्षेत्रका सबै परियोजनाको पुनः प्राथमिकीकरण गर्ने प्रस्ताव गरिएको स्पष्ट पारे ।

उनले भने,‘प्रस्तुत नीति–कार्यक्रममा विकास निर्माणका क्रममा देखापरेका कमी कमजोरीलाई सुधार गर्न विकासको ढाँचा, गति र संस्कृति फेर्ने प्रस्ताव नयाँ हो । यसलाई व्यवहारमा अवलम्बन गर्ने प्रतिवद्धता पनि नयाँ हो । ‘जे आउँछ मजाले पचाउँछ’ भनेझैं जे छ, त्यसैमा रम्ने हैन, काम लाग्ने जे छ, त्यसलाई सकेसम्म निरन्तरता दिने, जे असान्दर्भिक छ, त्यसलाई त्याग्ने नीतिमा हामी जानुपर्छ । त्यसैले, विगतमा विभिन्न सरकारद्वारा घोषणा गरिएका पूर्वाधार क्षेत्रका सबै परियोजनाको पुनः प्राथमिकीकरण गर्ने प्रस्ताव गरिएको हो ।’

त्यस्तै उनले थालेको काम सक्ने घोषित नीति अन्तर्गत राष्ट्रिय गौरवका आयोजनाहरुको पुनरावलोकन गर्ने, चालु परियोजनाहरुलाई ‘आर्थिक वर्ष २०८२÷८३ मा सम्पन्न हुने र प्रतिनिधिसभाको यस अवधिभित्र सम्पन्न हुने’ गरी वर्गीकरण गरी निर्धारण गरिएको समयतालिकामा सम्पन्न गर्ने,निर्माणाधीन तथा निर्माण गर्नुपर्ने सबै परियोजनाका लागि आवश्यक स्रोतको आँकलन गरी सम्पन्न हुने सम्भावना नभएका परियोजना स्थगन गर्ने र त्रुटिपूर्ण परियोजना खारेज गर्ने र स्टार्टअप होस् वा आन्टरप्रीनरशीप कुनै पनि फिल्डमा उद्यमशीलता सुरु गर्दा– ‘व्यवसाय सुरू गरेदेखि बजारसम्मको चक्र’ अर्थात्, ‘व्यवसायको इकोसिस्टम’ ख्याल गर्नुपर्ने जस्ता नयाँ नीति रहेको जानकारी गराए ।
प्रधानमन्त्री ओलीले सहमतिको आधारमा संसवधान संशोधनको प्रक्रिया अगाडि बढाउने नीतिमा सरकार प्रतिबद्ध रहेको बताए ।

उनले भने,‘सहमतिको आधारमा संसवधान संशोधनको प्रक्रिया अगाडि बढाउने नीतिमा सरकार प्रतिबद्ध छ । दलहरुबीचको स्वच्छ प्रतिस्पर्धा आपसि संवाद सहकार्य र सहअस्तित्वको नीतिमा राजनैतिक स्थायित्वलाई निरन्तरता नीतिगत स्थिरता सुनिश्चीत गर्ने हाम्रो प्रयास जारी रहने छ ।’

लायन्स क्लब अफ काठमाडौं पद्मपानीद्वारा चाराकिलाका चेपाङ बालबालिकालाई शैक्षिक सामग्री वितरण

लायन्स क्लब अफ काठमाडौं पद्मपानीद्वारा चाराकिलाका चेपाङ...

वि.सं.२०८२ मंसिर ३ बुधवार १५:०९

  चितवन । लायन्स क्लब अफ काठमाडौं पद्मपानीको टोलीले दूरदराज...

महासंघले व्यवसायी र अर्थतन्त्रको समस्या समाधानमा ‘ट्रबलसुटर’को काम गरिरहेको छ, अध्यक्ष ढकाल

महासंघले व्यवसायी र अर्थतन्त्रको समस्या समाधानमा ‘ट्रबलसुटर’को...

वि.सं.२०८२ मंसिर ३ बुधवार ०८:०५

  काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक उत्कृष्ट करदाता सम्मानित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक उत्कृष्ट करदाता सम्मानित

वि.सं.२०८२ मंसिर १ सोमवार २३:२२

  काठमाडौं । बैंक, वित्तीय संस्था र बीमा क्षेत्रमा उत्कृष्ट...

लगानी प्रोत्साहनका कुरा भाषणमा मात्र सीमित नहोस : चन्द्र ढकाल

लगानी प्रोत्साहनका कुरा भाषणमा मात्र सीमित नहोस...

वि.सं.२०८२ मंसिर १ सोमवार २२:२३

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले...

‘सरकार र व्यवसायी नमिलेसम्म कराधार विस्तार गर्न सकिँदैन्’

‘सरकार र व्यवसायी नमिलेसम्म कराधार विस्तार गर्न...

वि.सं.२०८२ मंसिर १ सोमवार २२:१९

  काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले जबसम्म सरकार र करदाता...

नेपाल बैंकको ८९औं वार्षिकोत्सवमा सुवेदी : ‘सेवा विस्तार र विश्वसनीयता नै हाम्रो आधार’

नेपाल बैंकको ८९औं वार्षिकोत्सवमा सुवेदी : ‘सेवा...

वि.सं.२०८२ मंसिर १ सोमवार २०:११

  काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आइतबार...