CG Electronics
IME Life
NIMB

पकाहाँमैनपुर एमालेमा विधिविपरीत कमिटी गठन : बहिष्कार र आन्दोलनमा प्रतिनिधिहरू

NIMB
Himalayan Bank

पकाहाँमैनपुर । पर्साको पकाहाँमैनपुर गाउँपालिकामा गाउँपालिका कमिटी गठनलाई लिएर नेकपा एमालेभित्र विवाद चर्किएको छ । पकाहाँमैनपुर विधि र प्रक्रियाविपरीत गाउँपालिका कमिटी घोषणा गरिएको भन्दै प्रतिनिधिले बन्दसत्र बहिष्कार गरेका छन् ।

गाउँपालिका अधिवेशन उद्घाटन भएको करिब एक महिनापछि २५ गते एक्कासी कार्यवाहक जिल्ला अध्यक्ष एवं छिपहरमाई गाउँपालिका अध्यक्ष मनोज गुप्ताले बन्दसत्रमा निर्वाचन प्रक्रिया नै नगरी सामजिक सञ्जाल फेसबुकबाट कमिटीको नाम घोषणा गरिएपछि केही प्रतिनिधि बहिष्कार गरेर आन्दोलनमा उत्रिएका हुन् । गत २३ चैत्रमा गाउँपालिका अधिवेशन उद्घाटन भए पनि विवादका कारण कमिटी गठन हुन नसक्दा बन्दसत्र अनिश्चित समयका लागि अध्यक्ष मण्डलका अध्यक्ष एवं जिल्ला अध्यक्ष विश्वम्भर शर्माले स्थगित गरेका थिए ।
वैशाख २५ गते बन्दसत्रको प्रक्रिया पूरा नै नगराई एमाले कार्यवाहक जिल्ला अध्यक्ष गुप्ताले फेसबुक मार्फत अकलेश साह अध्यक्षतामा गाउँपालिका कमिटी गठन गरिएको घोषणा गरेका थिए ।

कमिटी गठनबारे बन्दसत्रमा कुनै पनि छलफल र प्रक्रिया नगरी पदाधिकारी घोषणा हुन थालेपछि आफूहरू बहिष्कार गरेर आन्दोलनमा उत्रिएको प्रतिनिधि हामिद मियाँले बताए । ‘कसको कुन पदमा आकांक्षा छ भनेर प्रतिनिधिलाई कुरै राख्न दिइएन । आफूलाई मन परेका नाम खल्तीबाट निकालेर घोषणा गरियो ।’ एमाले पूर्व जिल्ला कमिटीको सदस्यसमेत रहेका उनले भने, ‘कुनै पनि विधि, पद्दति र प्रक्रिया नअपनाई घोषणा गरिएको कमिटी स्वीकार्य हुँदैन भनेर सहभागीमध्ये ७५ प्रतिशत प्रतिनिधि बहिष्कार गरेर आन्दोलनको प्रक्रिया होमिएको बताए ।’ आफू अध्यक्ष पदको दाबेदार भए पनि बैठकमा उम्मेदवारीबारे कुरै राख्न नदिइएको उनले बताए ।

पकाहाँमैनपुर गाउँपालिका इन्चार्ज एवं निर्वाचन कमिटीका संयोजक विजय चौरसियाले प्रतिनिधिलाई आफ्नो अधिकार प्रयोग गर्न नदिएर गाउँपालिका कमिटी घोषणा गरिएको बताए । उम्मेदवार बन्नबाट रोकिएपछि केही प्रतिनिधिले मनोपली खल्तीबाट गठित कमिटीको बहिष्कार गरेको उनले जानकारी दिए । ‘कसैलाई उम्मेदवारी हाल्ने अवसर नै दिइएन । प्रतिनिधिले आफ्नो अधिकार प्रयोग गर्न पाएनन् ।’ चौरसियाले भने, ‘अधिवेशन विधि–विधानअनुसार भएन । यसबारे माथिलो पार्टी कमिटीमा कुरा उठाउँछौँ ।’ निर्वाचन प्रक्रिया नै सुरु नगरी कमिटी घोषणा गर्नु विधान र प्रक्रियाविपरीत भएको उनको भनाइ छ ।

गाउँपालिका कमिटीको उपाध्यक्षमा सन्तोष कुमार चौरसिया , सचिवमा राजेश सहनी तथा उपसचिवमा रामबाबु चौरसिया र चाँदनी देवीलाई चयन गरिएको छ । गाउँपालिका कमिटी गठनको विषयमा लामो समयदेखि विवाद थियो । विवादकै कारण पुरै वडामा कमिटी गठन हुन नसकेको नेताहरूले बताएका छन् ।

अधिवेशन सुरु हुँदा पूर्व जिल्ला कमिटी सदस्य हामिद मियाँ पनि अध्यक्षका दावेदार थिए । अध्यक्षमा चयन भएका साह पहिला पनि पालिका अध्यक्ष थिए ।

जिल्ला इन्चार्ज प्रभु हजरा र अध्यक्ष विश्वम्भर शर्माले आफ्ना नजिक भएकालाई अध्यक्ष बनाउन एकलौटी रूपमा कमिटी घोषणा गर्न लगाएको असन्तुष्ट पक्षको आरोप छ । उनलाई अध्यक्ष बनाउने सहमति नजुटे र उनी निर्वाचन प्रक्रिया झन् कमजोर र जनस्तरका नभए कै कारण एक महिनासम्म गाउँपालिका कमिटी गठन हुन नसकेको एक नेताले बताए । ‘अधिवेशन सुरु भएकै बेला हजरा र शर्मा आफ्ना पकेटका अध्यक्ष बनाउन चाहेका थिए तर मधेस प्रदेश कमिटी सदस्य विजय चौरसिया पक्षका एमालेका बहुसंख्यक नेताले उनलाई स्वीकार नगरेपछि बन्दसत्र अनिश्चित समयका लागि स्थगित गरिएको थियो ।’ नाम उल्लेख गर्न नचाहेका उनले भने, ‘अहिले जिल्ला नेतृत्व आफूअनुकुल चयन भएपछि एकलौटी रुपमा कमिटी घोषणा गर्न लगाएका हुन् ।’

एमाले पर्साको अधिवेशनमा दुई प्यानलबीच प्रतिस्पर्धा भएको थियो । एमाले केन्द्रीय सदस्य एवं पर्सा क्षेत्र नं ३ का इन्चार्ज अरविन्द सिंहले भने पकाहाँमैनपुर कमिटी चयनमा असन्तुष्टि रहेको दावी गरे । आन्तरिक विवादका कारण लामो समयसम्म नेतृत्व चयन हुन नसके पनि अहिले असहमतिमै कमिटी टुंग्याएले झन् विवाद उत्पन्न भएको उनले बताए । ‘ प्रक्रिया नमिलेको खण्डमा पनि जिल्ला इन्चार्ज, अध्यक्षलगायत पदाधिकारीको असहमतिमै कमिटी घोषणा गरेको उनले बताए ।’

साथै ५ दिन अघि वैशाख २५ गते फेसबुकमा गठित कमिटीको हिजो मंगलबार फेरि विधि विधान मिचेर जिल्ला इन्चार्जले सपथ ग्रहण गराएका छन् ।जुन कुराले विवाद झन् चर्किएको छ ।

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा ‘बोर्डर इन्टर्याक्सन टिम’ परिचालन गर्दै सशस्त्र सुरेन्द्र सुवेदी/काठमाडौं

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा...

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२८

  काठमाडौं। नेपालको सीमा सुरक्षालाई थप प्रभावकारी, नागरिकमैत्री र अन्तर्राष्ट्रिय...

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२२

कैलाली, १२ असारः माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी...

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...