CG Electronics
IME Life
NIMB

तमोर जलाशययुक्त बहुउद्देश्यीय आयोजना कार्यान्वयनका लागि सरकार गम्भीर : ऊर्जा मन्त्री

NIMB
Himalayan Bank

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले सरकार तमोर जलाशययुक्त बहुउद्देश्यीय आयोजना कार्यान्वयनप्रति गम्भीर रहेको बताएका छन् ।

मन्त्री खड्काको संयोजनमा मन्त्रालयमा सम्पन्न एक उच्चस्तरीय छलफलमा उनले उक्त आयोजनालाई ठोस कार्ययोजना बनाएर अघि बढाउन सरकार प्रतिबद्ध रहेको बताए ।

छलफलमा ७५६ मेगावाट क्षमताको तमोर जलाशययुक्त आयोजनाबाट विद्युत् उत्पादनसँगै पूर्वी तराईका झापा, मोरङ र सुनसरी जिल्लामा करिब एक लाख हेक्टरभन्दा बढी क्षेत्रफलमा सिंचाइ सुविधा र्पुयाउने सम्भावनाबारे विस्तृत प्रस्तुति गरिएको थियो ।

चिसाङ सिंचाई आयोजना मार्फत पानी वितरण गरिने यस आयोजनाले ऊर्जा, कृषि, रोजगारी सिर्जना, जल यातायात र पर्यटन क्षेत्रको विकासमा समेत महत्वपूर्ण योगदान र्पुयाउने बताइन्छ ।
मन्त्री खड्काले आयोजनाको विगतको अवस्थाको समीक्षा गर्दै निर्माण प्रक्रिया लामो समयसम्म अल्झिनु, बजेटको ठूलो खर्च हुँदासमेत ठोस परिणाम नआउनु र बाँधको सुनिश्चितता नहुँदासम्म लगानीमा गति आउन नसक्नु चिन्ताको विषय भएको बताउए ।

सरकारी संयोजन र समन्वयको अभावले धेरै आयोजना अलपत्र परेको उल्लेख गर्दै मन्त्री खड्काले विदेशी लगानीकर्ताको चासो बढिरहेको सन्दर्भमा ढिलाइ नगरी व्यावहारिक मोडेलमा आयोजना कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

छलफल कार्यक्रममा प्रतिनिधिसभा सदस्य योगेश भट्टराई, ऊर्जा सचिव सुरेश आचार्य, सिंचाई सचिव सरिता दवाडी, राष्ट्रिय योजना आयोगका सदस्य, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकलगायत सरोकारवालाहरूको उपस्थिति थियो। सहभागीहरूले आगामी आर्थिक वर्षको बजेटमै आयोजना कार्यान्वयनका लागि आवश्यक बजेट सुनिश्चित गर्नुपर्नेमा जोड दिएका थिए ।

सरकारको स्पष्ट नेतृत्व र दिगो कार्ययोजना मार्फत तमोर आयोजना अब निष्कर्षमुखी कार्यान्वयनको चरणमा प्रवेश गर्ने अपेक्षा गरिएको छ ।

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो चिन्ता व्यक्त, शान्ति र सद्भाव कायम राख्न अपिल

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो...

वि.सं.२०८३ साउन १६ शनिवार १३:१२

काठमाण्डौं, श्रावण १४ । नेपाल चेम्बर अफ कमर्सले तराईका केही...

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ प्रतिष्ठित ‘आउटस्ट्यान्डिङ अवार्ड’बाट सम्मानित

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ प्रतिष्ठित...

वि.सं.२०८३ साउन १६ शनिवार १३:०६

  काठमाडौं । नेपालका लागि भियतनामका अवैतनिक महावाणिज्यदूत राजेशकाजी श्रेष्ठलाई...

नेपाल-जापान सम्बन्धलाई व्यापार, लगानी र प्रविधिमार्फत नयाँ उचाइमा पुर्‍याउनुपर्नेमा निवर्तमान अध्यक्ष मल्लको जोड

नेपाल-जापान सम्बन्धलाई व्यापार, लगानी र प्रविधिमार्फत नयाँ...

वि.सं.२०८३ साउन १६ शनिवार १२:५३

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र...

विश्वास, सम्मान र समझदारीले ४६ वर्षदेखि टिकिरहेको छ हाम्रो मित्रता : मदनकृष्ण श्रेष्ठ

विश्वास, सम्मान र समझदारीले ४६ वर्षदेखि टिकिरहेको...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:३१

  काठमाडौं । अन्तर्राष्ट्रिय मित्रता दिवस विश्वभरि मनाइँदैछ । प्रत्येक...

सभामुखबाट छानबिन समितिको प्रतिवेदन आवश्यक कार्यान्वयनका लागि संघीय संसद् सचिवालयलाई प्राप्त

सभामुखबाट छानबिन समितिको प्रतिवेदन आवश्यक कार्यान्वयनका लागि...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:२६

  काठमाडौं। प्रतिनिधिसभाको गत जेठ १७ गतेको बैठकमा उत्पन्न परिस्थितिसम्बन्धी...

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

वि.सं.२०८३ साउन १३ बुधवार २३:४३

काठमाडौं । चीनका उत्पादकबाट नेपाली उपभोक्तासम्म प्रत्यक्ष रूपमा सामान उपलब्ध...