CG Electronics
IME Life
NIMB

अर्थशास्त्रीहरुलाई देउता जस्तो मानेर वादहरुको पछाडि नलागौं : गभर्नर

NIMB
Himalayan Bank

 

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्व पौडेलले असमानताको अन्त्य चाहन्छौ भने वादहरुको पछि लाग्न छोड्नुपर्ने बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित ‘अर्थदृष्टिः अल्पविकासको अर्थ राजनीति’ नामक पुस्तक विमोचन समारोहमा उनले अर्थशास्त्रीहरुलाई देउता जस्तो मानेर यो यसको वाद यसलाई छाड्नै हुदैँन् भन्ने कुरा पनि खासै सही नभएको भन्दै असमानताको अन्त्य गर्ने हो भने वादहरुको पछि लाग्न छोड्नुपर्ने बताए ।

उनले भने, ‘समानताको मुद्दा एकदमै जायज हो । यस्तो मुद्दा सम्बोधन गर्नको लागि त्यही नै जानुपर्छ । ०६३ सालपछि केही हदसम्म गएका छौ ।

हामी असमानताको अन्त्य चाहन्छौ भने पुँजीवाद अन्त्य हुन लाग्यो, यो त्यो भन्नेतर्फ नलागौं । कसैले सबै सत्य देखेको पनि हुदैँन् । अर्थशास्त्रीहरुलाई देउता जस्तो मानेर यो यसको वाद यसलाई छोड्नै हुदैँन् भन्ने कुरा पनि खासै सही होईन् ।’

कुनै पनि वादहरु प्रति पूर्वाग्रह नराखि सबै वादको राम्रो कुराहरु लिएर अगाडि बढ्नु पर्ने पनि उनको भनाई छ ।

यस्तै, उनले असमानताले देशलाई अगाडि नबढाउने भन्दै कम्युनिष्ट आन्दोलनको राम्रो योगदान नै समानता भएको बताए ।

उनले भने, ‘कम्युनिष्ट आन्दोलनको राम्रो योगदान हाम्रो देशमा के हो भने समानतामा जुन जोड दिनु भएको छ, त्यो हामीलाई एकदमै काम लाग्ने कुरा हो ।

हाम्रो देश दुई चारवटा जातले मजाले लुटेर खाएको ठाँउ हो । अहिले पनि त्यस्तै त्यस्तै छ । यो असमानताले हाम्रो देशलाई अगाडि बढाउँदैन । यहाँ १ सय ४०, ४५ वटा समूदाय, भाषा छ ।’

 

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा ‘बोर्डर इन्टर्याक्सन टिम’ परिचालन गर्दै सशस्त्र सुरेन्द्र सुवेदी/काठमाडौं

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा...

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२८

  काठमाडौं। नेपालको सीमा सुरक्षालाई थप प्रभावकारी, नागरिकमैत्री र अन्तर्राष्ट्रिय...

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२२

कैलाली, १२ असारः माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी...

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...