CG Electronics
IME Life
NIMB

मृर्गौला प्रत्यारोपणपछि सगरमाथा विजय : पेम्बाको साहसिक यात्रामा एनसेल फाउन्डेसनको साथ

NIMB
Himalayan Bank

 

काठमाडौं । आफ्नो मृर्गौला प्रत्यारोपण गरेका पेम्बा शेर्पाले सगरमाथाको सफल आरोहण गरेर हासिल गरेको ऐतिहासिक उपलब्धिमा एनसेल फाउन्डेसन उनीप्रति हार्दिक सम्मान प्रकट गर्दछ । मृर्गौला प्रत्यारोपण पछि सगरमाथाको सफल आरोहण गर्ने पेम्बा पहिलो व्यक्ति हुन् ।

यो ऐतिहासिक सफलता साहस, संकल्प र शक्तिको उदाहरण मात्र नभई, दृढ संकल्पका साथ देखिएका सपना असम्भव छैन भन्ने सशक्त सन्देश पनि हो । उनले वैशाख ३१ गते बिहान सगरमाथाको शिखर चुम्न सफल भएका थिए ।

पेम्बा शेर्पाको यस सहासी यात्रामा सहभागी भई आवश्यक सहयोग गर्न पाएकोेमा एनसेल फाउन्डेसन गर्व महसुस गर्दछ । यो यात्रा एक व्यक्तिगत विजय मात्र नभई शारीरिक चुनौती भोगिरहेकाहरूका लागि आशाको उज्यालो साबित भएको छ र मानिसहरुमा रहने असीम सम्भावनाहरुलाई पुष्टि गरेको छ । यसका, साथै यो यात्राले जलवायु परिवर्तनका कारण संकटमा परेका हिमालहरूको संरक्षणको लागि जनचेतना फैलाउने महत्त्वपूर्ण कार्य गरेको छ ।

“सगरमाथा आरोहणभरि मेरो स्वास्थ्य सबल रह्यो । यस यात्रामा मैले विश्वभरका ८५ करोड भन्दा बढी मिर्गौला रोगीहरूको आशा बोकेर सगरमाथाको चुचुरोमा पाइला राखें र ईच्छा गरेमा केही पनि असम्भव छैन भन्ने कुरालाई पुरा गर्न सफल भएँ । यो यात्रा पग्लिंदै गएको हाम्रो हिमाल जोगाउनको लागि पनि एउटा सन्देश थियो । मैले धेरैलाई गुहारें, तर मेरो सपनालाई एनसेल फाउन्डेसनले मात्र विश्वास गरेर सम्भव बनायो । म साथ र समर्थनका लागि हृदयदेखि आभारी छु,” सगरमाथाको सफल आरोहण पछि आफ्नो उत्साह प्रकट गर्दै पेम्बा शेर्पाले भने ।

“पेम्बा शेर्पाको यस ऐतिहासिक सफलताका लागि हामी उहाँलाई हार्दिक बधाई दिन चाहन्छौं । उहाँको यात्रा प्रेरणा, सहनशीलता र प्रतिबद्धताको कथा हो— यो केवल एक व्यक्तिगत लक्ष्यप्राप्ति मात्र नभई विश्वव्यापी जलवायु मुद्दाप्रति एक आवहान पनि हो । यस महत्वपूर्ण यात्राको सहयात्री हुन पाएकोमा हामी निकै खुसि छौ,” एनसेल फाउन्डेसन एन्ड स्पेशल प्रोजेक्ट डाईरेक्टर विशाखा लक्ष्मी खड्काले भनिन् ।

हिमालहरू केवल आरोहण गरेर सफलता चुम्ने शिखरहरु मात्र होइनन्, तिनीहरू हाम्रो पर्यावरणको प्रतीक हुन् र संरक्षणका लागि हामी सबैले मिलेर प्रयास गर्नुपर्छ भन्ने सन्देश पेम्बा शेर्पाको यो आरोहणले विश्वलाई दिएको छ ।

एनसेल फाउन्डेसनबारे
एनसेल फाउन्डेसन समाजमा सकारात्मक परिवर्तनका लागि एक उत्प्रेरकको रूपमा उभिएको छ । समुदायमा अर्थपूर्ण परियोजनाहरू मार्फत दिगो प्रभाव पार्ने मुलमन्त्रमा आधारित फाउन्डेसन, एनसेलको व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) पहल मात्र नभई देशभरका समुदायहरूलाई सशक्त र समावेशी बनाउनका लागि योगदान पुर्याउन प्रतिबद्ध रहेको छ ।

काठमाडौं उपत्यकाजस्ता शहरी क्षेत्रदेखि लिएर पहाड र तराईका दुरदराजका गाउँसम्म, फाउन्डेसनले डिजिटल डिभाइड घटाउने, स्वास्थ्य र शिक्षामा पहुँच विस्तार गर्ने, र समावेशीतालाई प्रवद्र्धन गर्ने जस्ता कार्यहरू मार्फत विकास र परिर्वतनका लागि कार्य गर्दै आएको छ । आम जनमानससँगमात्र नभई सामाजिक हितका उद्देश्य, संस्कृति र विकाससँग पनि गहिरो रूपमा जोडिन फान्डेसन प्रतिबद्धता रहेको छ ।

हालसम्म २ अर्ब रुपैयाँभन्दा बढीको सामाजिक योगदान दिँदै, एनसेलले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा १ करोड ३० लाखभन्दा बढी मानिसको जीवनमा विभिन्न सामाजिक पहलमार्फत सकारात्मक प्रभाव पारेको छ ।

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार वृद्धि, १,५०० भन्दा बढी रोजगारी र देशभर शाखा सञ्जाल

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार...

वि.सं.२०८३ साउन ११ सोमवार २०:२८

काठमाडौं। प्रविधिमा आधारित लजिस्टिक्स सेवा प्रदायक उपाय ले पछिल्लो एक...

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र...

वि.सं.२०८३ साउन ११ सोमवार २०:१३

  काठमाडौं, नेपाल । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले...

कार्गो दिवस साउन १३ गते : ‘दक्ष लजिस्टिक्स–सशक्त अर्थतन्त्र’ नारासहित विशेष समारोह गरिंदै

कार्गो दिवस साउन १३ गते : ‘दक्ष...

वि.सं.२०८३ साउन ११ सोमवार १७:३०

  काठमाडौं । नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (नेफा) ले ३२...

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य...

वि.सं.२०८३ साउन ११ सोमवार १६:५१

  काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८३/८४...

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा चार अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा...

वि.सं.२०८३ साउन ११ सोमवार १६:३७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड इण्डियन च्याम्बर अफ...

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा...

वि.सं.२०८३ साउन ११ सोमवार ०८:०३

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र स्पेनिश चेम्बर...