CG Electronics
IME Life
Ncell NPL

सङ्घीय निजामती सेवा ऐन प्रसव वेदनामा छट्पटाइरहेको छ : अध्यक्ष भवानी

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । सरकारले निजामती कर्मचारीको हित विपरीत विभेदपूर्ण रूपले संघीय निजामती सेवा ऐन जारी गर्ने तयारी गरेको भन्दै निजामति कर्मचारीहरुले गर्दै आएको आन्दोलन आज (बुधबार) पनि जारी राखेका छन् ।

लामो समयदेखि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा निजामती कर्मचारीहरुले धर्ना दिँदै आएका छन् । मन्त्रालय धर्ना दिन पुगेकी नेपाल निजामती कर्मचारी संगठनकी केन्द्रिय अध्यक्ष भवानी न्यौपाने दाहालले सङ्घीय निजामती सेवा ऐन प्रसव वेदनामा छट्पटाइरहेको र जन्मन नपाएको बताईन् ।

‘निजामती कर्मचारीहरुलाई निर्देशन गर्ने मूख्य ऐनको रुपमा रहेको खास गरेर कर्मचारीलाई मात्र नभई समग्र निजामती कर्मचारी, प्रशासनलाई दिशा निर्देश गर्ने मूख्य ऐन सङ्घीय निजामती सेवा ऐन प्रसव वेदनामा छट्पटाइरहेको छ । जन्मन पाएको छैन सकुशल जन्मियोस् भन्नको लागि यो आन्दोलन गरिएको हो,’ उनले भनीन् ।

यसैगरी मन्त्रालय अगाडि धर्नामा बसेका नेपाल निजामती कर्मचारी युनियनका केन्द्रिय उपाध्यक्ष यज्ञ वलीले सङ्घीय निजामती सेवा ऐन चाँडै जारी गरी सबैखाले कर्मचारीका विषय समेटिनुपर्ने बताए ।

उनले भने, ‘हाम्रो १० बजेदेखि ११ बजेसम्म मात्र धर्ना कार्यक्रम हो, यो आन्दोलन हैन । हामी आन्दोलनको सामान्य स्वरुपमा मात्र छौ । यो सुरुवाती चरण मात्र हो । यो सांकेतिक विरोध मात्र हो । सङ्घीय निजामती सेवा ऐन चाँडै आवस ।

सङ्घीय निजामती सेवा ऐनमा स्थानीय, प्रदेशमा समायोजन भएका साथिहरु, संघका पिडित साथिहरु करार, ज्यालादारी सबैका विषय समेटियोस् भनेर हामी खवरदारी गर्न आएका हौं ।’ उनले राज्य व्यवस्था तथा सुशासन समितिले पास गरेको ऐन रोक्नको लागि उच्च प्रशासन लागेको पनि बताए ।

 

 

 

 

कालीमाटी बजारमा आजको तरकारी तथा फलफूलको थोक मूल्य सार्वजनिक

कालीमाटी बजारमा आजको तरकारी तथा फलफूलको थोक...

वि.सं.२०८३ वैशाख २७ आइतवार ०९:०८

  काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले...

शिक्षा र खेलकुद उच्च प्राथमिकतामा छ : मेयर आचार्य

शिक्षा र खेलकुद उच्च प्राथमिकतामा छ :...

वि.सं.२०८३ वैशाख २७ आइतवार ०९:०५

  कोहलपुर । कोहलपुर नगरपालिकाका मेयर पूर्ण प्रसाद आचार्यले शिक्षा...

बजेट सुझावका लागि ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा, नागरिकका राय सिधै सरकारसम्म पुग्ने

बजेट सुझावका लागि ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा,...

वि.सं.२०८३ वैशाख २७ आइतवार ०९:०३

  काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी आर्थिक वर्षको...

आइपीएल : गुजरातद्वारा राजस्थान पराजित

आइपीएल : गुजरातद्वारा राजस्थान पराजित

वि.सं.२०८३ वैशाख २७ आइतवार ०८:५८

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा गुजरात टाइटन्सले जित हात...

आजको मौसम : हिमाली र पहाडी भूभागका थोरै स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना

आजको मौसम : हिमाली र पहाडी भूभागका...

वि.सं.२०८३ वैशाख २७ आइतवार ०८:४८

  काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय...

बजार सुशासनका लागि सोमबारदेखि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’

बजार सुशासनका लागि सोमबारदेखि देशभर ‘मूल्य पारदर्शिता...

वि.सं.२०८३ वैशाख २६ शनिवार २१:४८

काठमाडौँ । बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्यवृद्धि र उपभोक्ता ठगी...