CG Electronics
IME Life
NIMB

हुवावे नेपाल: नेक्स्ट-जेन ईभी चार्जिङ टेक्नोलोजी र पूर्वाधार मार्फत ग्रीन मोबिलिटीमा प्रतिबद्धता

NIMB
Himalayan Bank

काठमाडौं, जेष्ठ २६ । विश्व वातावरण दिवस २०२५ को अवसरमा, हुवावे नेपालले आफ्नो फ्युजन चार्ज स्मार्ट ईभी चार्जिङ नेटवर्कको सुरुवात गरेको छ। गाडी चार्ज प्रा.ली. र NEEK (नेपाल एकरात इन्जिनियरिङ कम्पनी) सँगको सहकार्यमा, हुवावेले हेटौंडामा पहिलो फ्युजन चार्ज स्टेशनको उद्घाटन गर्दै सन् २०२५ भित्र राष्ट्रव्यापी चार्जिङ्ग नेटवर्क पुर्याउने लक्ष्य राखेको छ जसले नेपालभर ग्रीन मोबिलिटी र वातावरणीय दिगोपनलाई तीव्र बनाउने छ।

बागमती प्रदेशका माननीय मुख्यमन्त्री बहादुर सिंह लामाले नेपालको ईभी चार्जिङ्गमा एक महत्वपूर्ण कोशेढुंगाका रूपमा, हेटौंडामा पहिलो फ्युजन चार्ज स्टेशनको उद्घाटन गरे। यस शुरुवातले २०२५ को अन्त्यसम्ममा देशभर थप ९ वटा स्थानमा स्मार्ट ईभी चार्जिङ स्टेशनहरू मार्फत भविष्यका लागि स्वच्छ उर्जामा आधारित व्यवस्थित र स्तरिय यातायात पूर्वाधारको नयाँ जग बसाल्नेछ।

फ्युजन चार्ज, हुवावेको नयाँ पुस्ताका लागि तयार पारिएको स्मार्ट इभि चार्जिङ सोलुसन हो, जसले फोटोभोल्टिक्स (PV) र ऊर्जा भण्डारण प्रणाली (ESS) लाई एकीकृत गर्दै विध्युत ग्रिड-मैत्री, हाई-एफ़िसिएन्सि स्मार्ट चार्जिङ्ग अनुभव दिनेछ । Liquid cooled मोड्युलर आर्किटेक्चर र बहु-स्तरीय पावर पूलिंगको साथ डिजाइन गरिएको यस प्रविधिले ५०० किलोवाट सम्मको अल्ट्रा-फास्ट चार्जिङलाई सपोर्ट गर्दछ, जसले व्यक्तिगत सवारी साधनदेखि सार्वजनिक यातायात फ्लीटहरूसम्म सबै प्रकारहरूको सवारी साधनका लागि सुरक्षित र स्केलेबल, दिर्घकालिन चार्जिङ समाधान सुनिश्चित गर्नेछ।

फ्युजन चार्ज प्रविधिका प्रमुख विशेषताहरू:

फ्युजन चार्ज प्रविधिले व्यक्तिगत सवारी साधनदेखि ठूला फ्लीटहरूसम्म सबै किसिमका इभि गाडीहरु का लागि चार्जिङ्ग सपोर्ट गर्दछ। यसले पावर एफ़िसिएन्सि ८०% सम्म बढाई liquid cooled डिजाइन मार्फत अत्यधिक तापक्रम (-३५°C देखि ४५°C सम्म) मा पनि सुरक्षित, अल्ट्रा-फास्ट चार्जिङ (५०० किलोवाट सम्म) सुनिश्चित गर्दछ। मोड्युलर र स्केलेबल संरचनाको साथ, यसले सजिलो अपग्रेड र लामो आयु (१० वर्ष भन्दा बढी) का साथै स्तरीय इन्सुलेशन र सुरक्षा मार्फत तपाईंको लगानीलाई समेत सुरक्षित गर्दछ। यसको शान्त अपरेशन (५० dB मुनि) तथा युनिवर्सल कम्पाटिबिलिटिले आवासीय र व्यावसायिक सेटिङहरूदेखि उच्च-मागका सार्वजनिक स्टेशनहरू सम्म सहज चार्जिङ्ग अनुभव प्रदान गर्नेछ।

टेक्निकल हाइलाइटहरू:

फ्युजन चार्जमा liquid cooling, multi-level power pooling र ESS का लागि DC बस इण्टेग्रसनको सुविधा दिईएको छ। यसले सोलार (PV) र ब्याट्री स्टोरेज (ESS) प्रणालीहरू लाइ एकीकृत गरी सहज, ग्रीड-मैत्री चार्जिङ्ग सेवा प्रदान गर्दछ। यसले प्रतिक्रियाशील पावर नियन्त्रण, OTA अपडेटहरू र एकीकृत अनुगमन प्लेटफर्मका साथ् स्मार्ट उर्जा प्रयोग र निर्वाध मर्मत सम्भार पनि सहज बनाउछ। यो VPP-तयार पनि छ, जसको अर्थ यसले पिक-शेभिङ र प्रयोगको समय अनुकूलन जस्ता उन्नत ऊर्जा व्यवस्थापन मोडेलहरूलाई समर्थन गर्न सक्छ।

यी सुविधाहरूले फ्युजन चार्ज प्लेटफर्म भविष्यको लागि तयार छ भनी सुनिश्चित गर्दछ, जसले यसलाई आवासीय र व्यावसायिक सेटिङहरूदेखि उच्च-माग भएका सार्वजनिक स्टेशनहरूसम्म, विविध वातावरणमा समेत प्रयोग गर्न सक्षम बनाउँछ।
आशा छ हाम्रो यो अभियान, परियोजना र नबिनतम सोचलाई यहाँको मिडियाले उचित स्थान दिनेछ।

हुवावेको बारेमा:

हुवावे सन् १९८७ देखि १७० भन्दा बढी देशहरूमा सञ्चालनमा रहेको आईसीटी पूर्वाधार र स्मार्ट उपकरणहरूको एक अग्रणी विश्वव्यापी प्रदायक हो। सन् १९९९ मा नेपालमा स्थापित हुवावे नेपालले बलियो रूपमा जोडिएको र डिजिटल रूपमा सशक्त राष्ट्र निर्माण गर्न निरन्तर काम गर्दै आएको छ। हुवावेले “सीड्स फर द फ्युचर” जस्ता ऐतिहासिक कार्यक्रमहरू मार्फत डिजिटल समावेशीकरण, रोजगारी सिर्जना, नवीकरणीय ऊर्जा र शिक्षामा योगदान पुर्याउदै आएको छ ।
हुवावे नेपालमा, नेपालकै लागि।

युवा कोडर प्रविधि अधिकारी ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा आबद्ध: नेपाली बालमस्तिष्कलाई विश्व मानचित्रमा चिनाउने प्रयास

युवा कोडर प्रविधि अधिकारी ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५७

काठमाडौं। नेपालको डिजिटल रूपान्तरणको यात्रामा नयाँ पुस्ताका उदीयमान प्रतिभाहरूले नेतृत्व...

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन प्रधानमन्त्री शाहको सुझाव

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५३

  काठमाडौं। सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको अर्थतन्त्रलाई थप चलायमान,...

रेड डट डिजाइन अवार्ड विजेता चेरी क्यूलाई नेपालमा नाइमा मोबिलिटी प्रदर्शनी–२०२६ मार्फत सार्वजनिक गरिने

रेड डट डिजाइन अवार्ड विजेता चेरी क्यूलाई...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:४७

    चेरी क्यूले प्रतिष्ठित २०२५ रेड डट डिजाइन अवार्ड...

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम, करिब १० हजार लाभान्वित

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम,...

वि.सं.२०८३ असार ३२ बिहीवार २१:३१

  काठमाडौँ, नेपाल | जुलाई १६, २०२६ — सिटिजन्स बैंक...

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य सेवामा नयाँ आयाम

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य...

वि.सं.२०८३ असार ३२ बिहीवार २१:२२

पोखरामा सफल यात्रा तय गरेको बेलो ब्लस स्टुडियोले काठमाडौंमा नयाँ...

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका...

वि.सं.२०८३ असार ३२ बिहीवार २१:१७

  काठमाडौँ, नेपाल | जुलाई १६, २०२६ — महालक्ष्मी विकास...