IME Life
NIMB

नेपाल मोबिलिटी एक्सपो २०२५ को तयारी पूरा, ५० मध्ये ४८ स्टल बाँडफाँड सम्पन्न

NIMB
Himalayan Bank

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले नेपाल मोबिलिटी एक्सपो २०२५ को आयोजनाको तयारी पुरा गरेको छ ।

नाइमाको आयोजनामा हुन लागेको पहिलो एक्पोको लागी मंगलबारनै स्टल बाँडफाँड सम्पन्न गरेको छ । कुल ५० ओटा स्टलमध्ये ४८ ओटा स्टल बाँडफाँड सम्पन्न गरेको संस्थाले जनाएको छ । एक्सपो साउन २१ देखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुनेछ ।

एक्पोमा कुल ४८ स्टल तोकिएको छ, जसमा २१ वटा चर्चित चार पाङ्ग्रे सवारी ब्रान्डको सहभागिता हुनेछ भने १८ वटा दुई पाङ्ग्रे सवारी ब्रान्ड र ९ वटा व्यावसायिक सवारी साधन ब्रान्डको उपस्थती रहने नाइमाकी अध्यक्ष रितु सिंह वैद्यले बताइन् ।

एक्पोमा नेपालमा रहेका अटोमोबाइल उद्योगका प्रमुख ब्रान्डहरूको सक्रिय सहभागिताले आफूलाई उत्साही बनाएको अध्यक्ष वैद्यले बताइन् ।

एक्पोमा चार पाङ्ग्रे सवारी ब्रान्डहरूतर्फ बीवाइडी, सिट्रोएन, फोर्थिङ, ग्रेट वाल मोटर्स, हेनरी भोल्ट्स, हुन्डाई, काइयी, केआईए, लीपमोटर, एलइभी १, महिन्द्रा, म्याक्सस, माज्दा, एमजी, मित्सुबिशी, निसान, ओमोडा र जेको, प्यूजो, प्रोटोन, रेनो, टोयोटा, फोक्सवागन तथा जीकर रहेका सहभागी हुने छन् ।

यस्तै दुई पाङ्ग्रेतर्फ एम्पेयर, एथर, बजाज, बेनेली, सिएफमोटो, गोगोरो, हुन्डा, केटीएम, महिन्द्रा, एनआईयू, रिभोल्ट, रोयल इनफिल्ड, सेगवे–नाइनबोट, सुजुकी, ट्रायम्फ, टीभीएस, अल्ट्राभायोलेट, याडिया, जिहोलगायत ब्रान्ड सहभागी हुने नाइमाले जनाएको छ भने व्यावसायिक सवारी साधन ब्रान्डहरू चेरी वान्डा, डोङफेङ, फ्यारीजोन, हुआजी, कामा, क्यारी, किङलङ तथा सनलङ सहभागी हुने बताइएको छ ।

नाइमाले सहभागी सम्पूर्ण ब्रान्डप्रति आभार व्यक्त गर्दै, आम सर्वसाधारणलाई एक्सपोमा सहभागी भई आगामी मोबिलिटी प्रविधिबारे जानकारी लिन सबैलाई आग्रह गरेको छ ।

नेपालमा एक वर्षमा १३१ युनिट टोयोटा आयात, सबैभन्दा धेरै प्राडो

नेपालमा एक वर्षमा १३१ युनिट टोयोटा आयात,...

वि.सं.२०८३ साउन २१ बिहीवार ०९:४०

  काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा नेपालमा टोयोटा...

विश्वका शीर्ष १० कार निर्माता कम्पनीमा तीन चिनियाँ ब्रान्ड, बीवाईडी छैटौं स्थानमा

विश्वका शीर्ष १० कार निर्माता कम्पनीमा तीन...

वि.सं.२०८३ साउन २१ बिहीवार ०९:३३

  काठमाडौं । विश्व अटोमोबाइल उद्योगमा चिनियाँ कम्पनीहरूको प्रभाव तीव्र...

बीवाईडीले ल्यायो हालसम्मकै विलासी एसयूभी ‘याङवाङ यू८एल’, ३.६ सेकेन्डमै १०० किमि गति

बीवाईडीले ल्यायो हालसम्मकै विलासी एसयूभी ‘याङवाङ यू८एल’,...

वि.सं.२०८३ साउन २१ बिहीवार ०९:२८

  काठमाडौं । चिनियाँ अटो निर्माता बीवाईडीले आफ्नो प्रिमियम ब्रान्ड...

नयाँ टाटा पन्च ईभी नेपाल आइपुग्यो, नाइमा मोबिलिटी एक्सपोमा सार्वजनिक हुने

नयाँ टाटा पन्च ईभी नेपाल आइपुग्यो, नाइमा...

वि.सं.२०८३ साउन २१ बिहीवार ०९:१७

  काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी...

नाइमा एक्सपोमा एथरको विशेष अफर, लक्की ड्रबाट नयाँ स्कुटर

नाइमा एक्सपोमा एथरको विशेष अफर, लक्की ड्रबाट...

वि.सं.२०८३ साउन २१ बिहीवार ०९:१२

काठमाडौं । आगामी साउन २६ गतेदेखि सुरु हुने नाइमा मोबिलिटी...

यामाहा नेपालको ‘पार्ट्नर्स मीट २०२६’ थाइल्याण्डमा सम्पन्न

यामाहा नेपालको ‘पार्ट्नर्स मीट २०२६’ थाइल्याण्डमा सम्पन्न

वि.सं.२०८३ साउन २१ बिहीवार ०९:००

काठमाडौं । यामाहा नेपालले आफ्नो ‘पार्ट्नर्स मीट २०२६’ थाइल्याण्डमा सफलतापूर्वक...