Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

मौद्रिक नीति र वित्त नीतिमा सहि सन्तुलन राखेर नै अर्थतन्त्र अगाडि बढ्छ : अर्थमन्त्री

 

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले मौद्रिक नीति र वित्त नीतिमा सहि सन्तुलन राखेर मात्रै अर्थतन्त्र अगाडि बढ्ने बताएका छन् ।

मंगलबार राजधानीमा एक संस्थाले गरेको ‘प्रि मनिटरी पोलिसी डिस्कसन’ र विशेष प्रकाशन ‘लञ्च’ को कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । यसकालागि नेपाल राष्ट्र बैंक तथा अर्थमन्त्रालयले एकअर्कामा सन्तुलन कायम गरेर जानुपर्ने उनको भनाई छ ।

कार्यक्रममा बोल्दै उनले सबैतिर मौद्रिक सुशासनको पक्षमा केही प्रश्नहरु उठ्ने गरेको बताए । सुशासनका प्रश्नमा हामी कहिँ न कहिँ चुक्दै आएको हुनाले राष्ट्र बैंक तथा अर्थमन्त्रालय दुई निकाय र मौद्रिक नीति तथा वित्त नीति एकअर्कामा सन्तुलन कायम गरेर जानुपर्ने उनको तर्क छ ।

‘गभर्नरले पनि वित्त नीति र मौद्रिक नीति एक अर्कोलाई रोक्ने भन्दा पनि सन्तुलन मिलाएर जानुपर्छ भन्ने कुरा गर्नु भएको छ । यसले पनि आगामी दिनमा हाम्रो मौद्रिक तथा वित्त नीतिमा सन्तुलन नहोस् भनेर चाहनेहरु पछाडि छोडिने निश्चित छ । मुलुकको अर्थतन्त्रको स्थिती समस्यामा छ, अर्थतन्त्र दवाबमा छ, अर्थतन्त्र अप्ठ्यारोमा छ भन्ने टिप्पणीहरु भइ नै रहेका छन,‘ उनले भने ।

साथै उनले मौद्रिक सुशासनका विषयमा कसरी काम गर्नुपर्छ भन्ने विषयमा छलफल हुनुपर्ने बताए । मौद्रिक नीति र वित्त नीति, नेपाल राष्ट्र बैंक तथा अर्थमन्त्रालय र गभर्नर तथा अर्थमन्त्रीको सम्बन्धका विषयमा धेरै प्रश्न उठ्ने गरेको भएपनि त्यसलाई सन्तुलन गरेर लैजाने उनले बताए ।

यसैगरी नेपाल राष्ट्र बैंकका निवर्तमान गभर्नर महाप्रसाद अधिकारीले वित्त नीति र मौद्रिक नीतिबीच बारम्बार प्रश्न उठ्ने गरेको बताए । उनले वित्त नीति र मौद्रिक नीतिबीच दातम्यता र समन्वय गरेर स्पष्ट गर्नुपर्ने बताए ।

उनले भने,‘यी दुई नीतिबीच कहाँ समन्वय भएन ? हुन चाहिँ अर्थ मन्त्रालयको नीतिलाई राष्ट्र बैकले कार्यान्वयन गरेर भनेर मिडियाले लेख्नुपर्ने छ । वित्त नीति र मौद्रिक नीतिबीच बारम्बार प्रश्न उठ्ने गरेको छ, वित्त नीति र मौद्रिक नीतिबीच दातम्यता र समन्वय गरेर स्पष्ट गर्नुपर्ने आवश्कता छ ।’

सामान्य प्रशासनमन्त्री गुप्ताको सफलता : संविधानपछिको महत्वपूर्ण विधेयक प्रतिनिधि सभामा पेस

सामान्य प्रशासनमन्त्री गुप्ताको सफलता : संविधानपछिको महत्वपूर्ण...

वि.सं.२०८२ असार ३ मंगलवार २३:१५

  काठमाडौं । संविधानपछि सबैभन्दा महत्त्वपूर्ण मानिएको 'सङ्घीय निजामती सेवाको...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को स्टल बाँडफाँड सम्पन्न, कुन कुन ब्राण्ड सहभागि हुँदैछन ?

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को स्टल...

वि.सं.२०८२ असार ३ मंगलवार ०९:२०

  काठमाडौं । नाइमा नेपाल मोलिटि एक्स्पो २०२५ आगामी साउन...

कर्मचारीतन्त्रले नागरिकको मन जित्न सकेमात्र लोकतन्त्र दरिलो हुन्छ : राष्ट्रपति

कर्मचारीतन्त्रले नागरिकको मन जित्न सकेमात्र लोकतन्त्र दरिलो...

वि.सं.२०८२ असार १ आइतवार १६:२३

  काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सहज, सरल र प्रभावकारी...

राज्यको कार्य सफलता कर्मचारीतन्त्रमा निर्भर छ : प्रधानमन्त्री ओली

राज्यको कार्य सफलता कर्मचारीतन्त्रमा निर्भर छ :...

वि.सं.२०८२ असार १ आइतवार १६:१७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको कार्य सफलता कर्मचारीतन्त्रमा...

बजारबाट आज ४० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक

बजारबाट आज ४० अर्ब रुपैयाँ झिक्दै राष्ट्र...

वि.सं.२०८२ असार १ आइतवार १६:१५

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बजारबाट ४० अर्ब रुपैयाँ...

हेवा खोलाको पुल भाँचिएको घटनाबार छानविन गर्न समिति गठन

हेवा खोलाको पुल भाँचिएको घटनाबार छानविन गर्न...

वि.सं.२०८२ असार १ आइतवार १४:५९

  काठमाडौं । मेची राजमार्गको फिदिम–ताप्लेजुङ् सडक खण्डमा पर्ने फिदिम–४...