Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

महालक्ष्मी विकास बैंकको ३१ औं वार्षिकोत्सवको अवसरमा कर्मचारीहरुलाई सम्मान 

 

काठमाडौँ । महालक्ष्मी विकास बैंकले आफ्नो ३१ औं वार्षिकोत्सवको अवसरमा २० वर्षभन्दा बढी सेवा प्रदान गरेका कर्मचारीहरुलाई एक विशेष कार्यक्रमकाबीच सम्मान गरेको छ।

काठमाडौंमा आयोजित उक्त सम्मान कार्यक्रममा इमान्दारी, समर्पण, निष्ठा र व्यवसायिकताको साथ निरन्तर २० वर्ष सेवा गरेका ३६ जना कर्मचारीलाई बैंकका अध्यक्ष, सञ्चालक समिति सदस्य तथा प्रमुख कार्यकारी अधिकृतले सम्मान गरेका हुन्। सम्मानित कर्मचारीहरू विभिन्न शाखा तथा केन्द्रीय कार्यालयमा कार्यरत छन्।

कार्यक्रममा सञ्चालक समिति सदस्य, उच्च पदस्थ अधिकारी, विभागीय तथा प्रदेश प्रमुख, काठमाडौं उपत्यकाका शाखा प्रबन्धकसहित ठूलो संख्यामा कर्मचारीहरूको उपस्थिति थियो। बैंकले दीर्घसेवी कर्मचारीहरूको योगदानले संस्थाको स्थायित्व, सेवा गुणस्तर र ग्राहक विश्वासमा उल्लेखनीय सुधार ल्याएको विश्वास लिएको जनाएको छ।

वार्षिकोत्सवकै अवसरमा महालक्ष्मी टोस्टमास्टर क्लबको औपचारिक सुरुवात समेत गरिएको छ। टोस्टमास्टर इन्टरनेशनलबाट मान्यता प्राप्त यस क्लबमार्फत कर्मचारीमा नेतृत्व विकास, सार्वजनिक वक्तृत्व, आत्मविश्वास र संचार क्षमताको अभिवृद्धि गरिनेछ। विकास बैंकहरूमा टोस्टमास्टर क्लब स्थापना गर्नेमा महालक्ष्मी विकास बैंक पहिलो बनेको हो।

बैंकले वार्षिकोत्सव मनाउन तय गरेका सम्पूर्ण कार्यक्रमहरू जेष्ठ महिनाभर सफलतापूर्वक सम्पन्न भएको जनाएको छ। साथै, आगामी दिनमा ग्राहकलाई थप प्रविधिमैत्री, सुरक्षित र सहज सेवा प्रदान गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।

३४.४६ अंकले बढयो नेप्से, कारोबार रकम पनि वृद्धि

३४.४६ अंकले बढयो नेप्से, कारोबार रकम पनि...

वि.सं.२०८२ असार ३१ मंगलवार २३:१६

  काठमाडौं । साताको तेस्रो कारोबार दिन नेप्से परिसुचक ३४.४६...

शशिला मोटर्सले ड्राइभर टोलमा निर्माण गर्यो चार्जिङ स्टेशन

शशिला मोटर्सले ड्राइभर टोलमा निर्माण गर्यो चार्जिङ...

वि.सं.२०८२ असार ३१ मंगलवार २३:०८

काठमाडौं । नेपालको विद्युतीय सवारी साधन (इभी) क्षेत्रलाई थप मजबुत...

ओझा निलम्बनमा परेपछि पोखरेलले लिए अध्यक्षको सपथ

ओझा निलम्बनमा परेपछि पोखरेलले लिए अध्यक्षको सपथ

वि.सं.२०८२ असार ३१ मंगलवार २२:४९

काठमाडौं । अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेलले नेपाल बीमा प्राधिकरणको...

फुडमाण्डुको लाइफ अझै बेटरु बनाउने प्रतिबद्धता

फुडमाण्डुको लाइफ अझै बेटरु बनाउने प्रतिबद्धता

वि.सं.२०८२ असार ३१ मंगलवार १६:४५

काठमाडौं । नेपालको पहिलो खाना डेलिभरी कम्पनी फुडमाण्डुले सन् २०१०...

भेटायो को नयाँ अफर – सोफा सफाइ सेवा अब मात्र ६ सय प्रति सिटरमा !

भेटायो को नयाँ अफर – सोफा सफाइ...

वि.सं.२०८२ असार ३१ मंगलवार १६:३९

काठमाडौं। घरको सौन्दर्य र स्वास्थ्य दुवैलाई ध्यानमा राख्दै, भेटायोले प्रति...

होपफुल हराईजन नेपाल र प्रभु बैंकबीच विशेष छुट सम्झौता

होपफुल हराईजन नेपाल र प्रभु बैंकबीच विशेष...

वि.सं.२०८२ असार ३१ मंगलवार १६:२८

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई झम्सिखेल, पुल्चोक,...