NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

महालक्ष्मी विकास बैंकको ३१ औं वार्षिकोत्सवको अवसरमा कर्मचारीहरुलाई सम्मान 

NIMB
leapmotornepal (citroen)

 

काठमाडौँ । महालक्ष्मी विकास बैंकले आफ्नो ३१ औं वार्षिकोत्सवको अवसरमा २० वर्षभन्दा बढी सेवा प्रदान गरेका कर्मचारीहरुलाई एक विशेष कार्यक्रमकाबीच सम्मान गरेको छ।

काठमाडौंमा आयोजित उक्त सम्मान कार्यक्रममा इमान्दारी, समर्पण, निष्ठा र व्यवसायिकताको साथ निरन्तर २० वर्ष सेवा गरेका ३६ जना कर्मचारीलाई बैंकका अध्यक्ष, सञ्चालक समिति सदस्य तथा प्रमुख कार्यकारी अधिकृतले सम्मान गरेका हुन्। सम्मानित कर्मचारीहरू विभिन्न शाखा तथा केन्द्रीय कार्यालयमा कार्यरत छन्।

कार्यक्रममा सञ्चालक समिति सदस्य, उच्च पदस्थ अधिकारी, विभागीय तथा प्रदेश प्रमुख, काठमाडौं उपत्यकाका शाखा प्रबन्धकसहित ठूलो संख्यामा कर्मचारीहरूको उपस्थिति थियो। बैंकले दीर्घसेवी कर्मचारीहरूको योगदानले संस्थाको स्थायित्व, सेवा गुणस्तर र ग्राहक विश्वासमा उल्लेखनीय सुधार ल्याएको विश्वास लिएको जनाएको छ।

वार्षिकोत्सवकै अवसरमा महालक्ष्मी टोस्टमास्टर क्लबको औपचारिक सुरुवात समेत गरिएको छ। टोस्टमास्टर इन्टरनेशनलबाट मान्यता प्राप्त यस क्लबमार्फत कर्मचारीमा नेतृत्व विकास, सार्वजनिक वक्तृत्व, आत्मविश्वास र संचार क्षमताको अभिवृद्धि गरिनेछ। विकास बैंकहरूमा टोस्टमास्टर क्लब स्थापना गर्नेमा महालक्ष्मी विकास बैंक पहिलो बनेको हो।

बैंकले वार्षिकोत्सव मनाउन तय गरेका सम्पूर्ण कार्यक्रमहरू जेष्ठ महिनाभर सफलतापूर्वक सम्पन्न भएको जनाएको छ। साथै, आगामी दिनमा ग्राहकलाई थप प्रविधिमैत्री, सुरक्षित र सहज सेवा प्रदान गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।

होटल व्यवसायीलाई शंकाको घेरामा नराख्न महासंघको माग

होटल व्यवसायीलाई शंकाको घेरामा नराख्न महासंघको माग

वि.सं.२०८३ भदौ ५ शुक्रवार ०७:२८

  काठमाडौं । होटल तथा आतिथ्य व्यवसायलाई शंकाको दृष्टिले नभई...

डा.सरिशा श्रेष्ठ बेनेभिस आइसक्रिमको ब्रान्ड एम्बेसडर नियुक्त

डा.सरिशा श्रेष्ठ बेनेभिस आइसक्रिमको ब्रान्ड एम्बेसडर नियुक्त

वि.सं.२०८३ भदौ ५ शुक्रवार ०७:१६

  काठमाडौं । प्रिमियम आइसक्रिम ब्रान्ड बेनेभिस आइसक्रिमले मिस नेपाल...

एनआईएमबी बैंक प्रकरणमा सिबिफिनको प्रश्न : बैंकिङ निर्णय र आपराधिक कसूरबीच स्पष्ट भिन्नता हुनुपर्छ

एनआईएमबी बैंक प्रकरणमा सिबिफिनको प्रश्न : बैंकिङ...

वि.सं.२०८३ भदौ ४ बिहीवार २२:५१

काठमाडौं । नेपाल ईन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)ले गरेको धितो लिलाम...

हरित उद्यमको वित्तीय पहुँच विस्तार गर्न कुमारी बैंक र हेल्भेटास नेपालबीच सहकार्य

हरित उद्यमको वित्तीय पहुँच विस्तार गर्न कुमारी...

वि.सं.२०८३ भदौ ४ बिहीवार २२:४१

  काठमाडौं । हरित उद्यम तथा जलवायु–उत्थानशील व्यवसायको वित्तीय पहुँच...

एनएमबि बैंकको डिजिटल फड्को, अनलाइनबाटै कर्जा आवेदन र रियल–टाइम ट्र्याकिङ

एनएमबि बैंकको डिजिटल फड्को, अनलाइनबाटै कर्जा आवेदन...

वि.सं.२०८३ भदौ ४ बिहीवार २२:३३

  काठमाडौं । एनएमबि बैंकले डिजिटल बैंकिङ सेवालाई थप प्रभावकारी...

प्रोटोन इ.मास ५ को नयाँ टिभिसि ‘रिडिफाइन योर एभ्रिडे’ सार्वजनिक

प्रोटोन इ.मास ५ को नयाँ टिभिसि ‘रिडिफाइन...

वि.सं.२०८३ भदौ ४ बिहीवार २२:१५

  काठमाडौँ, नेपाल । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स...