CG Electronics
IME Life
NIMB

इस्कोनको आयोजनामा ४०औँ रथयात्रा; राष्ट्रपतिको सहभागिता रहने

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) द्वारा यहि २०७८ असार १३ गते, शुक्रबार राजधानी काठमाडौंमा ४०औँ श्री जगन्नाथ रथयात्रा महामहोत्सव भव्य रूपमा आयोजना गरिने भएको छ। यस ऐतिहासिक अवसरमा सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलको प्रमुख आतिथ्य रहने आयोजक संस्थाले जानकारी दिएको छ।

कार्यक्रमको शुभारम्भ बिहान १० बजे नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीबाट हुने रथयात्रा घण्टाघर–दरबारमार्ग–पुतलीसडक–प्रदर्शनीमार्ग–भद्रकाली–एनएसी–न्युरोड–बसन्तपुर हुँदै टुडिखेलमा समापन हुने जनाइएको छ। रथयात्रामा श्री जगन्नाथ, बलराम र सुभद्राजीलाई भव्य रथमा विराजमान गराई नगर परिक्रमा गराइनेछ।

राष्ट्रपतिले कार्यक्रम स्थलमा भगवानको दर्शन गरी विशेष पूजामा सहभागी हुनुका साथै इस्कोनका संस्थापक आचार्य श्री श्रीमद् ए.सी. भक्तिवेदान्त स्वामी प्रभुपादलाई माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गर्नेछन् । साथै, परम्पराअनुसार राष्ट्रपतिद्वारा रथयात्रा मार्गमा सुनौलो झाडुले मार्जन गरी वैष्णव संस्कारलाई निरन्तरता दिइनेछ।

रथयात्रामा हजारौँ भक्तजनहरुले मृदङ्ग, करताल र अन्य बाजाहरुको तालमा हरिनाम संकीर्तन, नाचगान र भजन प्रस्तुत गर्नेछन्। यस अवसरमा विशेष पूजापाठ, आरती, वैदिक मन्त्र उच्चारण, फूल र धूपको सुवासले सम्पूर्ण वातावरण पवित्र बनाइनेछ।

आयोजकका अनुसार रथयात्रा केवल धार्मिक परम्परा मात्र नभई समाजमा प्रेम, करुणा, सेवा र आध्यात्मिक ज्ञान फैलाउने महान अवसर हो। कार्यक्रममा महाप्रसाद वितरण, बालबालिका, युवा र वृद्ध लक्षित आध्यात्मिक प्रवचन, भजन, नृत्य तथा सांस्कृतिक कार्यक्रमहरू पनि आयोजना गरिनेछ।

नेपालमा राजाका प्रमुख आतिथ्यमा परापूर्वकालदेखि मनाइँदै आएको यो श्री जगन्नाथ रथयात्रा परम्परा राष्ट्रपतिको उपस्थितिमा निरन्तरता पाउँदै आएको छ। इस्कोनले यस वर्षको रथयात्रालाई अझ भव्य, सुसंगठित र जनसहभागितायुक्त बनाउनका लागि सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ।

Himalayan Literature Festival & Writers’ Workshop 2026 in collaboration with Ncell Foundation set to bring global literary voices to Kathmandu, Nepal

Himalayan Literature Festival & Writers’ Workshop 2026...

वि.सं.२०८३ जेठ १० आइतवार २३:३६

Kathmandu–The organisers of the Himalayan Literature Festival & Writers’ Workshop...

अर्थतन्त्रमा ‘स्वर्णिम’ संकेत : तर अझै किन फर्किएन बजारको आत्मविश्वास ?

अर्थतन्त्रमा ‘स्वर्णिम’ संकेत : तर अझै किन...

वि.सं.२०८३ जेठ ९ शनिवार २३:२१

काठमाडौं । डा.स्वर्णिम वाग्लेले २०८२ चैत १३ गते अर्थमन्त्रीको सपथ...

सानिमा जिआईसी इन्स्योरेन्सको आठौं वार्षिक साधारणसभा सम्पन्न

सानिमा जिआईसी इन्स्योरेन्सको आठौं वार्षिक साधारणसभा सम्पन्न

वि.सं.२०८३ जेठ ७ बिहीवार ११:१९

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको आठौं वार्षिक साधारणसभा सम्पन्न...

सासा ट्राभल्सले पहिलो वार्षिकोत्सव भव्य रूपमा मनायो

सासा ट्राभल्सले पहिलो वार्षिकोत्सव भव्य रूपमा मनायो

वि.सं.२०८३ जेठ ५ मंगलवार ०९:२३

  काठमाडौं । युवा उद्यमी सोनी राणा नेतृत्वको सासा ट्राभल्स...

आर्थिक रूपान्तरणमुखी बजेट ल्याउन महासंघको सुझाव, संरचनागत सुधार गर्ने अर्थमन्त्रीको प्रतिबद्धता

आर्थिक रूपान्तरणमुखी बजेट ल्याउन महासंघको सुझाव, संरचनागत...

वि.सं.२०८३ जेठ ३ आइतवार २०:१८

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक रुपान्तरण हुने गरि आव...

प्राइम टायल्सको नयाँ शोरूम अब वालिङ्घ, स्याङ्घजामा

प्राइम टायल्सको नयाँ शोरूम अब वालिङ्घ, स्याङ्घजामा

वि.सं.२०८३ जेठ २ शनिवार १८:४२

  काठमाडौं । नेपालको अग्रणी टायल्स उत्पादक प्राइम सिरेमिक्स प्रा.लि.(PCPL)ले...