CG Electronics
IME Life
NIMB

अब मोबाइल एपबाटै सिटिजन्स बैंकमा कर्जा लिन सकिने

NIMB
Himalayan Bank

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ग्राहकहरुको सेवालाई थप सहज, सरल र आधुनिक बनाउने उद्देश्यले मुद्दती निक्षेप धितोमा अनलाइन कर्जा सुविधा सुरु गरेको छ। यस सेवामार्फत ग्राहकहरुले अब मोबाइल एप प्रयोग गरेर नै आफ्नो मुद्दती खाताको आधारमा तुरुन्तै कर्जा लिन सक्ने भएका छन्।

बैंकले जानकारी दिएको अनुसार ग्राहकले आफ्नो मुद्दती निक्षेपको ९० प्रतिशतसम्म रकममा आधारित भएर ५ हजारदेखि अधिकतम २ लाखसम्मको कर्जा लिन सक्नेछन्। प्राप्त कर्जा रकम तत्काल बचत खातामा जम्मा गरिनेछ र यो सेवाका लागि कुनै पनि भौतिक कागजातको आवश्यकता नपर्ने बैंकले जनाएको छ।

बैंकले डिजिटल प्रविधिको अधिकतम उपयोग गर्दै सेवा प्रवाहलाई छिटो, प्रभावकारी र सहज बनाउन यो नयाँ सेवा सुरु गरेको हो। बैंकले यसअघि पनि ग्राहकका लागि विभिन्न डिजिटल सेवाहरू उपलब्ध गराउँदै आएको छ।

केही समयअघि मात्र बैंकले नेपालमै पहिलो पटक सिटिजन्स फोनपे क्रेडिट कार्ड (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको थियो। साथै, मोबाइल एपमार्फत शेयर आवेदन, ऋण चुक्ता नम्बर सेवा र क्रस बैंक टेलर सुविधा जस्ता सेवा पनि प्रारम्भ गरेको छ।

विश्वको प्रतिष्ठित अवार्ड ‘बैंक अफ द ईयर २०२४’ प्राप्त गर्न सफल यस बैंकले हालसम्म ६१ जिल्लामा फैलिएका २०० शाखा, १६८ एटिएम, ३ विस्तारित काउन्टर र ७४ शाखारहित बैंकिङ इकाइ मार्फत १९ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ।

 

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा...

वि.सं.२०८३ साउन ११ सोमवार ०८:०३

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र स्पेनिश चेम्बर...

इनड्राइभको ‘क्रिएटर्स भेटघाट’: ६ उत्कृष्ट कन्टेन्ट आइडियालाई आर्थिक सहयोग गर्ने घोषणा

इनड्राइभको ‘क्रिएटर्स भेटघाट’: ६ उत्कृष्ट कन्टेन्ट आइडियालाई...

वि.सं.२०८३ साउन ११ सोमवार ०८:००

  काठमाडौं, नेपाल । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले...

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको एक वर्षमा रु. ५ अर्ब ४२ करोड बीमा शुल्क संकलन, रु. ४ अर्ब ९६ करोड दाबी भुक्तानी

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको एक वर्षमा रु. ५...

वि.सं.२०८३ साउन ११ सोमवार ०७:५४

  काठमाडौं। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३...

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...

इन्डियन चेम्बर अफ कमर्सको ‘राइजिङ स्टार–ग्रोथ’ अवार्डबाट सम्मानित महालक्ष्मी विकास बैंक

इन्डियन चेम्बर अफ कमर्सको ‘राइजिङ स्टार–ग्रोथ’ अवार्डबाट...

वि.सं.२०८३ साउन १० आइतवार २२:२६

  काठमाडौं । महालक्ष्मी विकास बैंकले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित सम्मान...

दक्षिण एसियाका अग्रणी इन्टरनेट अभियन्ता सम्मानित

दक्षिण एसियाका अग्रणी इन्टरनेट अभियन्ता सम्मानित

वि.सं.२०८३ साउन १० आइतवार २२:२३

  काठमाडौं । दक्षिण एसियाली नेटवर्क अपरेटर्स ग्रुप (सानोग)को ४४औं...