Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

एमाले वामपन्थी आन्दोलनको एउटा असाधारण शक्ति हो : ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एमाले)को जनताको बहुदलीय जनवादको तीन दशक जननेता मदन भण्डारीको अभावका दशक रहेको बताएका छन् ।

जननेता मदन भण्डारीको ७४औं जन्मजयन्ती समारोहलाई सम्बोधन गर्दै उनले मदन भण्डारीको अभावका कारण जबजको समय अत्यन्तै चुनौतिपूर्ण रहेको बताएका हुन् ।

उनले भने, ‘जबजको विचार तीन दशकभन्दा बढी लामो अवधीदेखि चर्चामा छ । ०४६ सालको चौथो महाधिवेशनदेखि जबजको गणना गर्नुपर्छ । त्यसयताका तीन दशकका समय जननेता मदन भण्डारीको अभावका दशकका रुपमा वित्यो । उहाँको निधनपछि ०५० साल पछिको समय अत्यन्तै चुनौतिको दशक रहयो ।’

उनले सोभियत संघ ढलेपछिको अवस्थामा वामपन्थी शक्तिहरुको परिस्थिती सजिलो नभएको भन्दै उनले नेकपा (एमाले) लाई झुसे बारुलोको रुपमा लिएको बताए ।

‘नेकपा एमालेलाई झुसे बारुलो ठान्थे मान्छेहरु । तर एमालेलाई झुसे बारुलो थिएन । कहिलेकाहीं चिल जस्तो ठुलो पंक्षीलाई सानो चिभे चराले लखेटेर हैरान बनाउँछ, त्यसैले एमालेलाई कमजोर ठान्न मिल्दैन् । यहाँ आकार मात्र हेरेर हँुदैन,’ प्रधानमन्त्री ओलीले थप भने, ‘त्यो सँग विचारको दम छ कि छैन, त्यसको उद्देश्यसहित प्रतिवद्धता कस्तो छ ? त्यसको विचार अनुसारको दम छ कि छैन भन्ने हेर्नुपर्छ ।

त्यसकारण नेकपा (एमाले) देख्दाको आकार मात्र होइन दुनियाको वामपन्थी आन्दोलनमा एउटा असाधारण शक्ति हो । एमाले आफैमा एउटा शक्ति हो ।’ उनले केही मानिसहरु पार्टी सिध्याउन तिर लागेको भन्दै एमाले कमजोर नरहेको बताए ।

बालश्रम न्युनीकरणका लागि कानून बनाएर मात्र हुँदैन : मन्त्री भण्डारी

बालश्रम न्युनीकरणका लागि कानून बनाएर मात्र हुँदैन...

वि.सं.२०८२ असार ३१ मंगलवार २३:३४

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक विकासमन्त्री शरदसिंह भण्डारीले बालश्रम...

सुदूरपश्चिम विश्वविद्यालयको सिनेट : एक अर्ब ५४ करोड बजेट स्वीकृत

सुदूरपश्चिम विश्वविद्यालयको सिनेट : एक अर्ब ५४...

वि.सं.२०८२ असार ३१ मंगलवार २३:२१

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको १३ औँ सभाको साधारण बैठकले आगामी...

नेपालमा ढुक्कसँग लगानी गर्ने सहज वातावरण बनाउनुपर्छ : सभापति देउवा

नेपालमा ढुक्कसँग लगानी गर्ने सहज वातावरण बनाउनुपर्छ...

वि.सं.२०८२ असार ३१ मंगलवार २३:१२

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी...

फुडमाण्डुको लाइफ अझै बेटरु बनाउने प्रतिबद्धता

फुडमाण्डुको लाइफ अझै बेटरु बनाउने प्रतिबद्धता

वि.सं.२०८२ असार ३१ मंगलवार १६:४५

काठमाडौं । नेपालको पहिलो खाना डेलिभरी कम्पनी फुडमाण्डुले सन् २०१०...

भेटायो को नयाँ अफर – सोफा सफाइ सेवा अब मात्र ६ सय प्रति सिटरमा !

भेटायो को नयाँ अफर – सोफा सफाइ...

वि.सं.२०८२ असार ३१ मंगलवार १६:३९

काठमाडौं। घरको सौन्दर्य र स्वास्थ्य दुवैलाई ध्यानमा राख्दै, भेटायोले प्रति...

होपफुल हराईजन नेपाल र प्रभु बैंकबीच विशेष छुट सम्झौता

होपफुल हराईजन नेपाल र प्रभु बैंकबीच विशेष...

वि.सं.२०८२ असार ३१ मंगलवार १६:२८

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई झम्सिखेल, पुल्चोक,...