CG Electronics
IME Life
NIMB

एमाले वामपन्थी आन्दोलनको एउटा असाधारण शक्ति हो : ओली

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एमाले)को जनताको बहुदलीय जनवादको तीन दशक जननेता मदन भण्डारीको अभावका दशक रहेको बताएका छन् ।

जननेता मदन भण्डारीको ७४औं जन्मजयन्ती समारोहलाई सम्बोधन गर्दै उनले मदन भण्डारीको अभावका कारण जबजको समय अत्यन्तै चुनौतिपूर्ण रहेको बताएका हुन् ।

उनले भने, ‘जबजको विचार तीन दशकभन्दा बढी लामो अवधीदेखि चर्चामा छ । ०४६ सालको चौथो महाधिवेशनदेखि जबजको गणना गर्नुपर्छ । त्यसयताका तीन दशकका समय जननेता मदन भण्डारीको अभावका दशकका रुपमा वित्यो । उहाँको निधनपछि ०५० साल पछिको समय अत्यन्तै चुनौतिको दशक रहयो ।’

उनले सोभियत संघ ढलेपछिको अवस्थामा वामपन्थी शक्तिहरुको परिस्थिती सजिलो नभएको भन्दै उनले नेकपा (एमाले) लाई झुसे बारुलोको रुपमा लिएको बताए ।

‘नेकपा एमालेलाई झुसे बारुलो ठान्थे मान्छेहरु । तर एमालेलाई झुसे बारुलो थिएन । कहिलेकाहीं चिल जस्तो ठुलो पंक्षीलाई सानो चिभे चराले लखेटेर हैरान बनाउँछ, त्यसैले एमालेलाई कमजोर ठान्न मिल्दैन् । यहाँ आकार मात्र हेरेर हँुदैन,’ प्रधानमन्त्री ओलीले थप भने, ‘त्यो सँग विचारको दम छ कि छैन, त्यसको उद्देश्यसहित प्रतिवद्धता कस्तो छ ? त्यसको विचार अनुसारको दम छ कि छैन भन्ने हेर्नुपर्छ ।

त्यसकारण नेकपा (एमाले) देख्दाको आकार मात्र होइन दुनियाको वामपन्थी आन्दोलनमा एउटा असाधारण शक्ति हो । एमाले आफैमा एउटा शक्ति हो ।’ उनले केही मानिसहरु पार्टी सिध्याउन तिर लागेको भन्दै एमाले कमजोर नरहेको बताए ।

बजेटले बजार चलायमान बनाउने अपेक्षा : अध्यक्ष अञ्जन श्रेष्ठ

बजेटले बजार चलायमान बनाउने अपेक्षा : अध्यक्ष...

वि.सं.२०८३ जेठ १६ शनिवार १५:५०

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अध्यक्ष अञ्जन...

बजेटको ब्रान्डिङ राम्रो भए पनि स्रोत व्यवस्थापनमा कमजोरी : पूर्व अर्थमन्त्री पुन

बजेटको ब्रान्डिङ राम्रो भए पनि स्रोत व्यवस्थापनमा...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:४०

काठमाडौं । पूर्व अर्थमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान...

बजेट गरिबका लागि होइन, निजी क्षेत्र सिध्याउनका लागि आयो : दुर्गा प्रसाईं

बजेट गरिबका लागि होइन, निजी क्षेत्र सिध्याउनका...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:३३

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले शनिबार पत्रकार सम्मेलन गर्दै...

अध्यक्ष दाहालको बजेटप्रति धारणाः कृषि–पशुपालन क्षेत्रमा सकारात्मक संकेत, तर कार्यान्वयन प्रमुख चुनौती

अध्यक्ष दाहालको बजेटप्रति धारणाः कृषि–पशुपालन क्षेत्रमा सकारात्मक...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:३०

  काठमाडौं । नेपाल डेरी एसोसिएसनका अध्यक्ष तथा कृषि अभियन्ता...

उत्तम भ्लोनको बजेटप्रति प्रतिक्रियाःऊर्जा क्षेत्रका केही प्रावधान सकारात्मक, तर पीपीए र घरेलु खपतमा अस्पष्टता

उत्तम भ्लोनको बजेटप्रति प्रतिक्रियाःऊर्जा क्षेत्रका केही प्रावधान...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:२६

  काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को आगामी...

विद्युतमा ५ प्रतिशत भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

विद्युतमा ५ प्रतिशत भ्याट लगाउने निर्णय फिर्ता...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:२१

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले आगामी...