CG Electronics
IME Life
NIMB

बुढानीलकण्ठ नगरपालिका–८ मा “पाकिस्तान-नेपाल बाल उद्यान” को उद्घाटन

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । पाकिस्तान राजदूतावासले आज बुढानीलकण्ठ नगरपालिका–८ मा निर्माण सम्पन्न “पाकिस्तान–नेपाल बाल उद्यान” को उद्घाटन समारोहको आयोजना गर्‍यो। नेपालका लागि पाकिस्तानका राजदूत महामहिम अबरार एच. हाशमी प्रमुख अतिथिका रूपमा उपस्थित हुनु भएको थियो।

समारोहमा बुढानीलकण्ठ नगरपालिकाका नगरप्रमुख श्री मिथाराम अधिकारी, नगरपालिकाका क्रिएटिभ सदस्य श्री विनोद थापा, लायन्स इन्टरनेशनलका निर्वाचित गभर्नर श्री हिरा प्रसाद गुप्ता, एचआरएस एड्भेन्चर्सका अध्यक्ष श्री राम प्रसाद उपाध्याय, र फ्रन्टियर ग्लोबल फाउन्डेशन एसियाका महासचिव तथा सामाजिक अभियन्ता श्री शिरोमणि शर्मा सहभागी हुनु भयो। साथै, स्थानिय समुदाय, नागरिक समाज, सञ्चारकर्मीहरू र पाकिस्तान राजदूतावासका पदाधिकारीहरू पनि उपस्थित थिए।

समारोहमा राजदूत हाशमीले बाल उद्यान निर्माणमा बुढानीलकण्ठ नगरपालिकासँगको सहकार्यप्रति प्रशंसा व्यक्त गर्नु भयो र खेलकुद सामग्री, झूला, साथै नयाँ वाकिङ ट्रयाकसहित बाल उद्यानको स्तरवृद्धिका लागि राजदूतावासको टिमलाई धन्यवाद दिनु भयो। उहाँले उक्त पार्कलाई गुलफटार समुदायका बालबालिकाहरूलाई “पाकिस्तानका बालबालिका तथा जनताको तर्फबाट उपहार” को रूपमा समर्पण गर्नु भयो।

नगरप्रमुख र अन्य विशेष अतिथिहरूले बाल उद्यान निर्माणको लागि पाकिस्तान सरकार र जनताप्रति आभार व्यक्त गरे। उनीहरूले यो पार्क नेपाल–पाकिस्तानबीचको दीगो मित्रता र सहकार्यको प्रतीक बन्ने विश्वास व्यक्त गरे।

स्थानीय बासिन्दा र नागरिक समाजका प्रतिनिधिहरूले पार्कको नवीकरण तथा नयाँ उपकरणहरूको स्थापना प्रति राजदूतावास र नगरपालिकालाई धन्यवाद दिए। बालबालिकादेखि वृद्धसम्म सबै उमेर समूहका लागि यो पार्क रमाइलो, सुरक्षित र स्वागत योग्य स्थान भएकोमा उनीहरूले खुशी व्यक्त गरे।

यो पछिल्लो तीन वर्षमा पाकिस्तान राजदूतावासद्वारा काठमाडौं र बुढानीलकण्ठ नगरपालिकासँग सहकार्यमा सम्पन्न गरिएको तेस्रो बाल उद्यान हो। यी पार्कहरू परिवार, बालबालिका र वृद्धहरूका लागि सामाजिक मेलमिलाप र सक्रियताको केन्द्र बन्ने विश्वास लिइएको छ।

पाकिस्तान–नेपाल सम्बन्ध जनकेंद्रीत छन्, जुन सांस्कृतिक समानता, साझा मूल्यहरू, र नागरिक सहकार्यमा आधारित छन्। पाकिस्तान राजदूतावास युवाहरू, महिलाहरू, वातावरण संरक्षणकर्ता र स्थानीय निकायहरूसँग सहकार्य गर्दै दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने प्रतिबद्धतामा दृढ छ।

बजेटको ब्रान्डिङ राम्रो भए पनि स्रोत व्यवस्थापनमा कमजोरी : पूर्व अर्थमन्त्री पुन

बजेटको ब्रान्डिङ राम्रो भए पनि स्रोत व्यवस्थापनमा...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:४०

काठमाडौं । पूर्व अर्थमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान...

बजेट गरिबका लागि होइन, निजी क्षेत्र सिध्याउनका लागि आयो : दुर्गा प्रसाईं

बजेट गरिबका लागि होइन, निजी क्षेत्र सिध्याउनका...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:३३

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले शनिबार पत्रकार सम्मेलन गर्दै...

अध्यक्ष दाहालको बजेटप्रति धारणाः कृषि–पशुपालन क्षेत्रमा सकारात्मक संकेत, तर कार्यान्वयन प्रमुख चुनौती

अध्यक्ष दाहालको बजेटप्रति धारणाः कृषि–पशुपालन क्षेत्रमा सकारात्मक...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:३०

  काठमाडौं । नेपाल डेरी एसोसिएसनका अध्यक्ष तथा कृषि अभियन्ता...

उत्तम भ्लोनको बजेटप्रति प्रतिक्रियाःऊर्जा क्षेत्रका केही प्रावधान सकारात्मक, तर पीपीए र घरेलु खपतमा अस्पष्टता

उत्तम भ्लोनको बजेटप्रति प्रतिक्रियाःऊर्जा क्षेत्रका केही प्रावधान...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:२६

  काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को आगामी...

विद्युतमा ५ प्रतिशत भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

विद्युतमा ५ प्रतिशत भ्याट लगाउने निर्णय फिर्ता...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:२१

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले आगामी...

बजेटले कृषि क्षेत्रलाई निराश बनायो, पूर्वाधारमुखी कार्यक्रमले किसानलाई गलत दिशातर्फ धकेल्ने खतरा : दिपेश नेपाल

बजेटले कृषि क्षेत्रलाई निराश बनायो, पूर्वाधारमुखी कार्यक्रमले...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:१७

  काठमाडौं । युवा किसान तथा कृषि अभियन्ता दिपेश नेपालले...