CG Electronics
IME Life
NIMB

अब पठाओ झन् सस्तो, सेभर प्याक बिटा भर्सन सार्वजनिक, अफिस र क्याम्पस जानेलाई विशेष छुट

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौँ । राइड सेयरिङ र फूड डेलिभरी सेवाप्रदायक पठाओ नेपालले नियमित राइड र फूड अर्डर गर्ने ग्राहकलाई लक्षित गरी ‘पठाओ सेभर प्याक’ बिटा भर्सन सार्वजनिक गरेको छ । कम्पनीका अनुसार यो विशेष छुटसहितको योजना क्याम्पस र अफिस जाने यात्रुलाई लक्षित गरिएको छ ।

पठाओ सेभर प्याकअन्तर्गत तीन प्याकेज उपलब्ध हुनेछन् । स्टुडेन्ट प्याक, अफिस प्याक र सुपर सेभर प्याक ।

स्टुडेन्ट प्याकको मूल्य २९९ रुपैयाँ राखिएको छ । यो प्याकेज खरिद गर्ने विद्यार्थीले २६ वटा बाइक राइडसम्म प्रत्येकमा ४५ रुपैयाँ छुट पाउनेछन् । विद्यार्थीलाई सस्तो, भरपर्दो र नियमित यात्राको सजिलो समाधान दिने उद्देश्यले यो प्याकेज ल्याइएको कम्पनीले जनाएको छ । प्याक खरिद गर्न चाहने विद्यार्थीले विद्यार्थी परिचयपत्र अनिवार्य रुपमा देखाउनुपर्नेछ ।

अफिस प्याकको मूल्य ४९९ रुपैयाँ तोकिएको छ । यस प्याकमा ग्राहकले १८ वटा बाइक राइडसम्म प्रत्येकमा ४० रुपैयाँ छुट, तीन वटा कार–लाइट राइडसम्म प्रत्येकमा १२० रुपैयाँ छुट र तीन वटा कार–प्लस राइडसम्म प्रत्येकमा १५० रुपैयाँ छुट पाउनेछन् ।

कम्पनीले ल्याएको सुपर सेभर प्याकको मूल्य ९९९ रुपैयाँ निर्धारण गरिएको छ । यसअन्तर्गत १५ वटा बाइक राइडसम्म प्रत्येकमा ४० रुपैयाँ, पाँच वटा कार–लाइट राइडसम्म प्रत्येकमा १५०, पाँच वटा कार–प्लस राइडसम्म २०० रुपैयाँ छुट पाउनेछन् । साथै पाँच वटा फूड अर्डरमा १० प्रतिशत वा अधिकतम २०० सम्म छुट पाउनेछन् । नियमित राइड र फूड अर्डर गर्नेका लागि यो प्याक लक्षित गरिएको कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार, सेभर प्याकले ग्राहकको खर्च बचतमा सहयोग गर्नेछ । ग्राहकहरूले यी प्याकेजहरू पठाओको वेबसाइटमा उपलब्ध ब्लग सेक्सनमार्फत खरिद गर्न सक्नेछन् ।

हाल सेभर प्याक बिटा भर्सनमा सार्वजनिक गरिएको छ । कम्पनीले ग्राहकको प्रतिक्रिया तथा सुझावका आधारमा आगामी दिनमा थप सुधार र परिमार्जन गर्ने समेत उल्लेख गरेको छ ।

बजेटको ब्रान्डिङ राम्रो भए पनि स्रोत व्यवस्थापनमा कमजोरी : पूर्व अर्थमन्त्री पुन

बजेटको ब्रान्डिङ राम्रो भए पनि स्रोत व्यवस्थापनमा...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:४०

काठमाडौं । पूर्व अर्थमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान...

बजेट गरिबका लागि होइन, निजी क्षेत्र सिध्याउनका लागि आयो : दुर्गा प्रसाईं

बजेट गरिबका लागि होइन, निजी क्षेत्र सिध्याउनका...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:३३

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले शनिबार पत्रकार सम्मेलन गर्दै...

अध्यक्ष दाहालको बजेटप्रति धारणाः कृषि–पशुपालन क्षेत्रमा सकारात्मक संकेत, तर कार्यान्वयन प्रमुख चुनौती

अध्यक्ष दाहालको बजेटप्रति धारणाः कृषि–पशुपालन क्षेत्रमा सकारात्मक...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:३०

  काठमाडौं । नेपाल डेरी एसोसिएसनका अध्यक्ष तथा कृषि अभियन्ता...

उत्तम भ्लोनको बजेटप्रति प्रतिक्रियाःऊर्जा क्षेत्रका केही प्रावधान सकारात्मक, तर पीपीए र घरेलु खपतमा अस्पष्टता

उत्तम भ्लोनको बजेटप्रति प्रतिक्रियाःऊर्जा क्षेत्रका केही प्रावधान...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:२६

  काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को आगामी...

विद्युतमा ५ प्रतिशत भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

विद्युतमा ५ प्रतिशत भ्याट लगाउने निर्णय फिर्ता...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:२१

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले आगामी...

बजेटले कृषि क्षेत्रलाई निराश बनायो, पूर्वाधारमुखी कार्यक्रमले किसानलाई गलत दिशातर्फ धकेल्ने खतरा : दिपेश नेपाल

बजेटले कृषि क्षेत्रलाई निराश बनायो, पूर्वाधारमुखी कार्यक्रमले...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:१७

  काठमाडौं । युवा किसान तथा कृषि अभियन्ता दिपेश नेपालले...