CG Electronics
IME Life
NIMB

चितवनको मेघौलीमा हाइ-एन्ड पर्यटक लक्षित गर्दै ‘सिद्धार्थ वाइल्डलाइफ रिट्रिट’ सञ्चालनमा

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौँ । पछिल्लो समय वाइल्डलाइफ टुरिजममा हाइ-एन्ड पर्यटकलाई आकर्षित गर्न सफल चितवनको मेघौलीमा नेपाली हस्पिटालिटी चेनको अग्रणी सिद्धार्थ हस्पिटालिटीले लग्जरी वाइल्डलाइफ रिसोर्ट सञ्चालनमा ल्याएको छ ।

यसअघि साराङ वाइल्डलाइफ स्याङचुरीका नाममा सञ्चालनमा रहेको रिसोर्टलाई सिद्धार्थ ग्रुपले ‘सिद्धार्थ वाइल्डलाइफ रिट्रिट’का नाममा सञ्चालन गरेको सिद्धार्थ बिजनेस ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्ण न्यौपानेले जानकारी दिए ।

“वाइल्डलाइफ टुरिजमका लागि देशकै उत्कृष्ट गन्तव्य मेघौलीमा प्रकृतिमा रमाउँदै जलचर, वन्यजन्तु र चराचुरुङ्गी अवलोकन गर्न चाहनेका लागि नेपालकै उत्कृष्ट गन्तव्य हो”, न्यौपानेले भने, “यति सुन्दर गन्तव्य मेघौलीमा पर्यटकलाई उच्चस्तरीय वाइल्डलाइफ रिसोर्टको सेवा दिने उद्देश्यले सिद्धार्थ ग्रुप मेघौली आएको हो ।”

चितवनको भरतपुर विमानस्थलबाट करिब ३० किलोमिटर दक्षिण-पश्चिममा पर्ने मेघौलीसम्म पुग्नका लागि कालोपत्रे सडकको सुविधा छ ।

सिइओ न्यौपानेका अनुसार सिद्धार्थ वाइल्डलाइफ रिट्रिट १२ बिघै क्षेत्रको जंगलमा छ । रिसोर्टभित्रै छुट्टै आनन्दको संसार जस्तो महसुस हुने सुन्दर बगैंचासहित रिसोर्ट परिसरकै जंगलमा विभिन्न चराचुरुङ्गी र जनावरको अवलोकन गर्न सकिन्छ । रिसोर्ट परिसरबाट बग्ने खोलाले त्यहाँको प्राकृतिक सुन्दरतामा थप मिठास भरेको छ ।

यस रिसोर्टको अर्को आकर्षण उत्कृष्ट स्वीमिङ पुल पनि हो । पुलसँगै पुलसाइड बार सञ्चालनमा छ । स्वीमिङको थकान मेट्न पुलसँगै रहेको झुल्ने खटियामा ढल्केर सुस्ताउनुमा बेग्लै मज्जा हुन्छ ।

पाहुनाले रिसोर्टमा रहेका हात्तीलाई घाँस, दाना खुवाउने, हात्तीसँगै बगैँचा घुम्ने, हात्ती बाथ, हात्ती वाक, हात्तीलाई खुवाउदै आफू पनि ब्रेकफास्ट (Breakfast with elephant) गर्ने जस्ता रोमाञ्चक सुविधा लिन सक्छन । एउटा छावासहित रिसोर्टमा तीन वटा हात्ती पालिएका छन् ।

रिसोर्टमा स्थानीय रहनसहनअनुसार थारू शैलीका १७ भिल्ला बनाइएको छ, जसका २४ कोठामा ४८ जना पर्यटकले रात बिताउन सक्छन् । सबै भिल्लाहरु डिलक्स भएको बताउँदै सिइओ न्यौपानेले जड्गल रिसोर्टमा हुनुपर्ने न्यूनतमदेखि अधिकतम सेवा–सुविधा उपलब्ध गराएको जानकारी दिए ।

चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सिमानामा रहेको मध्यवर्ती जंगलसंगै जोडिएको रिसोर्टले जंगलभित्रको आवासको अनुभूति दिलाउँछ । आन्तरिक तथा बाह्य पाहुनाका लागि जंगल गतिविधि बाहेक विभिन्न प्याकेज उपलब्ध भएको न्यौपानेले बाताए ।

मेघौली विभिन्न प्रजातिको चराचुरुङ्गी अध्ययन तथा अवलोकन गर्नका लागि पनि उपयुक्त गन्तव्य हो । यहाँ साढे पाँच सयभन्दा बढी प्रजातिका चरा पाइन्छन् ।

थारु र कुमाल समुदायको बाहुल्य रहेको मेघौलीमा रापती नदीमा डुङ्गामा सयर गर्दै गोलाघाट पुगेर सूर्यास्तको मनमोहक दृश्यावलोकन समेत गर्न सकिन्छ । निकुञ्जको किनार हुँदै कलकल बग्ने रापती नदी अनि सोही नदीमा डुङ्गा सयर गर्दै विभिन्न प्रजातिका चरा र जंगली जनावर हेर्ने सुविधाले जोकोहीलाई पुलकित बनाउँछ । डुङ्गा सयरपछि पुगिने गोलाघाट (नारायणी र रापती खोलाको दोभान)बाट देखिने सूर्यास्तले मोहित न बनाउने कोही हुँदैन ।

पर्यटकहरु पूरा दिन वा आधा दिनको बुकिङ गरेर जँगल सफारीमा जान सक्छन् । आरामदायी हाइलक्स जिप र अनुभवी गाइडसँगै गरिने सफारीले जंगल सफारीको अनुभवलाई उत्कृष्ट बनाइदिन्छ ।

सिद्धार्थ हस्पिटालिटीअन्तर्गत हाल विभिन्न ब्राण्डमा मुलुकभर ३० भन्दा बढी आउटलेट सञ्चालनमा छन् । जसमा पाँच तारे स्तरको सिद्धार्थ भिलासा, चार तारे स्तरमा सिद्धार्थ वैभव, तीन तारे स्तरमा सिद्धार्थ बाटिकाका साथै सिद्धार्थ कटेज, एसक्याफे ब्राण्डलगायत सञ्चालनमा छन् ।

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत...

 नेपाली चिया निर्यातमा अवरोधप्रति महासंघको गम्भीर ध्यानाकर्षण, ८३ उद्योग बन्द हुने संकटमा

 नेपाली चिया निर्यातमा अवरोधप्रति महासंघको गम्भीर ध्यानाकर्षण,...

वि.सं.२०८३ असार २ मंगलवार ०९:०८

काठमाडौं ।  नेपाली चिया निर्यातमा भारतीय पक्षबाट सिर्जना गरिएको गैर-भन्सार...

अन्तर्राष्ट्रिय महिला व्यापार मञ्च सुरु : नीतिगत सुधारमार्फत महिला उद्यमीको सशक्तीकरणमा जोड

अन्तर्राष्ट्रिय महिला व्यापार मञ्च सुरु : नीतिगत...

वि.सं.२०८३ असार १ सोमवार २३:००

  काठमाण्डौ— उद्यमी महासङ्घ नेपाल (एफवेन) को नेतृत्वमा ‘अन्तर्राष्ट्रिय महिला...

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर...

वि.सं.२०८३ असार १ सोमवार ०७:०५

  काठमाडौं, असार ३०, २०८३ (१३ जुन २०२६) — नेपालस्थित...

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन गरी सबै पद खुला

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन...

वि.सं.२०८३ जेठ ३१ आइतवार २२:०८

  काठमाण्डौ— स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४...

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच फिट ५ नेपालमा सार्वजनिक

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच...

वि.सं.२०८३ जेठ ३१ आइतवार २१:०५

काठमाडौं । हुवावेले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टवाच हुवावे वाच...