CG Electronics
IME Life
NIMB

ग्राहक सेवामा नयाँ आयाम : गोंगबुमा यामाहाको थ्रीएस शोरुम

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । यामाहा नेपालले काठमाडौंको गोंगबुमा थ्रीएस (सेल्स, सर्भिस र स्पेयर पाट्र्स) शोरुम संचालनमा ल्याएको छ ।

एमएडब्लू ग्रप अन्तर्गतको मोटो क्राफ्ट प्रालिले गोंगबुमा अत्याधुनिक सुविधायुक्त थ्रीएस शोरुम संचालनमा ल्याएको हो ।

शुक्रबार एमएडब्लू ग्रुपका ग्रुप डाइरेक्टर गोपालकुमार अग्रवालले उक्त शोरुमको उद्घाटन गरेका हुन् ।

कम्पनीले आफ्ना ग्राहकलाई बिक्री परामर्श, भरपर्दो बिक्रीपछिको सेवा र जेन्युन स्पेयर पाट्र्स एउटै स्थानमै उपलब्ध गराउने उद्देश्यले उक्त नयाँ शोरुम संचालनमा ल्याएको हो ।

कम्पनीका अनुसार नयाँ शोरुम काठमाडौंमा यामाहाको नेटवर्क विस्तारमा एक महत्वपूर्ण उपलब्धी रहेको छ । साथै, यामाहाको सेवाको पहुँचमा विस्तार, गुणस्तर र ग्राहकको सन्तुष्टिलाई अझ सशक्त बनाउने कम्पनीले जनाएको छ ।

यो नयाँ शोरूम उद्घाटनसँगै यामाहा नेपालले आफ्नो डिलर नेटवर्कलाई अझ बलियो बनाएको छ । यसले गोंगबु तथा आसपासका क्षेत्रका यामाहाका ग्राहकले मोटरसाइकल, स्कुटरकाे सर्भिसिङ, विशेषज्ञ सेवा र स्पेयर पार्टस सहजै पानने छन् ।

एमएडब्लूका ग्रप डाइरेक्टर अग्रवालले नयाँ थ्रीएस शोरुमले यामाहा ब्राण्डको भरपर्दो सेवालाई प्रतिबिम्बित गरेको बताए । ‘यामाहा यस्तो ब्रान्ड हो जसले भरपर्दो सेवा र नवप्रवर्तनलाई प्रतिबिम्बित गर्छ । गोंगबुमा हामीले नयाँ शोरुम मात्र खोलेका होइनौं, हामीले हाम्रा प्रत्येक ग्राहकप्रति उत्कृष्टताको वाचा विस्तार गरेका छौं । हाम्रो साझेदार र समुदायसँगै अघि बढ्ने विश्वास गर्छौं । यो शोरूम त्यसै साझा दृष्टिकोणको प्रतिबिम्ब हो,’ उनले भने ।

त्यस्तै, एमएडब्लू राइड्सका कार्यकारी निर्देशक तथा सीईओ दीपककुमार अग्रवालले गोंगबुमा नयाँ थ्रीएस शोरुम यामाहाको उत्पादन र सेवाहरु ग्राहकको नजिक ल्याउने अर्को कदम भएको बताए । ‘हामी ग्राहक सेवा, पूर्वाधार, र प्राविधिक दक्षतामा उच्चतम मापदण्डहरूसहित हाम्रो नेटवर्कलाई निरन्तर विस्तार गर्न प्रतिबद्ध छौं,’ उनले भने ।

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर आरपीएम’

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:३६

  काठमाडौँ । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द...

चांगान अटो पोर्चुगल राष्ट्रिय फुटबल टोलीको ग्लोबल पार्टनर, रोनाल्डोको टिमसँग रणनीतिक सहकार्य

चांगान अटो पोर्चुगल राष्ट्रिय फुटबल टोलीको ग्लोबल...

वि.सं.२०८३ जेठ ११ सोमवार २१:४६

  काठमाडौँ । चिनियाँ अटोमोबाइल कम्पनी चांगान अटोमोबाइल पोर्चुगल राष्ट्रिय...

एथरको बिर्तामोडमा नयाँ एक्सपिरियन्स सेन्टर, प्रिमियम इलेक्ट्रिक स्कुटर बजार विस्तारमा जोड

एथरको बिर्तामोडमा नयाँ एक्सपिरियन्स सेन्टर, प्रिमियम इलेक्ट्रिक...

वि.सं.२०८३ जेठ ११ सोमवार २१:२७

  बिर्तामोड । नेपालको अग्रणी प्रिमियम इलेक्ट्रिक स्कुटर ब्राण्ड एथर...

एमएडब्लु वृद्धिद्वारा २०२६ दिपल एस०५ प्लसको बिक्री सुरु

एमएडब्लु वृद्धिद्वारा २०२६ दिपल एस०५ प्लसको बिक्री...

वि.सं.२०८३ जेठ ११ सोमवार १९:०५

  काठमाडौँ । नेपालका लागि दिपल ब्राण्डका फ्युचरिस्टिक तथा इन्टेलिजेन्ट...

नाइमा नेपाल मोबिलिटी एक्सपो साउन २६ देखि, जेठ १९ भित्र स्टल बुकिङ गर्न आग्रह

नाइमा नेपाल मोबिलिटी एक्सपो साउन २६ देखि,...

वि.सं.२०८३ जेठ ८ शुक्रवार १३:१२

  काठमाडौं । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)...

डोङफेङद्वारा नयाँ शेयर खरिदमार्फत प्रिमियम ईभी ब्रान्ड भोयामाथिको नियन्त्रण थप मजबुत

डोङफेङद्वारा नयाँ शेयर खरिदमार्फत प्रिमियम ईभी ब्रान्ड...

वि.सं.२०८३ जेठ ६ बुधवार २३:२४

काठमाडौं, नेपाल - १९ मे, २०२६ - डोङफेङ मोटरको एक...