Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

लघु तथा साना उद्यमको प्रवर्द्धनमा ग्लोबल आइएमईको हाटबजार उत्सव सम्पन्न

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले अन्तर्राष्ट्रिय लघु, साना तथा मझौला व्यवसाय ९एलएसएमई० दिवस तथा ग्लोबल हाटबजारको २५औँ हप्ता विशेष उत्सवसहित भव्य रूपमा सम्पन्न भएको छ।

बैंकले साना तथा मझौला उद्यमीहरूको उत्पादनलाई बजारसम्म पुर्‍याउने उद्देश्यले सञ्चालन गर्दै आएको हाटबजार यसपटक २५औँ हप्तामा प्रवेश गरेको अवसरमा विशेष कार्यक्रमको आयोजना गरिएको हो।

उक्त कार्यक्रममा बैंकले आफूले लगानी गरेका लघु, साना तथा मझौला उद्यमीहरूले उत्पादन गरेका वस्तुहरूको बजारीकरणमा सहजीकरण गर्ने हेतुले मेलाको आयोजना गरेको थियो। उद्यमीको उत्पादन, ग्लोबल आइएमईको प्रोत्साहन’ भन्ने नारालाई आत्मसात गर्दै बैंकले प्रत्येक शुक्रबार काठमाडौंको कमलादीस्थित शाखामा हाटबजार सञ्चालन गर्दै आएको छ।

कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले नेपालको समग्र आर्थिक समृद्धिमा लघु, साना तथा मझौला व्यवसायको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे । उनले हाटबजारले यस्ता व्यवसायहरूको प्रवर्द्धनमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरे ।

“हाटबजारले दिगो र हरित अर्थतन्त्र निर्माणमा योगदान दिइरहेका उद्यमीहरूलाई बजारमा पहुँच विस्तार गर्न, कृषक र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध स्थापित गर्न तथा कृषकलाई आफ्नो उत्पादनको उचित मूल्य दिलाउन सहयोग गरिरहेको छ,” रेग्मीले बताए।

उक्त मेलामा विषादी रहित कृषि उपज, रैथाने बालीका उत्पादन, हस्तकला सामग्री, सजावटका बिरुवालगायत दुई दर्जनभन्दा बढी कृषक र व्यवसायीका सामग्रीहरू प्रदर्शनी तथा बिक्रीका लागि राखिएको थियो।

बैंकले आफ्ना ग्राहकहरूलाई लक्षित गरी समयअनुकूल विभिन्न योजनाहरू सार्वजनिक गर्दै सेवा विस्तार गरिरहेको छ। ग्लोबल आइएमई बैंकले सन् २०२४ मा ग्लोबल फाइनान्सको ‘बेष्ट बैंक अवार्ड’ र युरोमनी अवार्ड फर एक्सलेन्स अन्तर्गत नेपालको सर्वश्रेष्ठ बैंकको उपाधि प्राप्त गर्न सफल भएको छ। यस्तै, बैंकले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाबाट पनि प्रशंसा तथा सम्मान प्राप्त गरिसकेको छ।

बैंकले भौगोलिक रूपमा विकट क्षेत्रका नागरिकलाई समेत समावेश गर्दै देशविदेशमा बसोबास गर्ने नेपालीलाई लक्षित गरी संयुक्त राज्य अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डनलगायत विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा प्रदान गर्दै आएको छ।

हाल ग्लोबल आइएमई बैंक मुलुकभर ७७ वटै जिल्लामा सेवा सञ्जाल विस्तार गर्न सफल भएको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो।

बालश्रम न्युनीकरणका लागि कानून बनाएर मात्र हुँदैन : मन्त्री भण्डारी

बालश्रम न्युनीकरणका लागि कानून बनाएर मात्र हुँदैन...

वि.सं.२०८२ असार ३१ मंगलवार २३:३४

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक विकासमन्त्री शरदसिंह भण्डारीले बालश्रम...

सुदूरपश्चिम विश्वविद्यालयको सिनेट : एक अर्ब ५४ करोड बजेट स्वीकृत

सुदूरपश्चिम विश्वविद्यालयको सिनेट : एक अर्ब ५४...

वि.सं.२०८२ असार ३१ मंगलवार २३:२१

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको १३ औँ सभाको साधारण बैठकले आगामी...

३४.४६ अंकले बढयो नेप्से, कारोबार रकम पनि वृद्धि

३४.४६ अंकले बढयो नेप्से, कारोबार रकम पनि...

वि.सं.२०८२ असार ३१ मंगलवार २३:१६

  काठमाडौं । साताको तेस्रो कारोबार दिन नेप्से परिसुचक ३४.४६...

नेपालमा ढुक्कसँग लगानी गर्ने सहज वातावरण बनाउनुपर्छ : सभापति देउवा

नेपालमा ढुक्कसँग लगानी गर्ने सहज वातावरण बनाउनुपर्छ...

वि.सं.२०८२ असार ३१ मंगलवार २३:१२

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी...

शशिला मोटर्सले ड्राइभर टोलमा निर्माण गर्यो चार्जिङ स्टेशन

शशिला मोटर्सले ड्राइभर टोलमा निर्माण गर्यो चार्जिङ...

वि.सं.२०८२ असार ३१ मंगलवार २३:०८

काठमाडौं । नेपालको विद्युतीय सवारी साधन (इभी) क्षेत्रलाई थप मजबुत...

ओझा निलम्बनमा परेपछि पोखरेलले लिए अध्यक्षको सपथ

ओझा निलम्बनमा परेपछि पोखरेलले लिए अध्यक्षको सपथ

वि.सं.२०८२ असार ३१ मंगलवार २२:४९

काठमाडौं । अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेलले नेपाल बीमा प्राधिकरणको...