Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

कर्णाली प्रदेशको आर्थिक समृद्धिको आधार कृषि हो मुख्यमन्त्री कँडेल

Laxmi Sunrise Bank Limited
Sanima Bank
Himalayan Bank
TATA Banner

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेशको आर्थिक समृद्धिको बलियो आधार कृषि भएको बताएका छन् ।

कृषिमा आत्मनिर्भर बन्ने बाटो रोज्नुपर्ने र त्यसका लागि परम्परागत प्रणालीलाई परिमार्जन गरी आधुनिक, वैज्ञानिक र व्यावसायिक कृषि प्रणालीको अवलम्बन गर्न सके अहिलेको अवस्था बदल्न सकिने मुख्यमन्त्री कँडेलको भनाई थियो ।

आइतबार सुर्खेतको वीरेन्द्रनगरमा अखिल नेपाल किसान महासङ्घ जिल्ला कमिटी सुर्खेतले आयोजना गरेको २२ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले कृषिलाई जीविकोपार्जनको माध्यम मात्र नभई आम्दानी र रोजगारीको स्थायी स्रोतका रूपमा कृषि पेशालाई विकास गर्नुपर्ने उल्लेख गरे ।

उनले भने, ‘हामी कृषिमा आत्मनिर्भर बन्न सक्छौं, तर त्यसका लागि सरकार, किसान, प्राविधिक, निजी क्षेत्र र समुदाय सबैको साझा प्रयास आवश्यक छ । खेतीपातीलाई अब जीविकोपार्जनको भर होइन, व्यवसायको मुख्य माध्यम बनाउँदै लैजानुपर्छ ।’

मुख्यमन्त्री कँडेलले कर्णालीको भौगोलिक अवस्थाले पनि विशिष्ट कृषि उत्पादनका लागि सम्भावना बोकेको उल्लेख गर्दै त्यसको वैज्ञानिक व्यवस्थापन गर्न सके कृषि क्षेत्रबाट नै रोजगारी, उत्पादन र आम्दानी बढाउन सकिने बताए ।

कृषक पञ्जिकरण, कृषि सहुलियत ऋण, गुणस्तरीय बीउ र मलको वितरण, तालिम तथा सिँचाइ पूर्वाधारको विस्तारमा प्रदेश सरकारले विशेष प्राथमिकता दिएको मुख्यमन्त्री कँडेलको भनाई थियो । कार्यक्रममा स्थानीय किसान, जनप्रतिनिधि, कृषि प्राविधिक, सङ्घ संस्थाका प्रतिनिधि र सर्वसाधारणको उपस्थिति रहेको थियो ।

नेपाली कफीको समृद्ध सम्भावना : २१औँ राष्ट्रिय कफी दिवस मनाइँदै

नेपाली कफीको समृद्ध सम्भावना : २१औँ राष्ट्रिय...

वि.सं.२०८२ मंसिर १ सोमवार ०८:२१

  काठमाडौं। राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा २१औँ...

कृषि मन्त्री डा. मदन परियारद्वारा हेटौडा दुग्ध वितरण आयोजनाको अवलोकन, दुग्ध किसानलाई शीघ्र भुक्तानीका निर्देशन

कृषि मन्त्री डा. मदन परियारद्वारा हेटौडा दुग्ध...

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार २३:१३

मकवानपुर । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदन परियारले...

मनहरी गाउँपालिका–२ च्यापलका किसानहरूको मुख्य आम्दानी स्रोत : गाईको दूध

मनहरी गाउँपालिका–२ च्यापलका किसानहरूको मुख्य आम्दानी स्रोत...

वि.सं.२०८२ कात्तिक ११ मंगलवार ०८:५२

  हेटौडा । मनहरी गाउँपालिका–२ च्यापलका किसानहरूका लागि गाईपालन र...

४५औं विश्व खाद्य दिवसको अवसरमा स्वच्छ खाना र समृद्ध भविष्यका लागि हातेमालो गर्न कृषिमन्त्रीको आह्वान

४५औं विश्व खाद्य दिवसको अवसरमा स्वच्छ खाना...

वि.सं.२०८२ असोज ३० बिहीवार ०९:४१

  काठमाडौं । विश्व खाद्य दिवस २०२५ को अवसरमा कृषि...

२८ महिनादेखि सेयर निष्कासन रोकिँदा ऊर्जा क्षेत्रमा १ खर्ब ८ अर्बको क्षति

२८ महिनादेखि सेयर निष्कासन रोकिँदा ऊर्जा क्षेत्रमा...

वि.सं.२०८२ असोज २९ बुधवार १६:०५

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले २८...

‘तिहारको उत्सव, फूलको महोत्सव’ नारासहित तिहार फ्लोरा एक्स्पो–२०८२ सुरु

‘तिहारको उत्सव, फूलको महोत्सव’ नारासहित तिहार फ्लोरा...

वि.सं.२०८२ असोज २८ मंगलवार १५:१३

  काठमाडौं । नर्सरी व्यवसायी सङ्घ नेपालले ‘तिहारको उत्सव, फूलको...