CG Electronics
IME Life
Ncell NPL

मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन गर्न बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल नियुक्त

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौँ । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले हाल कायम चुक्ता पूँजी रु.७५,६०,००,०००÷– बराबरको प्रति शेयर रु.१००÷– अंकित दरका ७५,६०,००० कित्ता साधारण शेयरको १ ः ०.६ (अर्थात विद्यमान १ कित्ता साधारण शेयर बराबर नयाँ ०.६ कित्ता साधारण शेयर) को अनुपातमा रु.४५,३६,००,०००÷– बराबरको प्रति शेयर १००÷– अंकित दरका ४५,३६,००० कित्ता हकप्रद साधारण शेयर निष्काशन गर्नकोे लागि निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

आज पौष ३ गते बिहीबार मुक्तिनाथ कृषि कम्पनी लिमिटेड बसुन्धारा, काठमाडौं स्थित कार्यालयमा सम्पन्न एक कार्यक्रमका बीच कम्पनीले नेपाल लाइफ क्यापिटललाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । सम्झौता पत्रमा मुक्तिनाथ कृषि कम्पनी लिमिटेडका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत श्री रामशरण तिमल्सिनाज्यू तथा नेपाल लाइफ क्यपिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री मनिष घिमिरेज्यूले हस्ताक्षर गर्नुभएको छ ।

मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले नेपालको कृषि क्षेत्रको व्यवसायिक विकासका लागि कृषक र उपभोक्ताहरुलाई जोड्न संस्थागत मुल्य श्रृंखला व्यवस्थापकको रुपमा कार्यरत अग्रणी कम्पनी हो । कम्पनीले कृषकहरुको लागि आवश्यक उत्पादनका साधनको उपलब्धता, परामर्श सेवा, प्रविधि प्रसार, प्रशोधन उद्योगहरुको विकास र उपभोक्ताहरुलाई स्वस्थ, गुणस्तरीय र पोषिलो कृषि उत्पादनहरु उपलब्ध गराउने सम्बन्धि व्यवसाय गरिरहेको छ ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सहायक कम्पनी नेपाल लाइफ क्यापिटल लिमिटेड धितोपत्र बोर्डबाट लगानी व्यवस्थापन, धितोपत्र प्रत्याभूती, निक्षेप सदस्य सेवा, योजना व्यवस्थापक, डिपोजिटरी सेवा, संस्थागत परामर्श, शेयर रजिष्ट्रेशन र निष्काशन तथा बिक्री प्रबन्ध गर्ने अनुमती प्राप्त मर्चेन्ट बैंकिङ्ग संस्था हो ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड १९ वर्ष पूरा, २०औं वर्षमा प्रवेश

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड १९ वर्ष पूरा,...

वि.सं.२०८३ वैशाख ७ सोमवार २३:४९

  काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड ले स्थापना भएको १९...

‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन तथा सम्मान कार्यक्रम सम्पन्न

‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन तथा सम्मान कार्यक्रम...

वि.सं.२०८३ वैशाख ७ सोमवार २३:४३

  काठमाडौं । ‘अभिभावक शिक्षा आजको आवश्यकता’ भन्ने मूल नारासहित...

नागरिक लगानी कोषको उपदान तथा पेन्सन योजनामा मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था आबद्ध

नागरिक लगानी कोषको उपदान तथा पेन्सन योजनामा...

वि.सं.२०८३ वैशाख ७ सोमवार २३:३९

काठमाडौं । नागरिक लगानी कोष ले सञ्चालन गर्दै आएको उपदान...

डिजिटल बैंकिङमा अर्को फड्को: महालक्ष्मी विकास बैंकको नयाँ QR भुक्तानी सेवा सुरु

डिजिटल बैंकिङमा अर्को फड्को: महालक्ष्मी विकास बैंकको...

वि.सं.२०८३ वैशाख ७ सोमवार २३:३४

काठमाडौं । महालक्ष्मी विकास बैंक ले UnionPay International सँगको सहकार्यमा...

लुम्बीनी केबलकारको सञ्चालन आम्दानी १२ करोड ३० लाख रुपैयाँ, सवा २ अर्बमा पाँचतारे होटल बनाउँदै

लुम्बीनी केबलकारको सञ्चालन आम्दानी १२ करोड ३०...

वि.सं.२०८३ वैशाख ७ सोमवार १२:१८

  काठमाडौंं । आईएमई समूहद्वारा प्रवद्र्धित लुम्बिनी केवलकार लिमिटेडले व्यावसायिक...

लिपमोटर नेपालद्वारा “लिप केयर” अन्तर्गत ११ वर्षको एक्स्टेण्डेड ब्याट्री वारेन्टी प्रदान

लिपमोटर नेपालद्वारा “लिप केयर” अन्तर्गत ११ वर्षको...

वि.सं.२०८३ वैशाख ७ सोमवार ०८:२७

  काठमाडौं । लिपमोटरले विद्युतीय सवारी साधन खरिदकर्ताहरूलाई थप ढुक्क...