CG Electronics
IME Life
Ncell NPL

बाढी–पहिरो प्रभावित बीमितलाई रु. ११ करोड भुक्तानी, धेरै दाबी अझै प्रक्रियामा

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौँ । देशभर २०८२ साल असोज १८ गतेको अविरल वर्षा र बाढी–पहिरोका कारण भएका क्षतिको बीमा दाबीको अद्यावधिक तथ्यांक बीमा कम्पनीहरूबाट प्राप्त भएको छ।

निर्जीवन बीमा कम्पनीहरूमा हालसम्म ७९० वटा प्रारम्भिक बीमा दाबी परेको छ, जसको कुल रकम करिब रु. ४ अर्ब १८ करोड २६ लाख रहेको छ। यसमध्ये हालसम्म ९६ वटा दाबीको रकम करिब रु. ११ करोड १५ लाख बीमितहरूलाई भुक्तानी भएको छ।

बीमा प्रकार अनुसार विवरण यस प्रकार छ :

  • सम्पत्ति बीमा: ४१७ दाबी, रु. ३ अर्ब ५८ करोड ३२ लाख; ३३ दाबीको रु. ९ करोड ६४ लाख भुक्तानी।
  •  इञ्जिनीयरिङ/ठेक्का जोखिम बीमा: १०७ दाबी, रु. ५१ करोड ५७ लाख; ७ दाबीको रु. ९ लाख भुक्तानी।
  • कृषि/बाली बीमा: २१० दाबी, रु. ४ करोड १४ लाख; ४२ दाबीको रु. १९ लाख भुक्तानी।
  • मोटर बीमा (निजी): ४० दाबी, रु. २ करोड ८२ लाख; १२ दाबीको रु. १ करोड २० लाख भुक्तानी।
  • सामुद्रिक बीमा: ४ दाबी, रु. ११ लाख; २ दाबीको रु. ३ लाख भुक्तानी।
  • मोटर बीमा (सार्वजनिक): १० दाबी, रु. १ करोड १९ लाख; भुक्तानी प्रक्रिया सुरु भएको छैन।
  • लघुबीमा: २ दाबी, रु. १२ लाख; भुक्तानी प्रक्रिया सुरु भएको छैन।

बीमा समितिका अनुसार, कुल दाबीमध्ये धेरै हिस्सा सम्पत्ति बीमा र कृषि/बाली बीमामा रहेको छ, भने मोटर (सार्वजनिक) र लघुबीमाका दाबीमा भुक्तानी प्रक्रिया अझै प्रारम्भ भएको छैन।

सुशील देव सुवेदी, कार्यकारी निर्देशक तथा प्रवक्ताका अनुसार, बीमा कम्पनीहरूले दाबीको छानबिन गरी समयमै भुक्तानी सुनिश्चित गर्न प्रयासरत छन्।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड १९ वर्ष पूरा, २०औं वर्षमा प्रवेश

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड १९ वर्ष पूरा,...

वि.सं.२०८३ वैशाख ७ सोमवार २३:४९

  काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड ले स्थापना भएको १९...

नागरिक लगानी कोषको उपदान तथा पेन्सन योजनामा मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था आबद्ध

नागरिक लगानी कोषको उपदान तथा पेन्सन योजनामा...

वि.सं.२०८३ वैशाख ७ सोमवार २३:३९

काठमाडौं । नागरिक लगानी कोष ले सञ्चालन गर्दै आएको उपदान...

डिजिटल बैंकिङमा अर्को फड्को: महालक्ष्मी विकास बैंकको नयाँ QR भुक्तानी सेवा सुरु

डिजिटल बैंकिङमा अर्को फड्को: महालक्ष्मी विकास बैंकको...

वि.सं.२०८३ वैशाख ७ सोमवार २३:३४

काठमाडौं । महालक्ष्मी विकास बैंक ले UnionPay International सँगको सहकार्यमा...

लिपमोटर नेपालद्वारा “लिप केयर” अन्तर्गत ११ वर्षको एक्स्टेण्डेड ब्याट्री वारेन्टी प्रदान

लिपमोटर नेपालद्वारा “लिप केयर” अन्तर्गत ११ वर्षको...

वि.सं.२०८३ वैशाख ७ सोमवार ०८:२७

  काठमाडौं । लिपमोटरले विद्युतीय सवारी साधन खरिदकर्ताहरूलाई थप ढुक्क...

एभरेष्ट कलरको आईपीओ वैशाख १६ देखि निष्कासन हुँदै

एभरेष्ट कलरको आईपीओ वैशाख १६ देखि निष्कासन...

वि.सं.२०८३ वैशाख ७ सोमवार ०८:२०

  काठमाडौं । एभरेष्ट कलर लिमिटेडले वैशाख १६ गतेदेखि पहिलो...

अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

वि.सं.२०८३ वैशाख ७ सोमवार ०८:१८

काठमाडौं । अर्थ मन्त्रालयले सरकारी कर्मचारीहरूको तलब–भत्ता भुक्तानी प्रणालीमा परिवर्तन...