Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

धान/चामल आयातमा ११ महिनामै करीब ३९ अर्व विदेशीयो, अझैं १० लाख मेट्रिक टन धान अपुग

काठमाडौं । धान आयातमा पछिल्लो ११ महिनामा करीब ३९ अर्ब रुपैयाँ विदेशीएको छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्ष (आव) २०८१/८२ को जेठ मसान्त सम्ममा धान/चामल आयातमा मात्रै ३८ अर्ब ९४ करोड़ रुपैयाँ विदेशिएको हो ।

विभागका अनुसार यस अवधिमा सो मूल्य बराबरको ७ लाख ५३ हजार मेट्रिक टन धान, धानको बीउ, चामल र कनिका आयात भएको हो । गत आवको यस अवधिमा नेपालमा करीब २१ अर्ब १३ करोड रुपैयाँ बराबरको ३ लाख ९० हजार मेट्रिक टन धान आयाता भएको थियो ।

विशेषगरि चालममा बढ़ी निर्भरता, त्यसमध्ये पनि नेपालमा कम उत्पादन हुने मसिना तथा वासनादार चामलमा उपभोक्ताको बढ़ी रोजाइ, छिमेकी मुलुक भारतले धान निर्यातमा लिने नीतिगत व्यवस्था लगायतका कारण उत्पादन वृद्धि हुँदाहुँदै पनि धान÷चामलको आयात अपेक्षाकृत कम हुन नसकेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको भनाई छ ।

मन्त्रालयका अनुसार नेपालमा करीब ७० लाख मेट्रिक टन धानको माग छ । चालु आवको तथ्यांक अनुसार नेपालमा कूल ५९ लाख ५५ हजार ४ सय ७६ मेट्रिक टन उत्पादन भएको थियो । यस हिसाबले अझैं नेपालमा करीब १० लाख मेट्रिक टन धान अपुग रहेको देखिन्छ ।

सरकारले आव २०८२/८३ को बजेट बक्तव्यमा मार्फत मुलुकलाइ आगामी २ वर्षमा धानमा आत्मनिर्भर बनाउने घोषणा गरेको छ । आगामी वर्षहरुमा धानको उत्पादन र उत्पादकत्व वृद्धिको लागि मन्त्रालयले प्राथमिकताका साथ विशेषगरि चैते धानमा क्षेत्रफल विस्तार र वर्षे धानमा उत्पादकत्व वृद्धिका कार्यक्रमहरु तीनै तहका सरकारमार्फत सञ्चालनको व्यवस्था गर्ने कृषि विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलले बताए । उत्पादन विस्तारका लागि मलखाद, गुणस्तरीय बीउ र अनुसन्धानवाट प्राप्त नवीनतम प्रविधिहरु किसान माझ पुर्याउन त्यस्ता कार्यक्रमहरु केन्द्रित रहने उनले बताए ।

उनका अनुसार आगामी वर्ष देशभरका १८ जिल्लाका ५८ पालिकामा संघीय शसर्त वित्तिय हस्तान्तरण मार्फत चैते धान प्रवद्र्धन कार्यक्रम संचालन हुँदैछ भने प्रदेश मातहतका निकायहरुले पनि आफनै श्रोतवाट धान प्रवद्र्धनका लागि विविध कार्यक्रम संचालन गर्नेछन् ।

यसको अलावा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत संचालित धानका २१ जोन र ५ सुपरजोनहरुमार्फत वर्षे र चैते दुबै सिजनमा धानको सम्पूर्ण मूल्यश्रृंखला विकासमा कार्यक्रम संचालन हुने बताइएको छ ।

बालश्रम न्युनीकरणका लागि कानून बनाएर मात्र हुँदैन : मन्त्री भण्डारी

बालश्रम न्युनीकरणका लागि कानून बनाएर मात्र हुँदैन...

वि.सं.२०८२ असार ३१ मंगलवार २३:३४

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक विकासमन्त्री शरदसिंह भण्डारीले बालश्रम...

सुदूरपश्चिम विश्वविद्यालयको सिनेट : एक अर्ब ५४ करोड बजेट स्वीकृत

सुदूरपश्चिम विश्वविद्यालयको सिनेट : एक अर्ब ५४...

वि.सं.२०८२ असार ३१ मंगलवार २३:२१

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको १३ औँ सभाको साधारण बैठकले आगामी...

नेपालमा ढुक्कसँग लगानी गर्ने सहज वातावरण बनाउनुपर्छ : सभापति देउवा

नेपालमा ढुक्कसँग लगानी गर्ने सहज वातावरण बनाउनुपर्छ...

वि.सं.२०८२ असार ३१ मंगलवार २३:१२

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी...

फुडमाण्डुको लाइफ अझै बेटरु बनाउने प्रतिबद्धता

फुडमाण्डुको लाइफ अझै बेटरु बनाउने प्रतिबद्धता

वि.सं.२०८२ असार ३१ मंगलवार १६:४५

काठमाडौं । नेपालको पहिलो खाना डेलिभरी कम्पनी फुडमाण्डुले सन् २०१०...

भेटायो को नयाँ अफर – सोफा सफाइ सेवा अब मात्र ६ सय प्रति सिटरमा !

भेटायो को नयाँ अफर – सोफा सफाइ...

वि.सं.२०८२ असार ३१ मंगलवार १६:३९

काठमाडौं। घरको सौन्दर्य र स्वास्थ्य दुवैलाई ध्यानमा राख्दै, भेटायोले प्रति...

होपफुल हराईजन नेपाल र प्रभु बैंकबीच विशेष छुट सम्झौता

होपफुल हराईजन नेपाल र प्रभु बैंकबीच विशेष...

वि.सं.२०८२ असार ३१ मंगलवार १६:२८

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई झम्सिखेल, पुल्चोक,...