Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

स्काइवाक काठमाडौं तेस्रो वर्षमा, ३ महिनासम्म पाहुनालाई निःशुल्क कप उपहार

काठमाडौं । कमलादीमा रहेको स्काइवाक काठमाडौँ तेस्रो वर्षमा प्रवेश गरेको छ । वन्डर्स नेपाल प्रालिले सञ्चालनमा ल्याएको स्काइवाक काठमाडौँको एरियल भ्यू हेर्नका लागि प्रसिद्ध छ ।

वार्षिकउत्सवका अवसरमा स्काइवाकमा आउने पाहुनालाई उनीहरुकै फोटोसहितको कप निस्शुल्क उपहार दिइने स्काइवाक काठमाडौँका अध्यक्ष तेज बहादुर सिंहले जानकारी दिए । छुट सुविधा प्रयोग नगरिएका हरेक टिकटमा यो लागू हुनेछ । तेस्रो वर्ष प्रवेशको अवसरमा ल्याइएको यो अफर तीन महिनासम्म चल्ने पाण्डेले बताए ।

१३ रोपनीमा निर्माण भएको ७८ दशमलव ५ मिटर अग्लो स्काइवाक टावर बाहिरी जिल्ला तथा विदेशबाट काठमाडौँ आउनेका लागि प्रमुख गन्तव्य बनेको छ ।

टावरको २५औँ तलामा स्काइवाक (सिसा ओछ्याइएको भूँइ)मा हिँड्न पाइन्छ । त्यहाँ हिँड्दा आकाशमा हिँडे जस्तो अनुभव हुन्छ । साहसिक गतिविधि मन पराउनेका लागि स्काइवाक काठमाडौँको प्रमुख गन्तव्य बनेको प्रवन्ध निर्देशक बिष्णुहरि पाण्डेले बताए ।

स्काइवाकमा प्रती बर्गमिटर पाँच सय किलो भार बहन क्षमताको गुणस्तरीय सिसाको प्रयोग गरिएको छ । विभिन्न स्काइवाक निर्माण गर्दा जमिनबाट ३५ मिटर तलसम्म ५८ वटा फलामका डण्डीहरु राखिएको छ ।

टावरको माथि पुग्नका लागि दुई वटा लिफ्ट बनाइएको छ भने एकै पटक ४५ जनासम्म माथि जान सकिन्छ । साथै स्काइवाकको माथिल्लो भागमा एकैपटक ५ सय जनासम्म अट्नसक्ने कम्पनीको भनाइ छ ।

स्काइवाक साहसिक गतिविधिका लागि मात्रै होइन, काठमाडौँका एतिहासिक स्थलको जानकारी लिनका लागि पनि उपयुक्त गन्तव्य हो । यहाँबाट एतिहासिक घण्टाघर, त्रिचन्द्र क्याम्पस, रानीपोखरी, दरबार हाइस्कुल, टुँडिखेल, धरहरा, शहीदगेट, सिंहदरबारलगायतका स्थानको अवलोकन गर्न सकिन्छ ।

पछिल्लो समय जमघटको थलो बनेको यो ठाउँमा स्काइवाकबाहेक पनि विभिन्न सुविधा छन् । टावर परिसरमा साना कार्यक्रम गर्न एमपी थिएटरको पनि सुविधा छ । कम्पनीका अनुसार स्काइवाक सूर्योदय र सूर्योस्तको दृश्यावलोकन तथा योगा गर्नेका लागि पनि उपयुक्त थलो हो ।

“यो धरहराभन्दा १६ मिटर अग्लो छ, यहाँबाट काठमाडौँको ३ सय ६० डिग्रीको दृश्यावलोकन गर्न सकिन्छ, त्यसबाहेक एकै ठाउँबाट काठमाडौँ सहर हेर्दै जानकारी लिनका लागि पनि उपयुक्त गन्तव्य हो”, प्रबन्ध निर्देशक पाण्डेले भने ।

कम्पनीले अहिले पनि ८० वर्षभन्दा बढी उमेरका ज्येष्ठ नागरिक तथा तीन फिटभन्दा कम उचाइ भएका बालबालिकालाई शुल्क लिँदैन ।

चारपांग्रे र दुई पांग्रे सवारी साधनका लागि पर्याप्त सुविधा भएको स्काइवाक परिसरमा लक्ष्मी हेयर एण्ड ब्युटी सलुन, हिमालयन जाभा, बाइबियर माइक्रो पब, फिलि चिया, बुरितो, एभरेस्ट मस्मस्लगायतका आउटलेट पनि छन् ।

मौद्रिक नीतिको प्रभावः शेयर बजारमा उत्साह

मौद्रिक नीतिको प्रभावः शेयर बजारमा उत्साह

वि.सं.२०८२ असार २९ आइतवार १२:१०

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार जारी गरेको आगामी आर्थिक...

बुटवलको अपार सफलतापछि काठमाडौंमा पनि खुल्यो करेन्ट पोइन्ट : राजधानीका करेन्ट नुडल्स पारखीले नयाँ स्वाद र फ्लेबरको मज्जा लिन पाउने

बुटवलको अपार सफलतापछि काठमाडौंमा पनि खुल्यो करेन्ट...

वि.सं.२०८२ असार २९ आइतवार ११:३०

काठमाडौं । नेपाली बजारमा हट एण्ड स्पाइसि नुडल्स सेग्मेन्टमा आफ्नो...

साफ यू २० च्याम्पियनसिप : नेपालले घरेलु टिम बंगलादेशसँग प्रतिस्पर्धा गर्दै

साफ यू २० च्याम्पियनसिप : नेपालले घरेलु...

वि.सं.२०८२ असार २९ आइतवार ०९:४७

  काठमाडौं । साफ यू २० महिला च्याम्पियनसिपमा नेपालले घरेलु...

४३९ मेगावाटको बेतन कर्णाली जलविद्युत आयोजनाले पायो निर्माण अनुमति

४३९ मेगावाटको बेतन कर्णाली जलविद्युत आयोजनाले पायो...

वि.सं.२०८२ असार २९ आइतवार ०९:४५

काठमाडौं । ४३९ मेगावाट क्षमताको बेतन कर्णाली जलविद्युत आयोजनाले निर्माण...

विकास हाइड्रोपावरको आईपीओ आज बिहान ९ बजे बाँडफाँट हुँदै, २ लाख ९४ हजार आवेदक भाग्यमानी बन्ने

विकास हाइड्रोपावरको आईपीओ आज बिहान ९ बजे...

वि.सं.२०८२ असार २९ आइतवार ०९:३८

  काठमाडौं । विकास हाइड्रोपावर कम्पनी लिमिटेडले (असार २९) आईतबार...

जोशी हाईड्रोपावरको हकप्रद शेयर साउन १५ देखि निष्कासन, आवेदन भदौ ४ सम्म खुला

जोशी हाईड्रोपावरको हकप्रद शेयर साउन १५ देखि...

वि.सं.२०८२ असार २९ आइतवार ०९:३२

काठमाडौ । जोशी हाईड्रोपावर लिमिटेडको हकप्रद शेयर आगामी साउन १५...