CG Electronics
IME Life
NIMB

जगदम्बा मोटर्सले सार्वजनिक गर्यो जुपिटर ११० स्कूटर

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । विश्वव्यापी रूपमा दुई तथा तीन पाङ्ग्रे सवारीसाधन निर्माण गर्ने अग्रणी कम्पनी टिभिएसले जुपिटर ११० लन्च गरेको छ । जगदम्बा मोटर्स नेपालको संयोजकत्वमा स्कूटर लन्च भएको हो ।

सोमबार काठमाडौंमा एक कार्यक्रमका बीच विश्वव्यापी रूपमा दुई–दुई तथा तीन पाङ्ग्रे सवारीसाधन निर्माण गर्ने अग्रणी कम्पनीले टिभिएस जुपिटर ११० सार्वजनिक गरेको हो । स्कूटरको सुरुवाती मूल्य २ लाख ५७ हजार ९०० राखिएको छ ।

यो स्कुटर अत्याधुनिक इन्जिन र आफ्नो सेग्मेन्टमै पहिलो पटक समावेश गरिएका नवीनतम प्रविधिहरूले सुसज्जित छ । जुपिटर ११० ले एक स्कुटर मात्र होइन, शैली, माइलेज, प्रदर्शन, आराम, सुविधा, सुरक्षा र प्रविधिको सन्तुलनको प्रतिनिधित्व गर्ने कम्पनीले जनाएको छ ।

जुपिटर विश्वभरी ७० लाखभन्दा बढी प्रयोगकर्ताहरूको विश्वास जित्दै, उनीहरूको विविध आवश्यकताहरू पूरा गर्दै आएको छ । १५ वटा सेग्मेन्टमै पहिलो र १४ वटा उत्कृष्ट विशेषताहरूसहितको यो नयाँ टेक–फ्रेंड्ली जुपिटर ११० नेपालका उपभोक्ताहरूका बदलिँदो रोजाइअनुसार तयार गरिएको यो ।

टिभिएस जुपिटरलाई अधिकतम आराम र सुविधा सुनिश्चित गर्दै सावधानीपूर्वक डिजाइन गरिएको छ । यसमा फराकिलो ग्लोभ बक्स, अगाडिको फ्युल फिल, लामो सिट, एकै ठाउँबाट खोल्न मिल्ने लक, मोबाइल चार्जर समावेश छन् ।

ठूला १२ इन्चका पाङ्ग्रा र उचित व्हीलबेससँग मिलेर, नयाँ टिभिएस जुपिटर ११० ले साँघुरो ट्राफिकमा पनि निकै सहज र धेरै कम गतिमा पनि सन्तुलित यात्रा प्रदान गर्दछ ।

जगदम्बा मोटर्स नेपालमा दुई पांग्रे र व्यावसायिक सवारीसाधनको प्रमुख वितरक तथा सेवा प्रदायक कम्पनी हो । सोही कम्पनीका साहिल अग्रवाल र अखिल गुप्ताले स्कूटरको उदघाटन गरेका हुन् । जगदम्बा मोटर्सले लामो समयदेखि नेपाली बजारमा विश्वस्तरीय मोबिलिटी उत्पादनहरू ल्याउँदै आएको छ ।

 

टिभिएस मोटर कम्पनी लगायतका प्रतिष्ठित विश्वव्यापी ब्रान्डहरूको आधिकारिक डिलरको रूपमा, जगदम्बाले नेपालभरि रहेका डिलरशिप नेटवर्कमार्फत उत्कृष्ट बिक्री, बिक्रीपछिको सेवा र वास्तविक स्पेयर पाट्र्स उपलब्ध गराउँदै आएको छ ।

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते, ४.२८५७ प्रतिशत बोनस शेयर प्रस्ताव

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते,...

वि.सं.२०८३ असार १० बुधवार ०९:१४

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले आगामी असार ३१ गते वार्षिक...

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

वि.सं.२०८३ असार १० बुधवार ०९:१२

  काठमाडौं । सर्वाेत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि...

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन दिन आग्रह

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन...

वि.सं.२०८३ असार १० बुधवार ०९:०९

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ। कम्पनीले...

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026” भव्यताका साथ सम्पन्न

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award...

वि.सं.२०८३ असार ९ मंगलवार २१:५३

  काठमाडौं । नेपाली खेलकुदको विकासमा अतुलनीय योगदान पुर्‍याउने विशिष्ट...

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा समुद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा....

वि.सं.२०८३ असार ९ मंगलवार २१:४८

  काठमाडौं । नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडको बागमती...

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्ने

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब...

वि.सं.२०८३ असार ९ मंगलवार २१:४१

  काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले २ः१ अनुपातमा हकप्रद...