CG Electronics
IME Life
NIMB

विकास हाइड्रोपावरको आईपीओ बाँडफाँड, १७ लाखभन्दा बढीको हात खाली

NIMB
Himalayan Bank

काठमाडौं । विकास हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ बाँडफाँड गरेको छ । कम्पनीको शेयर विक्री प्रबन्धक प्रभु कक्यापिटलले आज बिहान आईपीओ बाँडफााड गरेको हो ।

दुई लाख ९४ हजार २ सय ७६ जनाले १०/१० कित्ताका दरले आईपीओ हात पारेका छन् । मागभन्दा बढी आवेदन परेका कारण करीब १७ लाखभन्दा बढी आवेदन कर्ताहको हात खाली भएको छ । आईपीओमा मागभन्दा ८.७ गुणा बढी आवेदन परेको थियो ।

आफूलाई आईपीओ परे/नपरेको लगानीकर्ताले सीडीएससीको आइपीओ रिजल्ट साइट बाट हेर्न सक्नेछत् । यो आइपीओका लागि २१ लाख ५० हजार ६७२ जनाबाट २ करोड़ ६१ लाख ४८ हजार ३ सय ५० कित्ताका लागि आवेदन परेकोमा २० लाख ४३ हजार ६ सय ८६ जनाको आवेदन स्वीकृत थियो ।

कम्पनीले थप सर्वसाधारणमा २९ लाख ४२ हजार ७ सय ६० कित्ता आईपीओ निष्कासन गरेको थियो । थप सर्वसाधारणमा कम्पनीले असार १८ गतेदेखि २२ गतेसम्म आईपीओ निष्कासन गरेको थियो ।

आईपीओ निष्कासन गर्नु अघि कम्पनीले १० प्रतिशत आयोजना प्रभावित स्थानीयका लागि १० प्रतिशत शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा...

वि.सं.२०८३ साउन ११ सोमवार ०८:०३

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र स्पेनिश चेम्बर...

इनड्राइभको ‘क्रिएटर्स भेटघाट’: ६ उत्कृष्ट कन्टेन्ट आइडियालाई आर्थिक सहयोग गर्ने घोषणा

इनड्राइभको ‘क्रिएटर्स भेटघाट’: ६ उत्कृष्ट कन्टेन्ट आइडियालाई...

वि.सं.२०८३ साउन ११ सोमवार ०८:००

  काठमाडौं, नेपाल । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले...

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको एक वर्षमा रु. ५ अर्ब ४२ करोड बीमा शुल्क संकलन, रु. ४ अर्ब ९६ करोड दाबी भुक्तानी

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको एक वर्षमा रु. ५...

वि.सं.२०८३ साउन ११ सोमवार ०७:५४

  काठमाडौं। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३...

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...

इन्डियन चेम्बर अफ कमर्सको ‘राइजिङ स्टार–ग्रोथ’ अवार्डबाट सम्मानित महालक्ष्मी विकास बैंक

इन्डियन चेम्बर अफ कमर्सको ‘राइजिङ स्टार–ग्रोथ’ अवार्डबाट...

वि.सं.२०८३ साउन १० आइतवार २२:२६

  काठमाडौं । महालक्ष्मी विकास बैंकले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित सम्मान...

दक्षिण एसियाका अग्रणी इन्टरनेट अभियन्ता सम्मानित

दक्षिण एसियाका अग्रणी इन्टरनेट अभियन्ता सम्मानित

वि.सं.२०८३ साउन १० आइतवार २२:२३

  काठमाडौं । दक्षिण एसियाली नेटवर्क अपरेटर्स ग्रुप (सानोग)को ४४औं...