CG Electronics
IME Life
NIMB

मौद्रिक नीतिको प्रभावले शेयर बजारमा उछाल, करिब साढे ११ अर्बको कारोबार

NIMB
Himalayan Bank

 

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार जारी गरेको आगामी आर्थिक वर्षको मौद्रिक नीतिको प्रभावका कारण शेयर बजारमा उछाल आएको छ । आज(आइतबार) बजार खुलेको १ मिनेटमै नेप्से परिसुचक करीब ६६ अंकले बढेर २७९८ अंकमा पुगेको थियो ।

साताको पहिलो कारोबार दिन २९ अंकले बढेर २७६०.८० बिन्दुमा रोकिएको बजारमा ११ अर्ब ४१ करोड ६४ लाख २८ हजार ४६७ रुपैयाँको ३ करोड २५ लाख ९२ हजार ३० कित्ता शेयर कारोबार भएको छ । यस दिन ३११ स्टकको शेयर कारोबार भएको हो ।

यस अघि बिहिवार ९ अर्ब ६८ करोड २४ लाख ८८ हजार ७३९ रुपैयाँ बराबरको २ करोड ६४ लाख ७० हजार ८४० कित्ता शेयर खरिद विक्री भएको थियो । आज सेन्सेटिभ इन्डेकस ९.१६ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.५६ अंक बढेको छ । त्यसैगरी, सेन्सेटिभ फ्लोट इण्डेक्स भने ३.२३ अंक बढेको छ ।

मौद्रिक नीतिले उद्यम व्यवसाय, ब्याजदर कोरिडोर, घरजग्गा, शेयर कारोबार लगायतमा गरेको लचिलो व्यवस्थाले अर्थतन्त्रले गति लिने अपेक्षा गरिएको थियो । यस दिन एनआइसी एशिया बैंक, खानीखोला हाइड्रो पावर र जिवन विकास लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

एनआइसी एशियाको शेयर मूल्य प्रतिकित्ता ३६.८१ रुपैयााले बढेर ४०५.४० रुपैयाँमा अन्तिम कारोबार भएको छ । खानीखोलाको शेयर मूल्य २६.४४ रुपैयाँले बढेर प्रतिकित्ता २९१ रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यसैगरी जिवन विकास लघुवित्तको शेयर मूल्य पनि १२९.८७ रुपैयाँले बढेर प्रतिकित्ता १४८०.६२ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

यसदिन हिमालयन हाइड्रोपावरको शेयर मूल्यमा नकारात्मक सर्किट लागेर प्रतिकित्ता ३९.३७ रुपैयाँले घटेर ३५७.२१ रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यसैगरी राप्ती हाइड्रो एण्ड जनरल कन्सट्रक्सनको शेयर मूल्य प्रतिकित्ता २६.२७ रुपैयाँले घटेर ३३१.४१ रुपैयाँमा अन्तिम कारोबार भएको छ । यस्तै, यस दिन एनआइसी एशिया, बुटवल पावर कम्पनी, एनआरएन इन्फ्रास्टक्चर डेभ्लप्मेन्ट र सानीमा बैंकको शेयर सर्वाधिक कारोबार भएको छ ।

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा...

वि.सं.२०८३ साउन ११ सोमवार ०८:०३

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र स्पेनिश चेम्बर...

इनड्राइभको ‘क्रिएटर्स भेटघाट’: ६ उत्कृष्ट कन्टेन्ट आइडियालाई आर्थिक सहयोग गर्ने घोषणा

इनड्राइभको ‘क्रिएटर्स भेटघाट’: ६ उत्कृष्ट कन्टेन्ट आइडियालाई...

वि.सं.२०८३ साउन ११ सोमवार ०८:००

  काठमाडौं, नेपाल । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले...

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको एक वर्षमा रु. ५ अर्ब ४२ करोड बीमा शुल्क संकलन, रु. ४ अर्ब ९६ करोड दाबी भुक्तानी

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको एक वर्षमा रु. ५...

वि.सं.२०८३ साउन ११ सोमवार ०७:५४

  काठमाडौं। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३...

इन्डियन चेम्बर अफ कमर्सको ‘राइजिङ स्टार–ग्रोथ’ अवार्डबाट सम्मानित महालक्ष्मी विकास बैंक

इन्डियन चेम्बर अफ कमर्सको ‘राइजिङ स्टार–ग्रोथ’ अवार्डबाट...

वि.सं.२०८३ साउन १० आइतवार २२:२६

  काठमाडौं । महालक्ष्मी विकास बैंकले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित सम्मान...

दक्षिण एसियाका अग्रणी इन्टरनेट अभियन्ता सम्मानित

दक्षिण एसियाका अग्रणी इन्टरनेट अभियन्ता सम्मानित

वि.सं.२०८३ साउन १० आइतवार २२:२३

  काठमाडौं । दक्षिण एसियाली नेटवर्क अपरेटर्स ग्रुप (सानोग)को ४४औं...

भारतमा सार्वजनिक भयो नयाँ मारुती सुजुकी ब्रेजा फेसलिफ्ट, प्रारम्भिक मूल्य ७.३९ लाख भारु

भारतमा सार्वजनिक भयो नयाँ मारुती सुजुकी ब्रेजा...

वि.सं.२०८३ साउन १० आइतवार २१:५२

काठमाडौं । मारुती सुजुकीले भारतीय बजारमा २०२६ ब्रेजा फेसलिफ्ट आधिकारिक...