CG Electronics
Ncell NPL
NIMB

चोरी भएका २० सवारीसाधन ट्राफिक प्रहरीले धनीलाई बुझायो

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । काठमाडौं उपत्यकाको विभिन्न स्थान र मितिमा चोरी भएका २० वटा दुई पाङ्ग्रे सवारी साधन (१२ मोटरसाइकल र ८ स्कुटर) खोजतलास गरी काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ।

ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा आयोजित एक कार्यक्रमका क्रममा कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले ती सवारीसाधन सम्बन्धित धनीलाई बुझाएका हुन्।

सवारी चोरीको उजुरीपछि ट्राफिक प्रहरीले काठमाडौंका नरेफाँट, चाबहिल, मालिगाउँ, कालिमाटी, बसुन्धरा, थली, अनामनगर, नेपालटार, मिलनचोक लगायतका स्थानबाट ती सवारी साधन फेला पारेको थियो। कतिपय सवारीसाधन वास्तविक नम्बर प्लेटमा र कतिपय नक्कली नम्बर प्लेटसहित फेला परेको प्रहरीले जनाएको छ।

गत साउन महिनादेखि हालसम्म ट्राफिक प्रहरीले कुल ४८० वटा दुईपाङ्ग्रे सवारीसाधन फेला पारेर सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको छ। यसबीचमा चोरीमा संलग्न ७४ जनालाई पक्राउ गरी आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी कार्यालयमा पठाइएको छ।

सवारी चोरी तथा हराउनबाट रोक्न ट्राफिक प्रहरीले सवारी पार्किङ गर्दा ह्वील लक, चेन लक, डिस्क लक, सुरक्षा साइरनजस्ता उपकरण प्रयोग गर्न सुझाव दिएको छ। साथै एकान्त स्थानमा पार्क नगर्न समेत अनुरोध गरिएको छ।

सवारी हराएमा ट्राफिक प्रहरीको हटलाइन १०३ वा नेपाल प्रहरीको १०० मा सम्पर्क गर्न तथा नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने व्यवस्था रहेको ट्राफिक कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दीपक गिरीले जानकारी दिएका छन्।

शिक्षा र स्वास्थ्यलाई राजनीतिभन्दा टाढा राखेमात्र सरकार सफल हुन्छ : प्राडा दाहाल

शिक्षा र स्वास्थ्यलाई राजनीतिभन्दा टाढा राखेमात्र सरकार...

वि.सं.२०८३ वैशाख २ बुधवार १२:११

  काठमाडौं । शिक्षाविद् प्राध्यापक डाक्टर राम प्रसाद दाहालले वर्तमान...

स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्न मन्त्रालयको निर्देशन, आइतबार ओपीडी समेत सञ्चालन गर्न सकिने

स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्न मन्त्रालयको निर्देशन,...

वि.सं.२०८२ चैत २७ शुक्रवार १९:३९

  काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक बिदाको अवधिमा...

सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोगमा गैरकानुनी नियन्त्रणमा राख्यो : ओली

सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोगमा...

वि.सं.२०८२ चैत २६ बिहीवार १४:३०

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई लगाइएको...

नेपाल तामाङ घेदुङ ओखलढुंगा जिल्लाको ९औँ अधिवेशन सम्पन्न, नयाँ नेतृत्व सर्वसम्मत चयन

नेपाल तामाङ घेदुङ ओखलढुंगा जिल्लाको ९औँ अधिवेशन...

वि.सं.२०८२ चैत २६ बिहीवार ११:४९

  ओखलढुंगा । नेपाल तामाङ घेदुङ ओखलढुंगा जिल्लाको ९औँ जिल्ला...

भिभोद्धारा ५० एमपी जाइस सुपर टेलिफोटो क्यामेरासहित भी७० सार्वजनिक

भिभोद्धारा ५० एमपी जाइस सुपर टेलिफोटो क्यामेरासहित...

वि.सं.२०८२ चैत २४ मंगलवार १७:३५

  काठमाडौं। भिभोले आफ्नो लोकप्रिय भी सिरिज अन्तर्गत नयाँ स्मार्टफोन...

मकवानपुरमा प्रहरीको ‘अपरेसन ड्रप’ : अबैध क्रियाकलापमा संलग्न ४० भन्दा बढी व्यक्ति पक्राउ

मकवानपुरमा प्रहरीको ‘अपरेसन ड्रप’ : अबैध क्रियाकलापमा...

वि.सं.२०८२ चैत २४ मंगलवार ०९:३९

  हेटौँडा । मकवानपुर जिल्लामा शान्ति सुरक्षा सुदृढ बनाउने उद्देश्यले...