CG Electronics
IME Life
Ncell NPL

३४.४६ अंकले बढयो नेप्से, कारोबार रकम पनि वृद्धि

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । साताको तेस्रो कारोबार दिन नेप्से परिसुचक ३४.४६ अंकले बढेर २७६०.१७ अंकमा पुगेर रोकिएको छ । नेप्सेमा वृद्धि भएसँगै आज शेयर कारोबार रकममा पनि वृद्धि भएको छ । यस दिन कुल ३१७ स्टकको ९ अर्ब ४१ करोड ९१ लाख ६५ हजार ८०७ रुपैयाँ बराबरको २ करोड ६५ लाख १७ हजार २०९ कित्ता शेयर खरिद विक्री भएको छ । यस अघि सोमबार ८ अर्ब १७ करोड २१ लाख ४३ हजार ३२६ रुपैयाँ बराबरको दुई करोड ११ लाख २ हजार ५४० कित्ता शेयर खरिद विक्री भएको थियो ।

आज सेन्सेटिभ इन्डेकस ७.०४ अंकले बढेको छ । फ्लोट इण्डेक्स २.६० अंकले बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स भने २.५७ अंकले बढेको छ । यस दिन सुपरमादी हाइड्रो पावर लिमिटेड, राप्ती हाइड्रो एण्ड जनरल कन्सट्रक्सन र बिन्ध्यबासीनी हाइड्रो पावरको शेयर मूल्य सबैभन्दा धेरै बढेको छ ।

सुपरमादी हाइड्रो पावर लिमिटेडको शेयर मूल्य प्रतिकित्ता ७९.६३ रुपैयाँले बढेर १०६४.९९ रुपैयाँमा अन्तिम कारोबार भएको छ । राप्ती हाइड्रो एण्ड जनरल कन्सट्रक्सनको शयेर मूल्य प्रतिकित्ता १९.३६ रुपैयाँले बढेर ३४९.६२ रुपैयाँमा अन्तिम काराबोर भएको छ र बिन्ध्यबासीनी हाइड्रो पावरको शेयर मूल्य प्रतिकित्ता २६.७२ रुपैयाँले बढेर ४९५.०४ रुपैयाँमा अन्तिम कारोबार भएको छ । यसदिन बुटवल पावर कम्पनी, निफ्राको हरित ऋण पत्र, राधी जलविद्युत र एनआइसी एशिया बैंकको शेयर सबैभन्दा धेरै कारोबार भएको छ ।

त्यसैगरी यसदिन भगवति हाइड्रोपावर विकास कम्पनीको शेयर मूल्य प्रतिकित्ता ४६.४५ रुपैयाँले घटेर ९५५.१३ रुपैयाँमा अन्तिम काराबोर भएको छ । ग्लोबल आइएमइ बैंकको ऋण पत्र प्रतिकित्ता ४५ रुपैयाँले घटेर ११३० रुपैयाँमा अन्तिम कारोार भएको छ । त्यसैगरी, शुभम पावर लिमिटेडको शेयर मूल्य प्रतिकित्ता २८.५२ रुपैयाँले घटेर ८२८.१३ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

प्रमुख कार्यकारी अधिकृतको राजीनामासम्बन्धी समाचारप्रति बैंकको ध्यानाकर्षण

प्रमुख कार्यकारी अधिकृतको राजीनामासम्बन्धी समाचारप्रति बैंकको ध्यानाकर्षण

वि.सं.२०८३ वैशाख २८ सोमवार १७:०६

  काठमाडौं, २८ वैशाख २०८३  । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक...

चौधरी ग्रुपद्वारा दीर्घ सेवा गर्ने कर्मचारीलाई सम्मान

चौधरी ग्रुपद्वारा दीर्घ सेवा गर्ने कर्मचारीलाई सम्मान

वि.सं.२०८३ वैशाख २८ सोमवार १२:३८

  काठमाडौं । नेपालको अग्रणी औद्योगिक तथा व्यावसायिक घराना चौधरी...

कफी पारखीका लागि सीजी मेरिडियाको नयाँ ड्रिप कफी मेकर बजारमा

कफी पारखीका लागि सीजी मेरिडियाको नयाँ ड्रिप...

वि.सं.२०८३ वैशाख २८ सोमवार ११:१२

  काठमाडौं । नेपालको प्रतिष्ठित इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले आफ्नो प्रिमियम...

सञ्चालनको ६ महिनामै हायात प्लेस बुटवललाई तीन प्रतिष्ठित अवार्ड

सञ्चालनको ६ महिनामै हायात प्लेस बुटवललाई तीन...

वि.सं.२०८३ वैशाख २८ सोमवार ०९:३१

बुटवल, नेपाल - नेपालको आतिथ्य क्षेत्रमा एउटा महत्वपूर्ण कोसेढुङ्गा पार...

टक्सार पिखुवा खोला हाईड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

टक्सार पिखुवा खोला हाईड्रोपावर लिमिटेडको आईपीओमा आवेदन...

वि.सं.२०८३ वैशाख २८ सोमवार ०९:२२

काठमाडौं । टक्सार पिखुवा खोला हाईड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि जारी...

वि.सं.२०८३ वैशाख २७ आइतवार २३:१५

युनाइटेड मोदी हाइड्रोपावरको १२ औं बार्षिक साधारणसभा सम्पन्न, संचालकमा अधिकारी...