CG Electronics
IME Life
NIMB

नेपालमा टेलिग्राम एप बन्द : अनलाइन ठगी र मनी लाउण्डरिङ्गमा दुरुपयोगको आरोप

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं  । नेपाल दूरसञ्चार प्राधिकरणले लोकप्रिय म्यासेजिङ एप टेलिग्रामलाई नेपालभरि बन्द गर्ने निर्णय गरेको छ। शुक्रबार सार्वजनिक गरिएको सूचनामार्फत प्राधिकरणले टेलिग्राम एपमार्फत अनलाइन ठगी तथा मनी लाउण्डरिङ्ग (अवैध रूपमा रकम ओसारपसार) जस्ता आपराधिक गतिविधि भएको भन्दै एपको पहुँचमा तत्काल रोक लगाइएको जनाएको छ। प्राधिकरणले देशभरका सबै इन्टरनेट सेवा प्रदायक (ISPs) तथा मोबाइल सेवा प्रदायकलाई टेलिग्राम एप र यससँग सम्बन्धित वेब सेवा बन्द गर्न निर्देशन दिएको छ।

प्राधिकरणको भनाइमा, पछिल्लो समय टेलिग्राम प्रयोग गरेर नकली स्किम, लगानी प्रलोभन, तथा विदेशी मुद्रा कारोबार जस्ता गतिविधिमा संलग्न समूहहरू सक्रिय भएका थिए। यसले सर्वसाधारण नागरिकलाई आर्थिक ठगीमा पार्न थालेपछि कडाइका साथ कारबाही थालिएको प्राधिकरणले जनाएको छ।

यद्यपि, टेलिग्राम विश्वभरि करोडौँले प्रयोग गर्ने एप हो र यसको बन्दले सामान्य प्रयोगकर्तालाई पनि असर गर्न सक्ने भन्दै नागरिक समाज र प्रविधि विज्ञहरूले मिश्रित प्रतिक्रिया जनाइरहेका छन्। दूरसञ्चार प्राधिकरणले भने यदि टेलिग्रामले नेपालका कानुनी मान्यताअनुसार सेवा सञ्चालन गर्ने प्रतिबद्धता जनाएमा फेरी पुनः सक्रिय गर्ने विषयमा विचार गरिन सक्ने जनाएको छ।

 

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...