CG Electronics
IME Life
NIMB

दराजको ‘महाबचत बजार’ साउन १५ गतेसम्म सञ्चालन हुने, बैंक तथा ईसेवाका माध्यमबाट खरिदमा प्रिपेमेन्ट लाभ

NIMB
Himalayan Bank

काठमाडौँ । दराज नेपालले आफ्ना ग्राहकहरूका लागि ‘महाबचत बजार’ सेलको घोषणा गरेको छ । साउन २ देखि १५ गतेसम्म सञ्चालन हुने यो सेल अन्तर्गत ग्राहकहरूले आफ्नो खरिदमा उच्च ८०% सम्मको छुट, निःशुल्क डेलिभरी, र २ करोड रुपैयाँ बराबरको भौचर लगायतको लाभ लिन सक्नेछन् ।

महाबचत बजार सेल अन्तर्गत फ्ल्यास सेलमार्फत ग्राहकहरूले हरेक दिन विभिन्न श्रेणीका उत्पादनहरूमा सबैभन्दा न्यून मूल्यमा आकर्षक अफरहरू प्राप्त गर्न सक्नेछन् ।

यस अभियानमा सहभागी ब्रान्डहरूबाट प्रदान गरिने छुटहरू मा प्लेटिनम पार्टनरका रूपमा रहेका सिताफिल, किक, एईवीबी, मार्सियो र युनिलिभर मार्फत २५% सम्मको छुट, गोल्ड पार्टनरहरू, र्‍होटो, एंकर र मम्बड्स मार्फत ५०% सम्म छुट प्राप्त गर्न सकिनेछ ।

त्यसैगरी, सिल्भर पार्टनरहरू, ब्राण्डहाउस, जीसीजी आईवेयर, न्यानो र अर्कका तर्फबाट ६०% सम्म छुटको पनि व्यवस्था रहेको छ ।

‘महाबचत बजार’ सेलको मुख्य आकर्षणका रूपमा रु. ८ देखि ८,८५८ सम्मका मेगा डिलहरू मा रु. ८, रु. ४८, रु. ८४८, र रु. ८,८५८ मा पाइने मेगा डिलहरू पनि समावेश गरिएको छ । साथै, जियासिसको ८ केजी क्षमताको वासिङ मेसिन (रु. ४९,९९९), वानप्लस नोर्ड सीईफाइभ (रु ४८,९९९), अकारिटेक ४३ ईञ्च स्मार्ट एलईडी टीभी (रु. ३२,९४०), रेडमी नोट १४ फाइभजी (रु. ३०,९९९), भरटेक्स २४ ईञ्च गेमिंग मोनिटर (रु. १८,९९९) र अकारीटेक ६० लिटर रेफ्रिजिरेटर (रु. १६,९९०) लगायत सीमित स्टकमा मात्र रु. ८,८४८ मा उपलब्ध हुनेछन् ।

महाबचत बजार सेल अन्तर्गत दुई जना भाग्यमानी ग्राहकले १०,४९९ पर्ने अल्टिमा वेभबारको १२० वाट क्षमताको साउन्डबार केवल रु. ८ मा खरिद गर्न सक्नेछन् । त्यसैगरी, भ्यान्स, अर्क, नाइकी, पोसिलो फुड्स, एमडब्ल्यूसी, कन्भर्स, टाईटेक्स, अलेवा लगायत १०० भन्दा बढी ब्रान्डहरूका उत्पादनहरू फ्ल्याट ६०% छुटमा उपलब्ध हुनेछ ।

बैंक तथा ईसेवाका माध्यमबाट खरिदमा प्रिपेमेन्ट लाभ

दराजले महाबचत बजारका माध्यमबाट ग्राहकहरूले थप लाभ लिन सकुन् भन्ने सोचका साथ यस सेलका लागि सात बैंकहरूसँग साझेदारी गरी अग्रिम भुक्तानीमा विशेष छुटहरू पनि उपलब्ध गराउने घोषणा गरेको छ ।

यस अन्तर्गत क्रेडिट कार्ड प्रयोगकर्ताहरूका लागि, १५% छुट (रु. ७५० सम्म) र डेबिट कार्ड प्रयोगकर्ताहरूका लागि १०% छुट (रु. ५०० सम्म) उपलब्ध गराइने छ । योजनामा नबिल बैंक, हिमालयन बैंक, सानिमा बैंक, प्राइम कमर्सियल बैंक, ज्योति विकास बैंक, महालक्ष्मी विकास बैंक र गरिमा बैंक सहभागी रहेका छन् । त्यस्तै, ईसेवा वालेट प्रयोगकर्ताहरूले रश आवर डिस्काउन्ट पनि प्राप्त गर्न सक्नेछन् । यो सुविधा सेल अवधिभर उपलब्ध हुने दराजले जानकारी दिएको छ ।

महाबचत बजार महोत्सवका अवसरमा दराजले हाई भ्यालु पर्चेजमा हाइ भ्यालु रिवार्ड्स प्रदान गर्ने योजना बनाएको छ । जस अन्तर्गत रु. १ लाख भन्दा बढी खर्च गर्ने ग्राहकले रु. १०,००० छुटको भौचर प्राप्त गर्न सक्नु हुनेछ ।

साउन २ गते राति १२ बजेबाट सुरु हुने यो अफर सीमित अवधिका लागि मात्र लागू हुने भएकाले लाभ उठाउनका लागि सक्दो चाँडै समावेश हुनका लागि दराजले अनुरोध गरेको छ ।

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको तयारी अन्तिम चरणमा

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको...

वि.सं.२०८३ असार २९ सोमवार १२:३५

  काठमाडौं । डा. धवलशम्सेर राणा र दुर्गा प्रसाईको नेतृत्वमा...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

वि.सं.२०८३ असार २९ सोमवार १२:२०

  काठमाडौं । नेपालको अग्रणी फुल्ली भिट्रिफाइड टाइल ब्रान्ड लामिनार...

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा, कजारिया रमेश टायल्सको बजार विस्तार

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा,...

वि.सं.२०८३ असार २९ सोमवार १२:१६

  मोरङ। कजारिया रमेश टायल्स लिमिटेडले पूर्वी नेपालमा आफ्नो बजार...

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को सन्देशसहित गोदरेज रेफ्रिजरेटर

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को...

वि.सं.२०८३ असार २९ सोमवार १२:१२

  काठमाडौं। सीजी इलेक्ट्रोनिक्सले गोदरेज एप्लायन्सेसका रेफ्रिजरेटरमार्फत नेपाली उपभोक्तामाझ ‘घरको...

स्कोडा नेपालले ‘रियल ड्राइभर्स वान्टेड’ नारासहित नयाँ फेसलिफ्टेड कुशाक सार्वजनिक

स्कोडा नेपालले ‘रियल ड्राइभर्स वान्टेड’ नारासहित नयाँ...

वि.सं.२०८३ असार २९ सोमवार १२:०२

काठमाडौं। स्कोडा नेपालले आज आफ्नो फेसलिफ्ट गरिएको नयाँ स्कोडा कुशाकलाई...