IME Life
NIMB

नेपालको पहिलो टाइल्स कम्पनीले आफ्नो चौथौं वार्षिक साधारण सभा थाइल्यान्डमा गर्दै

NIMB
Himalayan Bank

काठमाडौं । विगत चार वर्षदेखि “आफ्नै माटो, आफ्नै शान” भन्ने स्लोगनका साथ नेपाली टाइल्स बजारमा मजबुत उपस्थिति जनाउँदै आएको नेपाल सेरामिक इन्डस्ट्री प्रा.लि. ले नेपोभिट टाइल्सको उत्पादन तथा देशभर बिक्री–वितरण गर्दै आएको छ।

गुणस्तरीय निर्माण, ग्राहक सन्तुष्टि र स्थानीय उत्पादनको प्रवर्द्धनमा केन्द्रित यस कम्पनीले छोटो समयमै टाइल्स उद्योगमा विशिष्ट स्थान बनाउँदै आएको छ।

चार वर्षको यात्रा सजिलो भने थिएन। विभिन्न आर्थिक, प्राविधिक र बजार चुनौतीहरूका बीच कम्पनीले निरन्तर सुधार, नवप्रवर्तन र सेवा विस्तारमा ध्यान केन्द्रित गर्दै आफ्नो गुणस्तर, ब्रान्ड पहिचान र वर्चस्व कायम राख्न सफल भएको छ।

नेपालकै पहिलो टाइल्स कम्पनीका रूपमा विदेशमा गई वार्षिक साधारण सभा आयोजना गर्नु ऐतिहासिक उपलब्धि हो। यस पटकको चौथो वार्षिक साधारण सभा थाइल्यान्डमा आयोजना हुँदैछ, जुन कम्पनीको निरन्तर सफलता र लक्ष्य प्राप्तिको प्रतीकस्वरूप हेरिएको छ।

कम्पनीले चालु आर्थिक वर्षमा निर्धारण गरेको सेल्स टार्गेट बिक्री टोलीले सफलतापूर्वक पूरा गरेकाले यस भ्रमण (ट्रिप) को आयोजना गरिएको हो। यो भ्रमण केवल सम्मान मात्र नभई भविष्यका थप महत्वाकांक्षी लक्ष्यहरू प्राप्त गर्नका लागि टिमलाई प्रोत्साहन र प्रेरणा दिने माध्यम पनि हो।

कम्पनीले आगामी दिनमा अझ उच्च बिक्री लक्ष्य निर्धारण गर्दै बिक्री र सेवा क्षेत्र विस्तार गर्ने योजनासमेत अघि सारेको छ। त्यसका लागि यो भ्रमणले टिममा ऊर्जा थप्ने र अझ समर्पित भएर काम गर्न उत्प्रेरणा दिने कम्पनीको विश्वास छ।

 

एनसेलले ल्यायो मनसुन अफर: प्याक वा सिम कार्ड किन्दा २० प्रतिशतसम्म क्यासब्याक पाइने

एनसेलले ल्यायो मनसुन अफर: प्याक वा सिम...

वि.सं.२०८३ साउन २० बुधवार १६:२७

  काठमाडौं । मनसुनका बादलहरूले देशभर ऊर्जा प्रवाह गरिरहेका बेला...

नबिल बैंकको नाफा ३३.५० प्रतिशतले बढ्यो, लाभांश क्षमता १९.१० प्रतिशत पुग्यो

नबिल बैंकको नाफा ३३.५० प्रतिशतले बढ्यो, लाभांश...

वि.सं.२०८३ साउन २० बुधवार ११:१८

  काठमाडौं । नेपालको अग्रणी वाणिज्य बैंक नबिल बैंकले आर्थिक...

एलजी र सीजी इलेक्ट्रोनिक्सद्वारा ‘अनुभव एआई : स्नेहशील बुद्धिमत्ता’ प्रदर्शनी, २०२६ का अत्याधुनिक एआई उत्पादन सार्वजनिक

एलजी र सीजी इलेक्ट्रोनिक्सद्वारा ‘अनुभव एआई :...

वि.सं.२०८३ साउन २० बुधवार ०८:०८

  काठमाडौं । एलजी इलेक्ट्रोनिक्स सिङ्गापुरले नेपालका लागि आफ्नो आधिकारिक वितरक...

नाइमा एक्स्पोमा ईभीको दबदबा, ४० नयाँ उत्पादन सार्वजनिक हुँदै

नाइमा एक्स्पोमा ईभीको दबदबा, ४० नयाँ उत्पादन...

वि.सं.२०८३ साउन २० बुधवार ०८:००

  काठमाडौं । नेपाली अटोमोबाइल बजारमा विद्युतीय सवारी (ईभी) को...

ग्यास अभावबारे एलपी ग्यास उद्योग संघको अपिल : एक महिना पुग्ने ग्यास भएकाले लाइनमा नबस्न आग्रह

ग्यास अभावबारे एलपी ग्यास उद्योग संघको अपिल...

वि.सं.२०८३ साउन २० बुधवार ०७:४३

  काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि, पहिलोपटक ४ अर्बभन्दा बढी खुद नाफा

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि, पहिलोपटक ४ अर्बभन्दा...

वि.सं.२०८३ साउन १९ मंगलवार २३:१४

  काठमाडौं । एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को...