IME Life
NIMB

भदौं ३० मा युवा उद्यमशीलता सिखर सम्मेलनको चौथो संस्करण हुने

NIMB
Himalayan Bank

काठमाडौं । नेपाल सरकार, राष्ट्रिय युवा परिषद् र नेपाल बिजनेस इन्स्टिच्युट (एनबीआई) को संयुक्त आयोजनामा यहि भाद्र ३० गते काठमाडौँमा नेपाल युवा उद्यमशीलता सिखर सम्मेलनको चौथो संस्करण आयोजना हुने भएको छ ।

सम्मेलन आयोजना सम्बन्धी समझदारी पत्रमा मगंलवार राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेत र नेपाल बिजनेस इन्ष्टिच्युटका कार्यकारी अध्यक्ष विशाल गैरेले संयुक्त रुपमा हस्ताक्षर गरे ।

सन् २०१९ बाट सुरु भएको नेपाल युवा उद्यमशीलता सिखर सम्मेलनको चौथो संस्करण आयोजना सम्वन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो । पहिलो संस्करण देखि नै राष्ट्रिय युवा परिषद् र नेपाल बिजनेस इन्ष्टिच्युटले निरन्तररुपमा सम्मेलन आयोजना गदैं आएका छन् ।

समझदारी कार्यक्रममा बोल्दैं राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जेनजी पुस्तालाई उद्यमशीलतामा आकर्षित गदैं युवा उधमशीलताको बिकासमा सरकारले गरेका नितिगत ब्यवस्थाको प्रवद्र्धन गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको जानकारी दिए । युवाहरुलाई उद्यमी वन्न प्रोत्साहित गर्न र स्टार्टअप उद्यमहरुलाई बित्तिय सहजीकरण गर्न सम्मेलन उपलब्धीमुलक हुने उपाध्यक्ष बस्नेतको भनाई छ ।

एनबीआईका कार्यकारी अध्यक्ष एवं सम्मेलन मुल आयोजक कमिटीका संयोजक विशाल गैरेले सरकार, निजि क्षेत्र र अन्तराष्ट्रिय साझेदार निकायले युवा उद्यमशीलता प्रवद्र्धनमा हालसम्म गरेका नितिगत र कार्यक्रमगत उपलब्धीको चर्चा गदैं भावी रणनिति बनाउन सम्मेलनले मार्गनिर्देश गर्ने बताए ।

युवा उद्यमशीलता ः निति, कार्यक्रम र कार्यान्वयन भन्ने मुल नारा रहेको सम्मेलन प्रधानमन्त्री के.पी. सर्मा ओलीले समुद्घाटन गर्नुहुने छ भने यो सम्मेलनमापुर्व प्रधानमन्त्री, अर्थमन्त्री, उद्योगमन्त्री, दात्रृ संस्था र निजि क्षेत्रका उच्चपदस्त अधिकारीहरुको सहभागीता र साझेदारी रहने छ ।

युवाहरुमा वित्तीय पहुंच, सरकारी नीति, कर नीति , स्टार्टअप कार्यक्रम, स्टोरी सियरिङ, समुहगत छलफल, र स्टार्टअप बिजनेसवारे युवा उद्यमीहरुको क्षमता अभिवृद्धि र उद्यमको वृद्धि विकासमा यो सिखर सम्मेलन महत्वपुर्ण हुने आयोजक संस्थाको बिश्वास छ ।

एनसेलले ल्यायो मनसुन अफर: प्याक वा सिम कार्ड किन्दा २० प्रतिशतसम्म क्यासब्याक पाइने

एनसेलले ल्यायो मनसुन अफर: प्याक वा सिम...

वि.सं.२०८३ साउन २० बुधवार १६:२७

  काठमाडौं । मनसुनका बादलहरूले देशभर ऊर्जा प्रवाह गरिरहेका बेला...

नबिल बैंकको नाफा ३३.५० प्रतिशतले बढ्यो, लाभांश क्षमता १९.१० प्रतिशत पुग्यो

नबिल बैंकको नाफा ३३.५० प्रतिशतले बढ्यो, लाभांश...

वि.सं.२०८३ साउन २० बुधवार ११:१८

  काठमाडौं । नेपालको अग्रणी वाणिज्य बैंक नबिल बैंकले आर्थिक...

एलजी र सीजी इलेक्ट्रोनिक्सद्वारा ‘अनुभव एआई : स्नेहशील बुद्धिमत्ता’ प्रदर्शनी, २०२६ का अत्याधुनिक एआई उत्पादन सार्वजनिक

एलजी र सीजी इलेक्ट्रोनिक्सद्वारा ‘अनुभव एआई :...

वि.सं.२०८३ साउन २० बुधवार ०८:०८

  काठमाडौं । एलजी इलेक्ट्रोनिक्स सिङ्गापुरले नेपालका लागि आफ्नो आधिकारिक वितरक...

नाइमा एक्स्पोमा ईभीको दबदबा, ४० नयाँ उत्पादन सार्वजनिक हुँदै

नाइमा एक्स्पोमा ईभीको दबदबा, ४० नयाँ उत्पादन...

वि.सं.२०८३ साउन २० बुधवार ०८:००

  काठमाडौं । नेपाली अटोमोबाइल बजारमा विद्युतीय सवारी (ईभी) को...

ग्यास अभावबारे एलपी ग्यास उद्योग संघको अपिल : एक महिना पुग्ने ग्यास भएकाले लाइनमा नबस्न आग्रह

ग्यास अभावबारे एलपी ग्यास उद्योग संघको अपिल...

वि.सं.२०८३ साउन २० बुधवार ०७:४३

  काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि, पहिलोपटक ४ अर्बभन्दा बढी खुद नाफा

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि, पहिलोपटक ४ अर्बभन्दा...

वि.सं.२०८३ साउन १९ मंगलवार २३:१४

  काठमाडौं । एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को...