CG Electronics
IME Life
NIMB

सिटिजन्स सदाबहार योजनाको २५% over-subscription सहित इकाई बाँडफाँड

NIMB
Himalayan Bank

काठमाडौं ।  सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सिटिजन्स बैंक ईन्टरनेशनल लिमिटेड कोष प्रबर्द्धक तथा सिटिजन्स क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको प्रथम खुलामुखी योजना सिटिजन्स सदाबहार योजना सञ्चालन गर्नका लागि नेपाल धितोपत्र बोर्डबाट सञ्चालन अनुमति प्राप्त भई  २०८२ आषाढ १३ गतेदेखि आषाढ २७ गतेसम्म इकाई सार्वजनिक रूपमा निष्काशन तथा बिक्री खुल्ला गरिएकोमा सि-आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरूमार्फत् माग गरिएभन्दा अधिक मात्रामा दरखास्त प्राप्त भएको थियो ।

उक्त निष्काशनमा प्राप्त आवेदकहरूको विवरणअनुसार बाँडफाँड समितिको बैठकले तयार पारेको बाँडफाँड तालिका नेपाल धितोपत्र बोर्डमा पेश गरिएकोमा धितोपत्र बोर्डबाट कुनै कैफियत तथा निर्देशन प्राप्त नभएकोले सोही तालिकालाई अन्तिम रूप दिइ धितोपत्र बोर्डको धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ बमोजिम आज मिति २०८२ साल श्रावण १५ गते बिहीबारका बिहान १०ः३० बजे योजना व्यवस्थापक सिटिजन्स क्यापिटल लिमिटेडको कार्यालय डिल्लीबजार, काठमाडाैंमा योजना व्यवस्थापकका प्रतिनिधिहरू, कोष प्रबर्द्धकका प्रतिनिधि, सिडिएस एण्ड क्लियरिङ्ग लि.का प्रतिनिधि तथा केही लगानीकर्ताहरूको उपस्थितिमा बाँडफाँड गर्ने कार्य सम्पन्न भएको छ । उक्त बाँडफाँडको नतिजा निष्काशन तथा बिक्री प्रबन्धक/योजना व्यस्थापकको वेबसाईट www.citizenscapital.com.np र सिडिएस एण्ड क्लियरिङ्ग लि.को वेबसाईट www.iporesult.cdsc.com.np मा उपलब्ध गराईएको व्यहोरा जानकारी गर्दछौँ ।

यस खुलामुखी योजना सिटिजन्स सदाबहार योजना निष्काशन अवधिभित्र आवश्यकभन्दा बढी संख्यामा इकाईको माग प्राप्त भई नेपालकै पहिलो २५% ले oversubscribe भएको खुलामुखी (open-ended) म्युचुअल फण्ड बन्न सफल भएको छ ।

यसका लागि उल्लेख्य सहभागिता जनाउनु हुने सम्पूर्ण लगानीकर्ता, विभिन्न क्षेत्रबाट सहयोग तथा सद्भाव प्रदान गरी इकाई निष्काशन कार्यलाई ऐतिहासिक रूपमा सफल बनाउनु हुने सम्पूर्ण शुभेच्छुक, आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू, नियामक निकायहरू, सञ्चारकर्मीलगायत सरोकारवाला सबै पक्षलाई निष्काशन तथा बिक्री प्रबन्धक/योजना व्यवस्थापकको तर्फबाट हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा पनि यहाँहरूको यस्तै सहयोग र सद्धभावको अपेक्षासहित सबैमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ ।

सिटिजन्स क्यापिटल लिमिटेडले वित्तीय परामर्श (Financial Advisory), लगानी व्यवस्थापन (PMS) र म्युचुअल फण्डमा निरन्तर नयाँ आयामहरू थप्दै ग्राहकहरूलाई पूर्ण वित्तीय सेवा प्रदान गर्दै अगाडि बढेको छ । सिटिजन्स क्यापिटल लिमिटेडमा अध्यक्ष राजेन्द्र लाल श्रेष्ठ तथा CEO सबिर बादे श्रेष्ठ रहेका छन् ।

नेपाल धितोपत्र बोर्डबाट लगानीकर्ताहरूसँग प्रत्यक्ष सरोकारका कामहरू गर्न अनुमति प्राप्त भएको सिटिजन्स क्यापिटल लिमिटेड सिटिजन्स बैंकको सहायक कम्पनी रहेको र यो कम्पनीमा कर्मचारी सञ्चय कोष तथा प्रतिष्ठित उद्योगी व्यावसायीहरूको सह-लगानी रहेको छ । काठमाडौं डिल्लीबजारस्थित बाटुलेघरमा संस्थाको रजिष्ट्रार कार्यालय रहेको छ ।

काठमाडौं बाहिरका लगानीकर्ताहरूले पूँजी बजारमा प्रत्यक्ष रूपमा सहभागी भई लगानी गर्न समस्या रहेको हालको परिस्थितिमा संस्थाले लगानी व्यवस्थापक (पोर्टफोलियो म्यानेजर) को सेवा सिटिजन्स बैंकका देशभरीका सम्पूर्ण शाखा कार्यालयहरूबाट प्रदान गरी इच्छुक लगानीकर्ताहरूलाई संस्थाको विज्ञ तथा अनुभवी व्यवस्थापन समूहबाट सेवा प्रदान गर्दै आएको कम्पनीले एक प्रेस विज्ञप्ति जारी गरी जनाएकाे छ ।

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको तयारी अन्तिम चरणमा

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको...

वि.सं.२०८३ असार २९ सोमवार १२:३५

  काठमाडौं । डा. धवलशम्सेर राणा र दुर्गा प्रसाईको नेतृत्वमा...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

वि.सं.२०८३ असार २९ सोमवार १२:२०

  काठमाडौं । नेपालको अग्रणी फुल्ली भिट्रिफाइड टाइल ब्रान्ड लामिनार...

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा, कजारिया रमेश टायल्सको बजार विस्तार

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा,...

वि.सं.२०८३ असार २९ सोमवार १२:१६

  मोरङ। कजारिया रमेश टायल्स लिमिटेडले पूर्वी नेपालमा आफ्नो बजार...

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को सन्देशसहित गोदरेज रेफ्रिजरेटर

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को...

वि.सं.२०८३ असार २९ सोमवार १२:१२

  काठमाडौं। सीजी इलेक्ट्रोनिक्सले गोदरेज एप्लायन्सेसका रेफ्रिजरेटरमार्फत नेपाली उपभोक्तामाझ ‘घरको...

स्कोडा नेपालले ‘रियल ड्राइभर्स वान्टेड’ नारासहित नयाँ फेसलिफ्टेड कुशाक सार्वजनिक

स्कोडा नेपालले ‘रियल ड्राइभर्स वान्टेड’ नारासहित नयाँ...

वि.सं.२०८३ असार २९ सोमवार १२:०२

काठमाडौं। स्कोडा नेपालले आज आफ्नो फेसलिफ्ट गरिएको नयाँ स्कोडा कुशाकलाई...