CG Electronics
IME Life
NIMB

सेग्वेले नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा चार नयाँ मोडेल सार्वजनिक गर्ने तयारी

NIMB
Himalayan Bank

काठमाडौं । नेपालमा विद्युतीय सवारी साधनप्रतिको चासो निरन्तर बढ्दै गएको छ। यही पृष्ठभूमिमा आइहब प्रा.लि., सेग्वे–नाइनबोटको नेपालका अधिकृत वितरकले आगामी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा सेग्वेका चार नयाँ मोडेल सार्वजनिक गर्दै प्रदर्शनमा राख्ने तयारी गरेको छ। राजधानी काठमाडौंको भृकुटीमण्डपमा साउन २१ देखि २५ गतेसम्म (अगस्ट ६ देखि १०) आयोजना हुने यो पाँच दिने एक्स्पोमा ५० भन्दा बढी अटोमोबाइल ब्रान्डहरूको सहभागिता रहनेछ, जसमा सेग्वेका नयाँ मोडेल प्रमुख आकर्षण हुने अपेक्षा गरिएको छ ।

 

कम्पनीका अनुसार, यस पटक नेपाली बजारका लागि ल्याउन लागिएका मोडेलहरूमा दुई ई–स्कूटर (‘ई१५० एमके२’ र ‘ई१२५ एमके२’), एक ई–बाइक (‘जाइबर’) र एक ई–साइकल (‘जाफारी’)) समावेश छन् ।

 

यी मोडेलहरू शहरी दैनिक प्रयोगदेखि जीवनशैली र वातावरणमैत्री यात्रासम्मका विभिन्न आवश्यकतामा उपयुक्त हुने गरी डिजाइन गरिएको छ।

 

‘सेग्वे ई१५० एमके२’ मा ७५०० वाट मोटर र दुईवटा १९४४ वाट–घण्टा ब्याट्री रहेको छ, जसले अधिकतम ९० कि.मी.÷घण्टा गति लिन सक्छ र ७५ देखि १२० कि.मी. सम्म यात्रा गर्न सक्छ। ‘सेग्वे ई१२५ एमके२’ मा ३६०० वाट मोटर र १९४४ वाट–घण्टा ब्याट्री रहेको छ, जसले ७० कि.मी.÷घण्टा सम्मको गति लिन सक्छ र ६० देखि १०० कि.मी. सम्मको दायरा दिनेछ ।

 

‘सेग्वे जाइबर ई–बाइक’ मा ३००० वाट हब मोटर र १४४० वाट–घण्टा लिथियम ब्याट्री रहेको छ। यसले अधिकतम ३२ कि.मी.÷घण्टा गति लिन सक्छ र ७७ कि.मी. सम्म चल्न सक्छ। यो मोडेल दैनिकी र हल्का साहसिक यात्रु दुवैका लागि उपयुक्त मानिन्छ।

 

‘सेग्वे जाफारी ई–साइकल’ मा ७५० वाट मोटर, ९३६ वाट–घण्टा ब्याट्री रहेको छ, जसले अधिकतम ३२ कि.मी.÷घण्टा गति लिन सक्छ र ५८ कि.मी. सम्म चल्न सक्छ। साथै, यसमा रहेको २५ केजी रियर क्यारियर क्षमता दैनिक प्रयोगकर्ताका लागि उपयोगी हुने अपेक्षा गरिएको छ ।

 

यी चार मोडेलको लन्चसँगै नेपालमा सेग्वेको विद्युतीय सवारी साधनको उपस्थिति अझ मजबुत हुने अपेक्षा गरिएको छ। यसले प्रदर्शन, सहजता र दिगोपनलाई एकसाथ प्रस्तुत गर्नेछ, जसले नेपाली यात्रुहरूलाई शक्तिशाली, भरपर्दो र वातावरणमैत्री विकल्प उपलब्ध गराउनेछ।

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ भोलिदेखि (अगस्ट ६) सुरु हुँदैछ, र यस वर्षको प्रमुख आकर्षणमध्ये सेग्वेका यी नयाँ मोडेल रहने निश्चित भएको छ। मूल्य र उपलब्धताको जानकारी भने एक्स्पोको क्रममा आधिकारिक रूपमा सार्वजनिक गरिनेछ ।

सेग्वेको बारेमा

सेग्वे व्यक्तिगत यातायात साधन प्रदान गर्ने विश्वस्तरको कम्पनी हो। करिब दुई दशकभन्दा बढी अनुभवसहित सेग्वेले हाल ८० भन्दा बढी मुलुकहरूमा आफ्ना उत्पादन उपलब्ध गराउँदै आएको छ ।

यसको सहायक कम्पनीहरू बीजिङ, सियाटल, लस एन्जलस, आम्स्टरड्याम, सिओल, सिंगापुरलगायत प्रमुख शहरहरूमा रहेका छन्। सेग्वे–नाइनबोटले प्रयोगकर्तालाई प्रविधिमैत्री र भविष्यमुखी सवारी साधन उपलब्ध गराउने उद्देश्यसहित निरन्तर नयाँ उत्पादन विकास गरिरहेको छ ।

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार वृद्धि, १,५०० भन्दा बढी रोजगारी र देशभर शाखा सञ्जाल

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार...

वि.सं.२०८३ साउन ११ सोमवार २०:२८

काठमाडौं। प्रविधिमा आधारित लजिस्टिक्स सेवा प्रदायक उपाय ले पछिल्लो एक...

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र...

वि.सं.२०८३ साउन ११ सोमवार २०:१३

  काठमाडौं, नेपाल । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले...

कार्गो दिवस साउन १३ गते : ‘दक्ष लजिस्टिक्स–सशक्त अर्थतन्त्र’ नारासहित विशेष समारोह गरिंदै

कार्गो दिवस साउन १३ गते : ‘दक्ष...

वि.सं.२०८३ साउन ११ सोमवार १७:३०

  काठमाडौं । नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (नेफा) ले ३२...

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य...

वि.सं.२०८३ साउन ११ सोमवार १६:५१

  काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८३/८४...

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा चार अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा...

वि.सं.२०८३ साउन ११ सोमवार १६:३७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड इण्डियन च्याम्बर अफ...

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा...

वि.सं.२०८३ साउन ११ सोमवार ०८:०३

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र स्पेनिश चेम्बर...