CG Electronics
IME Life
NIMB

हुन्डाई नेपालद्वारा “हुन्डाई अचम्मको अगष्ट” योजना घोषणा

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले “हुन्डाई अचम्मको अगष्ट” योजना सुरु गरेको छ। यो योजना साउन २१ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना भएको नाइमा मोबिलिटी एक्स्पो २०८२ को अवसरमा सञ्चालन हुँदैछ। हुन्डाईको स्टल नम्बर एल ४ रहेको छ।

यस योजनाअन्तर्गत ग्राहकहरूले हुन्डाईका गाडी खरिद गर्दा रु ८ लाखसम्मको नगद छुट पाउनेछन्। साथै, एक वर्षको निःशुल्क बीमा र अन्य विशेष छुटहरू पनि उपलब्ध हुनेछन्। सबै हुन्डाई गाडीमा तीन वर्षको वारेन्टी पनि प्रदान गरिनेछ, जसले ग्राहकलाई विश्वासिलो सेवा र सुरक्षा सुनिश्चित गर्नेछ।

“हुन्डाई अचम्मको अगष्ट” योजनाको बम्पर पुरस्कार स्वरूप दुई जोडीलाई भियतनाम भ्रमणको मौका दिइनेछ। विजेता जोडीलाई तीन रात चार दिनसम्मको सम्पूर्ण खर्च कम्पनीले बेहोर्नेछ। नाइमा एक्स्पो अवधिभर हुन्डाई गाडी खरिद गर्ने सबै ग्राहकहरू स्वचालित रूपमा लक्की ड्रमा सहभागी हुनेछन्। साथै, स्टल एल ४ मा गाडी बुक गर्ने ग्राहकहरूलाई दैनिक विशेष उपहारहरू पाउने अवसर पनि रहनेछ। दैनिक उपहारहरूमा बोस वासिङ मेसिन लगायतका आकर्षक सामग्रीहरू समावेश गरिएको छ।

हुन्डाईले ग्राण्ड आई १० नियोस, भेन्यू, क्रेटा इलेक्ट्रिक, क्रेटा आइस र आयोनिक ५ जस्ता अत्याधुनिक मोडलहरूसहित नेपाली बजारमा डिजाइन र प्रविधिमा अग्रसरता देखाउँदै आएको छ। यस अभियानले ग्राहकहरूलाई नगद छुट र विशेष अफर मात्र नभई यात्रा तथा उत्साहको अवसर पनि प्रदान गर्ने उद्देश्य राख्दछ।

हुन्डाई नेपालले सम्पूर्ण ग्राहक तथा गाडी किन्न इच्छुक ग्रहकहरूलाई नाइमा मोबिलिटी एक्स्पो २०८२ मा स्टल नम्बर एल ४ मा पुगेर हुन्डाई गाडीहरू प्रत्यक्ष अनुभव गर्न आग्रह गरेको छ।

बेलायती गुणस्तर परीक्षणमा पुनः सफल द ब्रिटिस कलेज, २०३० सम्मका लागि अन्तर्राष्ट्रिय मान्यता नवीकरण

बेलायती गुणस्तर परीक्षणमा पुनः सफल द ब्रिटिस...

वि.सं.२०८३ असार ४ बिहीवार २३:३२

  काठमाडौं । ब्रिटिस एजुकेशन ग्रुप (बिइजी) अन्तर्गत सञ्चालित द...

नेपालको नम्बर १ प्रिमियम इलेक्ट्रिक स्कुटर ‘एथर’ अब वीरगञ्जमा, नयाँ एक्सपिरियन्स सेन्टर सञ्चालनमा

नेपालको नम्बर १ प्रिमियम इलेक्ट्रिक स्कुटर ‘एथर’...

वि.सं.२०८३ असार ४ बिहीवार २३:०७

  काठमाडौं । नेपालको अग्रणी प्रिमियम इलेक्ट्रिक स्कुटर ब्रान्ड ‘एथर’ले...

फिफा विश्वकप २०२६ प्रसारणको सह–प्रायोजक बन्यो नेपाल लाइफ

फिफा विश्वकप २०२६ प्रसारणको सह–प्रायोजक बन्यो नेपाल...

वि.सं.२०८३ असार ४ बिहीवार २२:५९

  काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा...

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश कोष सञ्चालन सम्झौता

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश...

वि.सं.२०८३ असार ३ बुधवार २२:३५

  काठमाडौं । नागरिक लगानी कोष र एभरेष्ट बैंक लिमिटेडबीच...

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहलको माग

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक...

वि.सं.२०८३ असार ३ बुधवार २२:२७

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले भारतीय चिया बोर्डले...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार ३ बुधवार २२:२०

  काठमाडौं, १७ जुन २०२६ — नेपालस्थित पाकिस्तान दूतावासले १४औँ...