नाइमा नेपाल मोबिलिटी एक्स्पोमा दर्शकको घुइँचो (फोटो फिचर)
Thursday Aug 07, 2025
वि.सं.२०८२ साउन २२ बिहीवार २०:१५
काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एशोसिएसन (नाइमा)को आयोजनामा सुरु भएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा अवलोकनकर्ताहरूको बाक्लो उपस्थिति देखिएको छ। साउन २१ गते (बुधबार) देखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको पाँचदिने एक्स्पोमा २३ वटा चारपाङ्ग्रे, १८ वटा दुईपाङ्ग्रे र ७ वटा कमर्सियल भेहिकल ब्राण्ड का स्टलहरू राखिएका छन्।
सवारीसाधनमा चासो राख्ने हजारौं दर्शकहरू नवीनतम प्रविधियुक्त तथा विद्युतीय सवारीसाधन अवलोकन गर्न एक्स्पोमा भिड जम्मा भएको देखिन्छ। नयाँ मोडलका ब्राण्डेड गाडीहरू, स्मार्ट फिचर, तथा आकर्षक डिजाइनले दर्शकहरूको ध्यान खिचेको छ। प्रदर्शनी स्थलमा युवादेखि परिवारसहित आएका अवलोकनकर्ताहरू, विज्ञहरू तथा सवारीसाधन व्यापारीहरू समेतको उल्लेखनीय उपस्थिति रहेको छ।





























