CG Electronics
IME Life
NIMB

गोगोरोले नेपालमा इलेक्ट्रिक दुईपांग्रे सवारीसाधनका लागि पुनःखरिद ग्यारेन्टि सुरु गर्यो

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । गोगोरो स्कुटरको आधिकारिक साझेदार नेब्युला इनर्जीले इलेक्ट्रिक दुई पांग्रे सवारी साधनको लागि पुनःखरिद ग्यारेन्टी सुरु गरेको छ ।
यससँगै गोगोरो, नेपालमा ग्यारेन्टी गरिएको पुनः बिक्री मूल्य प्रस्ताव गर्ने पहिलो इलेक्ट्रिक दुई पांग्रे ब्रान्ड बनेको छ । जसले उपभोक्ताहरूलाई स्मार्ट र दिगो गतिशीलता अपनाउन प्रोत्साहन दिने उद्देश्य राखेको नेब्युला इनर्जीले विज्ञप्तिमार्फत जनाएको छ ।

यो कार्यक्रम साउन २० गतेदेखि लागू भएको छ, जसअनुसार ५ वर्षभित्र वा ४० हजार किलोमिटर प्रयोगसम्म स्कुटरको न्यूनतम पुनः खरिद मूल्य १ लाख रुपैयाँ सुनिश्चित गरिनेछ । “इलेक्ट्रिक सवारी साधन प्रयोगकर्ताको मुख्य चिन्ता ब्याट्री क्षयीकरण हो, जसले पुनः बिक्री मूल्य घटाउँछ,“ कम्पनीले विज्ञप्तीमा भनिएको छ,“गोगोरोले आफ्नो उद्योग–अग्रणी ब्याट्री स्व्यापिङ प्रणालीमार्फत यो समस्याको समाधान गरेको छ ।“

परम्परागत ईभीहरूभन्दा फरक रूपमा, गोगोरो प्रयोगकर्ताले ब्याट्री आफ्नै स्वामित्वमा राख्दैनन् । यसको सट्टा, उनीहरूले गोगोरोद्वारा पूर्ण रूपमा व्यवस्थापन गरिने स्मार्ट ब्याट्रीहरूको सञ्जालमा पहुँच पाउँछन ्। यही मोडलका कारण कम्पनीले भरपर्दो पुनः खरिद ग्यारेन्टी प्रस्ताव गर्न सक्षम भएको हो ।

“गोगोरो नेपालमा भविष्यको गतिशीलता निर्माण गर्न आएको हो,“ नेब्युला इनर्जीका महाप्रबन्धक चिरञ्जीबी शाहले भने । “हामीले शहरभर ४५ वटा ब्याट्री स्व्यापिङ स्टेशन निर्माण गरेपछि मात्र सञ्चालन थालेका हौं, जुन हाम्रो प्रतिबद्धताको संकेत हो ।“

नेपाल मोबिलिटी एक्स्पोमा विशेष अफरहरू

गोगोरोले भृकुटीमण्डपमा साउन २१ देखि २५ गते सम्म जारी नाइमा अटो शोमा आफ्नो दशैं विशेष अफर सार्वजनिक गर्दैछ । जसमा ग्राहकहरूका लागि आकर्षक छुट र ब्याट्री स्व्यापिङ प्रणालीमा सहभागी हुँदा थप मूल्यवर्धन प्रदान गरिनेछ ।

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते, ४.२८५७ प्रतिशत बोनस शेयर प्रस्ताव

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते,...

वि.सं.२०८३ असार १० बुधवार ०९:१४

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले आगामी असार ३१ गते वार्षिक...

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

वि.सं.२०८३ असार १० बुधवार ०९:१२

  काठमाडौं । सर्वाेत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि...

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन दिन आग्रह

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन...

वि.सं.२०८३ असार १० बुधवार ०९:०९

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ। कम्पनीले...

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026” भव्यताका साथ सम्पन्न

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award...

वि.सं.२०८३ असार ९ मंगलवार २१:५३

  काठमाडौं । नेपाली खेलकुदको विकासमा अतुलनीय योगदान पुर्‍याउने विशिष्ट...

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा समुद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा....

वि.सं.२०८३ असार ९ मंगलवार २१:४८

  काठमाडौं । नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडको बागमती...

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्ने

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब...

वि.सं.२०८३ असार ९ मंगलवार २१:४१

  काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले २ः१ अनुपातमा हकप्रद...