NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

नबिल बैंकलाई एशियन बैंकिङ एण्ड फाइनान्स अवार्ड २०२५ मा दुई सम्मान

NIMB
leapmotornepal (citroen)

काठमाडौं । नबिल बैंकले एशियन बैंकिङ एण्ड फाइनान्स अवार्ड २०२५ मा ‘साइबरसिक्योरिटी इन्नोभेशन अवार्ड – नेपाल’ र ‘नेपाल डोमेस्टिक प्रोजेक्ट फाइनान्स बैंक अफ द इयर’ गरि दुई प्रतिष्ठित पुरस्कार प्राप्त गरेको छ। यी सम्मानले बैंकको नवप्रवर्तन, कार्य दक्षता, तथा ग्राहक र सरोकारवालासँगको दीर्घकालीन विश्वासप्रति प्रतिवद्धतालाई झल्काउँछ।

साइबरसिक्योरिटी इन्नोभेशन अवार्डले नबिल बैंकको डिजिटल सुरक्षालाई मजबुत बनाउने सक्रिय पहलको प्रशंसा गरेको हो, जसले ग्राहकलाई जटिल डिजिटल वातावरणमा सुरक्षित र सहज बैंकिङ अनुभव प्रदान गर्दछ। यसैगरी, प्रोजेक्ट फाइनान्स बैंक अफ द इयर पुरस्कारले मुलुकभरका पूर्वाधार तथा विकास परियोजनामा वित्तीय सहयोग पुर्‍याउँदै मुलुकको आर्थिक वृद्धिमा टेवा पुर्‍याएको योगदानको कदर गरेको हो।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले भने, “यी पुरस्कारहरू हाम्रो सम्पूर्ण टिमको समर्पण र मेहनतको प्रतिफल हो, र हाम्रा ग्राहक तथा सरोकारवालाले हामीप्रति देखाएको विश्वासको प्रतिबिम्ब हो।” उनले थपे, “हामी निरन्तर नवप्रवर्तन र विकासतर्फ उन्मुख रहन्छौं, र नेपालका लागि अझ सुरक्षित, स्मार्ट र भविष्यमुखी बैंकिङ समाधान प्रदान गर्न केन्द्रित रहनेछौं।”

नबिल बैंक लिमिटेड नेपालको बैंकिङ क्षेत्रमा अग्रणी संस्था हो, जसले नवप्रवर्तनशील र ग्राहककेन्द्रित वित्तीय सेवा प्रदान गर्दै आएको छ। डिजिटल रुपान्तरणमा जोड दिँदै बैंकले आफ्नो २६८ शाखा र ३२० एटीएमको सञ्जालमार्फत ग्राहकलाई नयाँ बैंकिङ अनुभव दिइरहेको छ।

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना चयन

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना...

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३६

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा...

महालक्ष्मी विकास बैंकका ग्राहकलाई होटलदेखि स्वास्थ्य सेवासम्म २० प्रतिशतसम्म छुट

महालक्ष्मी विकास बैंकका ग्राहकलाई होटलदेखि स्वास्थ्य सेवासम्म...

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३१

  काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका डेबिट कार्ड, क्रेडिट...

कुमारी बैंकको मोबाइल बैंकिङमा आईआरडी प्रोत्साहन कार्यक्रम, दैनिक १ लाखसम्म पुरस्कार

कुमारी बैंकको मोबाइल बैंकिङमा आईआरडी प्रोत्साहन कार्यक्रम,...

वि.सं.२०८३ भदौ २ मंगलवार १०:२६

  काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एपमा...

माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा कल्याण विक्रम पाँडे नियुक्त

माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा कल्याण...

वि.सं.२०८३ भदौ २ मंगलवार १०:०९

  काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत...

एनसेल र बीवाईडी नेपालबीच आईओटी सिममार्फत कनेक्टेड भेहिकल अनुभव प्रदान गर्न साझेदारी

एनसेल र बीवाईडी नेपालबीच आईओटी सिममार्फत कनेक्टेड...

वि.सं.२०८३ भदौ २ मंगलवार ०९:५१

  काठमाडौं । नेपालमा बिक्री हुने बीवाईडीका नयाँ विद्युतीय सवारी...

आइएमई लाइफको ९औं वार्षिकोत्सव : ‘न्यानो नानी’ बेबी वार्मरका लागि राष्ट्रिय आविष्कार केन्द्रसँग सम्झौता

आइएमई लाइफको ९औं वार्षिकोत्सव : ‘न्यानो नानी’...

वि.सं.२०८३ भदौ २ मंगलवार ०९:३७

  काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्थापनाको...