सम्माननीय प्रधानमन्त्रीबाट भाद्र ३ मा आयोजना हुन गईरहेको नाडा अटो शो २०२५ उद्घाटन् हुने
Sunday Aug 10, 2025
वि.सं.२०८२ साउन २५ आइतवार २३:३३
काठमाडौं । भदौ ३ बाट राजधानीको भृकुटीमण्डपमा आयोजना हुन लागेको गाडीहरुको बृहत प्रदर्शनी ‘नाडा अटो शो’को उद्घाटन प्रधानमन्त्री केपी ओलीले गर्ने भएका छन् । नाडाका अध्यक्ष करण चौधरीको टोलीले आइतबार प्रधानमन्त्री ओलीलाई भेटेर ‘नाडा अटो शो’मा प्रमुख आथित्यताका लागि आग्रह गरेको हो । ओलीले सो कुरा स्वीकार गरेको नाडाको भनाई छ ।
भेटमा चौधरीले चौधरीले नाडा स्थापनाको ५० औं वार्षिकोत्सव मनाउने क्रममा रहेको र नाडाले १७ औं संस्करणको नाडा अटो शो २०२५ आयोजना गर्न लागेको जानकारी दिँदै यस बर्षको विशेष अटो शोमा उपस्थितिका लागि आग्रह गरेका थिए ।

























