CG Electronics
IME Life
NIMB

फरथिङ फ्राइडे ईभी : सेग्मेन्टमा सबैभन्दा किफायती, नाइमा एक्सपोमा २ लाख छुट

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । भृकुटीमण्डपस्थित प्रदर्शनी हलामा जारी नाइमा नेपाल मोबिलिटी एक्सपोमा नयाँ ईभी ब्रान्ड फरथिङको फ्राइडे एसयूभीलाई अवलोकन गर्ने दर्शकको भिड निकै बाक्लो देखिन्छ । एक्सपोको पहिलो दिने औपचारिक लन्च गरिएको यस एसयूभीको मूल्यले अहिले ईभी पारखीलाई आकर्षित गरिरहेको छ ।

लक्जरी र एक्सक्लुसिभ गरी दुई भेरिएन्टमा उपलब्ध यस ईभीको मूल्य क्रमशः ५० लाख ९६ हजार र ५६ लाख ९६ हजार रुपैयाँ तोकिएकोमा नाइमा एक्सपोका लागि २ लाख कम गरेर ४८ लाख ९६ हजार र ५४ लाख ९६ हजार रुपैयाँ निर्धारण गरिएको छ, जुन यहि सेग्मेन्टमा सबैभन्दा किफायती मूल्य हो । नगद छुट बाहेक ग्राहकले एक वर्षका लागि अटो प्लस इन्स्युरेन्स समेत निशुल्क पाउनेछन् ।

६४.४ किलोवाट आवरको ब्याट्री प्याक जाडन गरिएको फ्राइडे ईभीमा ९९ किलोवाट क्षमताको मोटर राखिएको छ । सिंगल चार्जमा यसले ४०० किलोमिटर रेन्ज दिने दाबि गरिएको छ । एसयुभीमा ११ किलोवाट क्षमताको अन–वोर्ड चार्जर पाउन सकिन्छ भने यसले १२० किलोवाट सम्मको डिसी चार्जर समेत सपोर्ट गर्दछ ।

फरथिङ फ्राइडेमा भेन्टीलेटेड, हिटेड, मसाज र मेमोरी सिट उपलब्ध गराइएको छ । ८.८ इन्चको एलसीडी इन्स्टुमेन्ट क्लस्टर, १४.६ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, अटोमेटिक क्लाइमेट कन्ट्रोल, इलेक्ट्रीक टेलगेट, वायरलेस फोन चार्जर, प्यानारोमिक सनरुफ, मल्टी ड्राइभ मोड र ६स्पीकर सहितको म्युजिक सिस्टम लगायत फिचर यसमा पाउन सकिन्छ ।

सुरक्षाका लागि यसमा एडास फिचर सहित ६ वटा एयरव्याग, एबीएस, इबीडी, सीबीडी, एचबीए, इबीए, बीए, एएसआर, टीसीएस, टीआरसी, इएसपी, अटोमेटिक पार्किङ, टायर प्रेसर मोनिटरिङ सिस्टम, ३६० डिग्री क्यामरा, फ्रन्ट÷रियर पार्किङ राडार, एडाप्टीभ क्रुज कन्ट्रोल अपहिल÷डाउनहिल असिस्ट लागयत विशेषता पाउन सकिन्छ ।

 

 

जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म कर्जा सुविधा, एम.ए.डब्लु. अर्थमुभर्स र ग्लोबल आइएमई बैंक बीच समझदारी

जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म कर्जा सुविधा,...

वि.सं.२०८३ असार ९ मंगलवार ०९:१६

  काठमाडौं, असार ८ — जेसीबी निर्माण उपकरण खरिदलाई सहज...

एक चार्जमा ५२० किलोमिटरसम्म रेन्ज दिने ईभीको सुरुवाती मूल्य ४६ लाख ९९ हजार, टप भेरियन्ट ५१ लाख ९९ हजार रुपैयाँ

एक चार्जमा ५२० किलोमिटरसम्म रेन्ज दिने ईभीको...

वि.सं.२०८३ असार ९ मंगलवार ०८:५४

  नेपालका लागि ग्रेटवाल मोटर गाडीको आधिकारिक विक्रेता भीजी इम्पेक्स...

याडियाको शक्तिशाली इलेक्ट्रिक मोटरसाइकल ‘किनिस’ नेपालमा सार्वजनिक

याडियाको शक्तिशाली इलेक्ट्रिक मोटरसाइकल ‘किनिस’ नेपालमा सार्वजनिक

वि.सं.२०८३ असार ९ मंगलवार ०६:५७

  काठमाडौं । विश्वकै नम्बर एक इलेक्ट्रिक दुईपाङ्ग्रे ब्रान्ड याडियाले...

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी कोशिश श्रेष्ठले प्रतिस्पर्धा गर्ने

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी...

वि.सं.२०८३ असार ६ शनिवार १६:१२

  काठमाडौं, नेपाल । नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) खेलाडी...

जिली महा फुटबल फेस्ट तथा सुपर एक्सचेन्ज क्याम्प सुरु, प्रत्येक गोलमा आकर्षक नगद छुट

जिली महा फुटबल फेस्ट तथा सुपर एक्सचेन्ज...

वि.सं.२०८३ असार ५ शुक्रवार १२:०३

काठमाडौं । नेपालमा जिली EX5 र BAW सवारीसाधनहरूको आधिकारिक आयातकर्ता...

आईकौर सुपर भी–२३ ले जित्यो प्रतिष्ठित रातो बिन्दु डिजाइन अवधारणा पुरस्कार २०२६

आईकौर सुपर भी–२३ ले जित्यो प्रतिष्ठित रातो...

वि.सं.२०८३ असार ५ शुक्रवार ०९:२४

  काठमाडौं, नेपाल – आईकौरको सुपर भी–२३ ले जर्मनीमा प्रदान...